प्रतिवेदन पढ्न विश्वप्रकाशको सुझावः रविलाई क्लिन चिट होईन ‘क्लियर चिट’ किटान गरेको छ

प्रतिवेदन पढ्न विश्वप्रकाशको सुझावः रविलाई क्लिन चिट होईन ‘क्लियर चिट’ किटान गरेको छ

प्रतिवेदन पढ्न विश्वप्रकाशको सुझावः रविलाई क्लिन चिट होईन ‘क्लियर चिट’ किटान गरेको छ

काठमाडौं,१ असोज। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस देखाउन सुझाएका छन् । रास्वपाको पहिलो राष्ट्रिय सम्मेलन सफलताको शुभकामना दिँदै उनले सभापति लामिछानेलाई ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस देखाउन सुझाएका हुन् । ‘नयाँ दलको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित दुई सुझाव– पहिलो, कतिपय असन्तुष्टिको माहौलमा ‘स्वतन्त्र’ मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग ‘क्यास’ गर्न ‘स्वतन्त्र’ नाम रोज्नुभो, एउटा आकार बनाउनुभो,’ शर्माले एक्स (ट्विटर) लेखेका छन्, ‘अब ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस राख्नोस् । शुभकामना ।’ महामन्त्री शर्माले सभापति लामिछानेलाई संसदीय छानबिन समितिले प्रतिनिधिसभा बैठकमा पेस गरेको…
Read More
मुख्यमन्त्री लामाद्वारा हरियाली पार्ककाे निरीक्षण

मुख्यमन्त्री लामाद्वारा हरियाली पार्ककाे निरीक्षण

रत्ननगर   । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले टिकाैलीमा निर्माणाधिन हरियाली पार्ककाे अबलाेकन गरेका छन् । रत्ननगर नगरपालिकाले महत्वका साथ अगाडीि बढाएको हरियाली पार्कको निर्माणाधिन योजनाको बारेमा मुख्यमन्त्री लामाले अबलोकन तथा निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मेयर प्रलाद सापकाेटाले हरियाली पार्क निर्माण गर्नुकाे उद्देश्यकाे बारेमा जानकारी गराएका थिए । साे अबसरमा मन्त्री लामाले रत्ननगरमा निर्माणाधिक हरियाली पार्क उत्कृष्ट पर्यटकीय गन्तव्यकाे रुपमा विकास हुने भन्दै प्रदेश सरकारले थप लगानी गर्ने बताए । तेस्रो पर्यटकीय नगरी सौराहाको पर्यटन साथै समग्र नगरमा आन्तरिक पर्यटन लगायतमा प्रचुर सम्भावना बोकेको उक्त योजना नगरले गौरवको रुपमा नौलो र आकर्षक योजना अगाडि बढाएकोमा…
Read More
मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त,डेढ वर्षमा १६ प्रतिशत मात्रै भौतिक प्रगति

मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त,डेढ वर्षमा १६ प्रतिशत मात्रै भौतिक प्रगति

चितवन, १ असोज । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको हो । उक्त सडक खण्ड ३९ किलोमिटर छ । नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षात र चाडपर्वका कारण काम लक्ष्यअनुसार हुन नसकेको हो । भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्याङ्क गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ…
Read More
जनकौलीका उपभोक्तालाई जलवायु परिर्वतन सम्बन्धी प्रशिक्षण

जनकौलीका उपभोक्तालाई जलवायु परिर्वतन सम्बन्धी प्रशिक्षण

रत्ननगर । रत्ननगर वडा नं ५ मा रहेको जनकौली मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुलाई जलवायु परिर्वतन अनुकूलन तथा जैविका विविधताको संरक्षण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ । जलवायु परिर्वतनले जैविका विविधानमा पारेको असर न्यूनीकरणको लागि समुदायले खेल्नु पर्ने भूमिकाको विषयमा वनका उपभोक्ताहरुलाई प्रशिक्षण दिइएको हो । अमेरिकी सहयोग नियोग(युएसएआइडी)को आर्थिक सहयोगमा सामुहिक अभियानको आयोजना तथा विजय विकास स्रोत केन्द्रको स्थानीय साझेदारीमा कार्यक्रम गरिएको हो । जनकौली मध्यवर्ती सामुदायिक वनसंगको सहकार्यमा गरिएको उक्त कार्यक्रम वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँले उद्घाटन गरेका थिए । सो अवसरमा उनले जलवायु परिर्वतनका कारण मानव र वन्यजन्तुको अस्थित्व संकटमा रहेको भन्दै यसको न्यूनीकरणको लागि समुदायको…
Read More
मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन

मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन

रत्ननगर । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार रत्ननगरमा दोस्रो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गरेका छन् । पूर्वी चितवन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिता मुख्यमन्त्री लामाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । सो अबसरमा उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले लगानी बढाउने बताए । खेलकुदले देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने भन्दै खेलकुदको विकासको लागि प्रदेश सरकारले लगानी बढाउदै लगेको बताए । खेलकुदले युवाहरुलाई कुलतमा फस्नबाट जोगाउने भन्दै मुख्यमन्त्री लामाले राष्ट्रनिर्माणमा खेलकुदको विशिष्ट योगदान रहेको बताए । असोज तीन गते सम्म चल्ने सो प्रतियोगिता उद्घाटन कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, सांसद…
Read More
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैनः मुख्यमन्त्री पाण्डे

जनसहभागिताबिनाका योजना सफल हुन सक्दैनः मुख्यमन्त्री पाण्डे

मध्यविन्दु (नवलपरासी),असोज १- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिताबिनाका कुनै पनि योजना सफल हुन नसक्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले सरकारको मात्र लगानीले योजना सफल नहुने बताउनुभएको हो । “आम जनताको सहभागिताबिना कुनै पनि मुलुक सफल हुन सक्दैन, त्यसैले जनचासो र जनसहभागिता हरेक क्षेत्रमा आवश्यक छ”, उहाँले भन्नुभयो, “सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्न खोजेका कार्यक्रममा जनताको सकारात्मक साथ र चासो भएमात्र काम सफल हुने देखिन्छ ।” उहाँले समाजमा अहिलेको व्यवस्था र सरकारप्रति भ्रम छर्ने काम भएको बताउँदै सकारात्मक कामको जनतासमक्ष सही सूचना दिनु…
Read More
हिरोको बाइक किन्दा नारायणगढका रोशनले जिते ५० हजार नगद

हिरोको बाइक किन्दा नारायणगढका रोशनले जिते ५० हजार नगद

चितवन, १ असोज । सिजी मोर्टर्सले दशैंँ, तिहार लक्षितगरी ल्याएको अफर अन्तर्गत साता दिन नबित्दै हिरो ब्रान्डका मोटरसाइकल खरिद गर्ने दुई भाग्यशाली ग्रााहकले आकर्षक नगद छुट पाएका छन् । उक्त अफर अन्तर्गत हिरोको मोटरसाइकल खरिद गर्ने नारायणगका रौशन यादवले लक्की ड्र मार्फत ५० हजार रुपैयाँ जितेका छन् । युरो मोटर्स प्रालि नारायणगढबाट हिरोको मोटरसाइकल खरीद गरेका यादवले ५० हजार रुपैयाँ नगद प्राप्त गरेको प्रबन्ध निर्देशक सन्तोष भट्टराईले जानकारी दिए । यस्तै, तनहुँ डुलेगौडाका आविष्कार तिमिल्सिनाले पनि २५ हजार रुपैयाँ जितेका छन् । उनले दिपशिखा अटो ट्रेड दुलेगौडा मार्फत हिरोको बाइक खरिद गरेका थिए । सीजीको अफरमा मोटरसाइकल तथा स्कुटर खरिदमा…
Read More
भोलिदेखि सोह्र श्राद्ध शुरु हुँदै

भोलिदेखि सोह्र श्राद्ध शुरु हुँदै

काठमाडौं, १ असोज । यो वर्षको सोह्र श्राद्ध भोलि (बुधबार)देखि शुरु हुँदैछ। चलनमा रहेको पञ्चाङ्ग (पात्रो) अनुसार असोज २ गते पूर्णिमा तिथिका दिन प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। असोज २ गते पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध यही दिन गरिँदैछ। मूल वैदिक परम्पराअनुसारको तिथिपत्रअनुसार पनि असोज २ गते प्रतिपदा शुरु भई १६ गते औँसी छ। वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन्। आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्।…
Read More
दुईजना अंगरक्षकसहित डली चायवाला झापामा,लंका रिसोर्टमा चिया बनाएर खुवाउने

दुईजना अंगरक्षकसहित डली चायवाला झापामा,लंका रिसोर्टमा चिया बनाएर खुवाउने

झापा,१ असोज । डली चायवाला सोमबार नेपाल आइपुगेका छन् । सोमबार अपरान्ह उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् । दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित उनी आइपुगेको उनलाई नेपाल ल्याउने संस्था ग्लोबल इनोभेसन पार्टनरका आरिफ अलीले जानकारी दिए । उनलाई नेपाल सीमा नजिकको भारतको बागडोरा विमानस्थलबाट आयोजकले झापासम्म ल्याएका थिए । डली चायवाला धुलाबारीको पाँचतारे होटल मेची क्राउन प्लाजामा बसेका छन् । त्यहाँको लंका रिसोर्टमा उनले चिया बनाएर अतिथिलाई खुवाउनेछन् । सोही होटलमा हुने कार्यक्रममा हिमालय टिभीको रियालिटी शो भ्वाइस किड्सबाट चर्चित अर्नव वनसहितका कलाकारले सांगीतिक प्रस्तुति समेत दिने भएका छन् ।
Read More
आजपनि नयाँ रेकर्ड, प्रतितोला १ लाख ५७ हजार ३ सय

आजपनि नयाँ रेकर्ड, प्रतितोला १ लाख ५७ हजार ३ सय

काठमाडौँ, ३१ भदौ। नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो । अघिल्लो दिनको तुलनामा आन सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
Read More