‘शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन्’
काठमाडौँ, १५ कात्तिक। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका समस्या तथा विकृति समाधान हुने बताउनुभएको छ । शङ्खरापुर नगरपालिका–६ स्थित भाग्योदय माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले शैक्षिक क्षेत्रका समस्या अन्त्य गर्न राजनीतिक दलले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । “शिक्षा क्षेत्रमा देखिएका विकृति विभिन्न कोणबाट आएका छन्”, अध्यक्ष दाहालले भन्नुभयो, “यस्ता समस्या समाधान गर्न राजनीतिक दल वा विचारबाट भन्दा माथि उठेर सबै एकजुट भएर समन्वय गर्नु जरुरी छ ।” आफू छोटो समय शिक्षकका रुपमा काम गरेको स्मरण गर्दै उहाँले नेपालको राजनीतिक, सामाजिक परिवर्तन तथा शैक्षिक उन्नयनमा शिक्षकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । शिक्षण पेसालाई अपमानित…