जेनजी आन्दोलनमा आगजनी भएका सम्पती रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँः राजुनाथ पाण्डे

जेनजी आन्दोलनमा आगजनी भएका सम्पती रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँः राजुनाथ पाण्डे

जेनजी आन्दोलनमा आगजनी भएका सम्पती रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँः राजुनाथ पाण्डे

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन जी आन्दोलनकारीले आगजनी गरेका सम्पती जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताउनुभएको छ । महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताउनुभएको हो । बिहीवार वागदरबारमा पत्रकार सम्मेलन गर्दै उहाँले आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन नसकेको र २४ गते साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाढीमा पनि ढुंगामुढा भएको बताउनु भयो । राति सवा ८ बजेदेखि पौने १० सम्म सिंहदरबारमा दुई वटा दमकल लगेर आगो…
Read More
जेनजी आन्दोलनको फाइदा उठाउँदै रास्वपाको नाममा धम्की, पार्टीले भन्योः छानविन होस

जेनजी आन्दोलनको फाइदा उठाउँदै रास्वपाको नाममा धम्की, पार्टीले भन्योः छानविन होस

राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपाको बदनाम गरेको आरोप लगाएको छ । रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएको भन्दै यसतर्फ गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ । प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारबाही गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ– यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन…
Read More
संविधान दिवस मनाउँदै राष्ट्रपति पौडेल, विशिष्ट पदाधिकारीलाई निमन्त्रणा

संविधान दिवस मनाउँदै राष्ट्रपति पौडेल, विशिष्ट पदाधिकारीलाई निमन्त्रणा

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा संविधान दिवस मनाउने भएका छन्। यही असोज ३ गते शुक्रबार शीतल निवासमा संविधान दिवस मनाउने कार्यक्रम तय भएको हो। ् संविधान दिवसको कार्यक्रमका लागि राष्ट्रपति कार्यालयका सचिव डा। दिपक काफ्लेले निमन्त्रण बाँड्न थालिसकेका छन्। ‘बाँड्न थालिएको निमन्त्रणापत्रमा ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको समुपस्थितिमा संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ को अवसरमा आयोजना हुने कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिएको छ’ भन्ने ब्यहोरा उल्लेख छ। पत्रअनुसार राष्ट्रपति पौडेलले यही असोज ३ गते शुक्रबार अपराह्न साढे ३ बजे कार्यक्रम राखेका छन्। जेन–जी आन्दोलनपछि केही दिन संविधान र व्यवस्थामाथि नै प्रश्न उठेको थियो। त्यसपछि संविधान दिवसको…
Read More
आजदेखि बीपी राजमार्ग २४ सै घण्टा खुला

आजदेखि बीपी राजमार्ग २४ सै घण्टा खुला

दशैं–तिहार लगायतका चाडपर्वमा यात्रुहरूको सहज आवागमनका लागि बिपि राजमार्गलाई चौबीसै घण्टा सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको सूचनाअनुसार आजदेखि राजमार्ग खुला गरिने भएको हो । यसअघि वर्षातका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो आउने भएकाले काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सवारी साधनलाई यात्रुको सुरक्षाका लागि भन्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन निषेध गरिएको थियो। जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार भदौ मसान्तसम्म उक्त प्रतिबन्ध लागू गरिएको थियो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले यात्रुको माग र चाडपर्वको भीडलाई ध्यानमा राखी असोज १ गतेदेखि राजमार्ग चौबीसै घण्टा सञ्चालन हुने जानकारी दिए । सडक सुरक्षा…
Read More
नारायणघाट–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

नारायणघाट–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

निरन्तरको वर्षासंगै नारायणघाट–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध बनेको छ । मुग्लिन नजिकै तुइन खोला छेउमा पुनः पहिरो खसेपछि यातायात आवागमन दुईतर्फी नै अबरूद्द भएको हो । सो पहिरो हटाउन मेशिन/उपकरण र प्राविधिकको टोली परिचालन भैसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । यसअघि हिजो रातिदेखि नै अवरुद्ध भएको उक्त सडक खण्ड विहान मात्रै संचालनमा आएको थियो ।
Read More
नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई अनुरोध गरिएको बताउनुभयो । महासङ्घले नेपालभरिकै फलफूल तथा तरकारी थोक व्यावसायी सङ्घलाई सम्बोधन गर्दै केरा आयात नगर्न पत्राचार नै गरेको उहाँले बताउनुभयो । महासङ्घले गरेको अनुरोधपत्रमा हाल नेपालमा उत्साहजनक रूपमा केरा उत्पादन भइरहेको र विद्यमान अवस्थामा नेपालको उत्पादनले नै नेपाली केरा बजारको मागले दसैँ, तिहार र छठसम्मै थेग्न सक्ने…
Read More
मन्त्री घिसिङद्वारा जलेका सवारीसाधन व्यवस्थापन गर्न निर्देशन

मन्त्री घिसिङद्वारा जलेका सवारीसाधन व्यवस्थापन गर्न निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उहाँले आज निर्देशन दिनुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । “कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन, यथासक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गरौँ ।” मन्त्री घिसिङले भन्नुभएको छ । उहाँले विनासबाट हामी…
Read More
जेनजी आन्दोलनका मृतक परिवारलाई मन्त्री घिसिङले भेटे

जेनजी आन्दोलनका मृतक परिवारलाई मन्त्री घिसिङले भेटे

ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई भेटेका छन् । मन्त्री घिसिङले मृतक विनोद महर्जनको घरमै पुगेर परिवारलाई भेटके हुन् । भेटका क्रममा उनले मृतक महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनामा समवेदना व्यक्त गरेका थिए ।
Read More
अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका मृत फेला

अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका मृत फेला

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार मृत फेला परेकी छिन् । उनी दिप्रुङ चुइचुम्मा–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् । परियार सोमबार राति मार्से सामुदायिक वनमा मृत फेला परेकी हुन् । उक्त सहकारी संस्थाका अध्यक्ष सागर तामाङका अनुसार परियार सोमबार साँझ कार्यालयबाट बाहिर निस्केकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उनी मार्से सामुदायिक वनको झाडीमा मृत फेला परेकी थिइन् । अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा गएको प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी चौकी याङ्सोलाटार, छितापोखरी, भँडारेघाट र याम्खाको टोली सोमबार राति नै खटिएको उहाँले बताउनुभयो । रासस
Read More
लाटोकोसेरोको संरक्षणमा बरदान बन्दै ‘ह्विट्ली अवार्ड’

लाटोकोसेरोको संरक्षणमा बरदान बन्दै ‘ह्विट्ली अवार्ड’

प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजुु आचार्यले गत वर्ष बेलायतमा प्राप्त गर्नुुभएको विश्व प्रसिद्ध ‘ह्विट्ली अवार्ड’ गण्डकी प्रदेशमा लाटोकोसेरोको संरक्षणका लागि बरदान साबित बन्दै गएको छ । व्यक्तिगत रुपमा प्रदान गरिने उक्त अवार्डबापतको रकम संस्थागत रुपमा उपयोग हुनुुपर्ने प्रावधानअनुरुप प्रकृतिका साथीहरूलाई नेपालको लाटोकोसेरो संरक्षण परियोजनाका लागि ह्विट्ली फन्ड फर नेचरले ५० हजार पाउन्ड सहयोग प्रदान गरिएको थियो । संस्थाका निर्देशक संरक्षणकर्मी आचार्यलाई बेलायती राजकुमारी एनले गत वर्ष लन्डनमा उक्त अवार्डबाट पुरस्कृत गर्नुुभएको थियो । प्रदेशभित्र सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालय र वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा परियोजनाअन्तर्गतका काम गरिएको हो । परियोजनाको सुरुआतमा केशवराज सापकोटा, सुदर्शन पराजुली, ज्योति शर्मा,…
Read More