निवर्तमान प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकलाई कानुनी दायरामा ल्याउन माग

निवर्तमान प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकलाई कानुनी दायरामा ल्याउन माग

निवर्तमान प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकलाई कानुनी दायरामा ल्याउन माग

मानव अधिकार तथा शान्ति समाजले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। शान्ति समाजले आइतबार जारी गरेको विज्ञप्तिमा हालैको राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे चिन्ता व्यक्त गर्दै सुशासनबिना शान्ति सम्भव नभएको उल्लेख गरिएको छ। ‘भ्रष्टाचार र कुशासनकै कारण मुलुकले ठुलो क्षति व्यहोर्नु परेको हो, यसका जिम्मेवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्छौ,’ विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, ऐतिहासिक धरोहर, प्रेस तथा नागरिक सम्पत्तिमा भएको आगजनी र तोडफोडमा संलग्नको पहिचान गरी दण्डित गर्नुपर्ने जरुरी छ ।’ विज्ञप्तिमा प्रहरी…
Read More
तीन मेसिनद्वारा तुइन खोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु

तीन मेसिनद्वारा तुइन खोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला न जिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान पहिरो पन्छाउने काम थालिएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा शुक्रबार साँझ खसेको पहिरो पन्छाउने कार्य जारी रहेको हो । रातका समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको…
Read More
शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट, १२ टाँका लगाइयो

शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट, १२ टाँका लगाइयो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
Read More
‘संविधानलाई कमजोर बनाउन दिने छैनौँ’  : एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल

‘संविधानलाई कमजोर बनाउन दिने छैनौँ’ : एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बलिदानीबाट प्राप्त भएको संविधानलाई कमजोर बनाउन नदिइने बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संविधान मान्दैनौँ भन्दै विभिन्न गतिविधि हुनसक्ने भन्दै एमाले त्यसको रक्षाका लागि उभिने बताउनुभयो । “हामी जनताको बलिदानीबाट प्राप्त गरेको संविधानलाई कमजोर हुन दिने छैनौँ । यसलाई मास्न दिने छैनौँ । यो हाम्रो अठोट र सङ्कल्प हो”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो । उहाँले निर्वाचित घोषणा भइसकेकाले आफ्ना केही असहमतिका बीच पनि पार्टी निर्वाचनको पक्षमा रहेको बताउनुभयो । “हाम्रा आफ्नै कारणले पनि चुनौती देखिएका थिए । अरुले गर्दा पनि चुनौती देखिएका…
Read More
संविधान कार्यान्वयनमा सबै लागौँः अध्यक्ष दाहाल

संविधान कार्यान्वयनमा सबै लागौँः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा गर्दै कार्यान्वयनका निम्ति सक्रिय हुन सबैलाई आह्वान गर्नुभएको छ । संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । संविधान दिवसका अवसरमा पेरिस डाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले संविधानलाई बचाउनका निम्ति आफूले सक्दो पहल गरेको बताउनुभयो । यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा केही घुसपैठ भएको उहाँको भनाइ छ । “जेनजीले उठाएका माग हामीले आजभन्दा १० वर्ष अगाडिदेखि नै उठाउँदै आएका  हौँ, तर अहिले जेनजीले आन्दोलन गर्नुपर्ने र दर्जनौँ युवाले ज्यान गुमाउनुपर्ने परिस्थिति सिर्जना हुनु…
Read More
राजसंस्थाको पक्षमा खुले डा.मुकुल ढकाल

राजसंस्थाको पक्षमा खुले डा.मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट निकालिएका महामन्त्री डा.मुकुल ढकाल राजसंस्थाको पक्षमा खुलेका छन् । आज सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै जान्नेलाई छान्ने अवस्था आइसकेकाले देश जोगाउन तालिम प्राप्त संस्था राजसंस्था नै भएको दावी गरेका छन् । उनले लेखेका छन्ः ‘जान्नेलाई छान्ने’ अन्य सबै प्रकारका तर्कहरूलाई विश्राम दिनुहोस्, र जान्नेको आधारमा मात्र छान्नुहोस् । देशको अभिभावकत्व गर्नका लागी सानैदेखि विशेष तालिमप्राप्त राजसंस्था जान्ने हुन्छ की टुप्लुक्क राष्ट्रपतिको रूपमा छानिएको व्यक्ति जान्ने हुन्छन् रु जान्नेलाई छान्ने भनेपछी राष्ट्रपति जान्ने की राजा जान्ने ? राष्ट्रपति छान्ने की राजा छान्ने ? जान्नेलाई छान्ने की नछान्ने ?  
Read More
जेनजीको आन्दोलनपछि ११औं दिनमा सार्वजनिक भए ओली

जेनजीको आन्दोलनपछि ११औं दिनमा सार्वजनिक भए ओली

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज सार्वजनिक भएका छन् । जेनजी आन्दोलनबाट सिर्जित विषम परिस्थितिका कारण सैनिक सुरक्षाबाट हिजो निस्किएका ओली भक्तपुरको गुण्डुमा खोजिएको डेरा लिइएको घरमा गएर बसेका थिए । आज बिहान ओली ११औं दिनमा सार्वजनिक भएका हुन् । महेश बस्नेतलगायतका नेताहरू अहिले त्यहाँ पुगेका छन् ।
Read More
आज संविधान दिवसः विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

आज संविधान दिवसः विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । विसं २०७२ असोज ३ गते राति…
Read More
एमालेको कार्यालय डढेर खरानी भएपनि इच्छाशक्ति मरेको छैनः उपाध्यक्ष पोखरेल

एमालेको कार्यालय डढेर खरानी भएपनि इच्छाशक्ति मरेको छैनः उपाध्यक्ष पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कार्यालय डढेर खरानी भए पनि हाम्रो इच्छाशक्ति नमरेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यो चुनौती देखेर आत्तिनु र हताश हुनुपर्दैन । यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडी बढ्छ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘हाम्रो कार्यालय डढेर खरानी भयो । तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिले मर्ने छैन ।’  
Read More
ओली एमालेको संविधान दिवस कार्यक्रममा अनुपस्थित

ओली एमालेको संविधान दिवस कार्यक्रममा अनुपस्थित

नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । कार्यक्रममा ओलीका लागि आसन छैन । महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् ।  
Read More