‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गर्नुभएको थियो । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उहाँ घाइते हुनुभएको थियो । घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज ल्याइए पनि उहाँको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिनुभयो । रासस  
Read More
भारी वर्षा गराउने प्रणाली विकास हुँदैछः मौसम विद

भारी वर्षा गराउने प्रणाली विकास हुँदैछः मौसम विद

यो वर्षको मनसुन बाहिरिने क्रम तत्काललाई रोकिएको मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिँदै भारतको उत्तराखण्ड, उत्तर प्रदेशसम्म आइपुगेको छ । अब भने कम्तीमा एक साता मनसुन बाहिरिन रोकिने सम्भावना उच्च रहेको जलवायुविज्ञ डा.धर्मराज उप्रेतीले उल्लेख गरेका छन् । “अर्थात्, समुद्रमा उत्पन्न नयाँ प्रणालीका कारण मनसुन बाहिरिने क्रम रोकिएको हो । यो कुरा भारत मौसम विभागले हिजो जारी विज्ञप्तिमा उल्लेख्य गरेको छ,” विज्ञ उप्रेतीले सोमबार (असोज १३) दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । समुद्रमा उत्पन्न त्यही नयाँ प्रणालीका कारण बडादसैँ टीकाको भोलिपल्ट ९असोज १७०देखि पूर्वी नेपालबाट भारी वर्षा गराउने प्रणाली विकास हुँदै गरेको उनले जनाएका छन् । “असोज १८ देखि…
Read More
तुइन खोलामा गएको पहिरो हटाउन अझै तीन घण्टा लाग्ने

तुइन खोलामा गएको पहिरो हटाउन अझै तीन घण्टा लाग्ने

नारायणघाट–मुग्लिन सडक खण्डमा गएको पहिरो हटाउन तीन घण्टा लाग्ने अनुमान गरिएको छ । इच्छाकामना–५ तुइन खेलामा आज (सोमबार) मध्याह्न १२ बज गएको पहिरो तुइ तर्फी हटाउन अझै तीन घण्टा लाग्ने सडक डिभिजन कार्यालय चितवनले जानकारी दिएको हो । सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार माथीबाट पहिरो झरिरहेको छ । यद्यपि पहिरो हटाउने काम भने भइरहेको उनले जानकारी दिए । दुई तीन बर्ष यता यस स्थानमा पटक पटक पहिरो खसिरहेको छ । पहिरो हटाएर तीन दिनअघि झण्डै ५८ घण्टापछि सडक सञ्चालनमा आएको थियो ।  
Read More
समृद्ध नेपाल निर्माणको पक्षमा जुट्न दसैँले प्रेरणा दिने संयोजक दाहालको विश्वास

समृद्ध नेपाल निर्माणको पक्षमा जुट्न दसैँले प्रेरणा दिने संयोजक दाहालको विश्वास

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान जटिलतालाई चिरेर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैँजस्ता सांस्कृतिक पर्वले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । विजया दशमी २०८२ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन, र शोकलाई शक्तिमा बदल्न सहयोग गर्ने बताउनुभएको छ । उहाँले दसैँलगायत पर्वलाई सामाजिक एकता र अग्रगमनका पक्षमा सङ्कल्पसहित मनाउन आह्वान गर्नुभएको छ । जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दालाई सम्बोधन गर्नैपर्ने जटिल राजनीतिक परिस्थितिमा सिङ्गो मुलुक उभिएको जनाउँदै संयोजक दाहालले…
Read More
जेनजी आन्दोलनका घाइते भन्छन्– होस आउँदा देशमा उथलपुथल भइसकेछ

जेनजी आन्दोलनका घाइते भन्छन्– होस आउँदा देशमा उथलपुथल भइसकेछ

‘जेनजी’ आन्दोलनका घाइते २५ वर्षीय मदन कार्की सिन्धुपाल्चोक बलेफी–८ का स्थायी बासिन्दा हुनुहुन्छ । केही वर्षदेखि काठमाडौँमा भिडियोग्राफी गर्दै आउनुभएका उहाँ भक्तपुर निकोसेरास्थित डेराबाटै काम गरिरहनुभएको थियो । गत भदौ २३ गते जेनजीको भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा सहभागी हुने क्रममा नयाँ बानेश्वरमा बायाँ पाखुरामा गोली लागेर घाइते हुनुभयो । उहाँको अहिले महाङ्कालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मुलुकमा भइरहेको बेथिति अन्त्यगरी समृद्धिको सपना साकार पार्न कसै न कसैले पहल गरोस् भन्ने लागेकाबेला युवापुस्ताको बलमा भएको आन्दोलनको विस्फोटमा सम्पूर्ण नेपालीको सहयोग र समर्थन मिलेको आन्दोलनका घाइते कार्कीको बुझाइ छ । आन्दोलनमा सहभागिता, बानेश्वर घटना र आगामी सोचबारे ट्रमा सेन्टरमा उपचारमा…
Read More
प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने

प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने

जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले बडा दशैंको टीका जमरा नलगाउने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयले सोमवार वक्तव्य जारी गर्दै देशबासीलाई समेत प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जनाएको हो । विज्ञप्तीमा भनिएको छ, ‘बडा दशैँ प्रत्येक बर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु छ। तसर्थ, यसबर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैंको टिका जमरा नलगाउनु हुने र देशबासीहरूलाई समेत टिका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ।’    
Read More
पर्वत कारागारले फरार कैदीबन्दी एक साताभित्र फर्किन निर्देशन

पर्वत कारागारले फरार कैदीबन्दी एक साताभित्र फर्किन निर्देशन

जिल्ला कारागार पर्वतबाट गत भदौ २४ गतेदेखि फरार भएका आठ जना कैदीबन्दी अझै कारागार नफर्किएकाले कारागार प्रशासनले एक साताभित्र फर्किन निर्देशन दिएको छ । कारागारबाट भागेका १९ मध्ये ११ जना फर्किए पनि आठ जना अझै सम्पर्कविहीन भएकाले फरार बन्दी खोजी तथा पक्राउ कार्यदलले सूचना जारी गरी एकसाताभित्र फर्किन निर्देशन दिएको हो । कार्यदलले आइतबार सूचना जारी गर्दै यही असोज २० गतेभित्र कारागार फर्किन सूचना जारी गरेको हो । कार्यदलले फरार कैदीबन्दीको नामावलीसहित सार्वजनिक सूचना जारी गरेको छ । तोकिएको समयसीमाभित्र नफर्किए कारागार ऐन तथा प्रचलित कानुनअनुसार कानुनी कारबाही गरिने चेतावनी दिइएको छ । बर्दिया घर भई कुश्मा नगरपालिका-७ खरेहा बस्ने…
Read More
एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गर्नुभएको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने र कमीकमजोरी सच्याएर आन्तरिक लोकतन्त्रको सुदृढीकरण तथा नेतृत्व हस्तान्तरणको विषयलाई प्राथमिकतामा राखिएको हो । पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियता हुने, पार्टीको रणनीतिक लक्ष्य समाजवाद हुने, समाजवादी कार्यदिशा अगाल्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगिकार गर्नेलगायत सैद्धान्तिक आधार तयार गरिएको अपानीमा समान वैचारिक दृष्टिकोण भएका समूह तथा दलसँग एकताका लागि पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवादलाई मानिएको छ । नेपाली जनता र पूँजीपती वर्गबीचको अन्तरविरोध समाधान गर्ने, नव उपनिवेशवादको विरोध गर्ने नीति पार्टीले अवलम्बन गर्ने…
Read More
अर्घाखाँचीमा जीप दुर्घटनाः दुईजनाको मृत्यु, २४ घाइते

अर्घाखाँचीमा जीप दुर्घटनाः दुईजनाको मृत्यु, २४ घाइते

अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने २४ जना घाइते भएका छन् । सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को सो जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका…
Read More
उच्च मनोबलका साथ काम गर्न गृहसचिव दङ्गालको निर्देशन

उच्च मनोबलका साथ काम गर्न गृहसचिव दङ्गालको निर्देशन

गृहसचिव रामेश्वर दङ्गालले मुलुकमा देखापर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयको आज निरीक्षणका क्रममा उहाँले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गर्न निर्देशन दिनुभयो । उहाँले समाजमा शान्ति सुरक्षा कायम गर्न थप व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । गृह सचिव दङ्गालले आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्न आग्रह गर्नुभएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । त्यस क्रममा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले…
Read More