नागढुङ्गाबाट ५ः०० बजेभित्र मात्र गाडीलाई जान दिइने

नागढुङ्गाबाट ५ः०० बजेभित्र मात्र गाडीलाई जान दिइने

नागढुङ्गाबाट ५ः०० बजेभित्र मात्र गाडीलाई जान दिइने

बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ः०० बजेभित्रमा पुगेकालाई मात्रै नागढुङ्गाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ । बाढीपहिरोलगायत विपद् जोखिमका घटनालाई मध्यनजर गर्दै काठमाडौँबाट नागढुङ्गामा ५ः०० बजे पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै गन्तव्यतर्फ पठाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढीपहिराको सम्भावित जोखिम अझै देखिएकाले नागढुङ्गामा ५ः०० बजेभित्र पुगेका रात्रिकालीन बसलाई मात्र बाहिरिने अनुमति दिइनेछ । सोहीअनुसार हामीले सम्बन्धित बस व्यवसायीका संस्थामा जानकारीसमेत दिएका छौँ ।” यसैगरी, रातिका बेलामा जोखिम बढ्ने भएकाले चालकहरुले पनि जोखिम मोलेर सवारीसाधन नचलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले…
Read More

नेपालबाट वर्षा गराउने प्रणाली बाहिरियो

बंगालको खाडीबाट विकसित भएर भारत हुँदै नेपाल भित्रिएको वर्षा गराउने प्रणाली बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले नेपाल भित्रिएको यसपटक वर्षा गराउने प्रणाली पूर्वी नेपालबाट बाहिरिएको बताएको हो। वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भई उघ्रिएको विभागले जनाएको छ। यद्यपि नेपालबाट मनसुन भने नबाहिरिएको विभागले बताएको छ।
Read More
बाढीपहिरो अपडेटः इलामको ३७ जनासहित देशभर ४९ को मृत्यु

बाढीपहिरो अपडेटः इलामको ३७ जनासहित देशभर ४९ को मृत्यु

शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् । फाइल फोटो  
Read More
अविरल वर्षातको प्रभावः प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

अविरल वर्षातको प्रभावः प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

अविरल वर्षातका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन् । जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरुमा बाढीले खतराको तह पार गरेका हुन् । विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रहरुमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ । उहाँका अनुसार कोशी प्रदेशमा बढ्दो, बागमती र मधेस प्रदेशका केहीमा स्थिर र केहीमा घट्दो क्रममा रहेको छ । यसैगरी कोशी मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरुमा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।…
Read More
नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईयो, पोखरातर्फ जाने अत्यावश्यक सवारीलाई मात्रै छाडियो

नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईयो, पोखरातर्फ जाने अत्यावश्यक सवारीलाई मात्रै छाडियो

तुइन खोला र काली खोलाको पहिरो हटाएर नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईएको छ । तनहुँ, गोरखा, पोखरातर्फ जाने अत्यावश्यक सवारी साधनहरुलाई मात्रै पठाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । बाटो खुलेपछि भरतपुरतर्फ आउने क्रममा मुग्लिनमा रोकिएका सवारी साधन पनि आउन पाएका छन् । धादिङको ज्यामिरेघाटमा पहिरो खसेर बाटो बन्द भएकाले धादिङसहित काठमाडौं जाने सवारी साधन भने पूर्ण रुपमा संचालनमा रोक लगाइएको प्रहरी उपरीक्षक पुरीले बताए । उनका अनुसार तनहुँमा पनि एकतर्फी बाटो खुलेकाले पोखरा जाने ठूला यात्रुबाहक बसलाई भने चितवनमै रोकिएको छ । लेन अनुशासन पालना गर्दै रोकिएका सवारी साधनहरुलाई होल्डिङ सेन्टरमै रहन प्रहरीले आग्रह…
Read More
अलपत्र यात्रुलाई चितवनका होटलमा ७५ प्रतिशत छुट

अलपत्र यात्रुलाई चितवनका होटलमा ७५ प्रतिशत छुट

वर्षाका कारण सवारी आवागमन बन्द भएपछि चितवनमा अलपत्र परेका यात्रुहरूले अब होटलको कोठा भाडामा ७५ प्रतिशत छुट पाउने भएका छन्। होटल व्यवसायी संघ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको बैठकले संयुक्त रूपमा यस्तो निर्णय गरेको हो। निर्णयअनुसार जिल्लाभरिका सबै होटलहरूले आफ्ना नियमित कोठा भाडामा ७५ प्रतिशत छुट दिई २५ प्रतिशत शुल्कमा मात्रै सेवा प्रदान गर्नेछन्। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छुटमा बस्ने ग्राहकलाई कुनै पनि फरक व्यवहार नगरी सम्मानजनक सेवा दिन सदस्य होटलहरूलाई आग्रह गरेका छन्। निर्णयको कार्यान्वयन भए-नभएको अनुगमन गर्न होटल संघ चितवन र जिल्ला प्रहरी कार्यालयले संयुक्त रूपमा निगरानी गर्ने प्रजिअ अर्यालले बताएका छन्। निर्णयविपरीत बढी शुल्क लिएको…
Read More
भरतपुर विमानस्थल विहानैदेखि ठप्प, फर्किन थाले यात्रु

भरतपुर विमानस्थल विहानैदेखि ठप्प, फर्किन थाले यात्रु

अविलर वर्षाका कारण भरतपुर विमानस्थल विहानैदेखि बन्द छ । प्रतिकुल मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आन्तरिक उडान ठप्प भएपछि भरतपुर विमानस्थल पनि प्रभावित बनेको हो । भरतपुरमा पनि गयराति देखि नै वर्षा भइरहेको छ । भरतपुर विमानस्थलबाट काठमाडौं र पोखरा गरी दैनिक ७ वटा उडान हुने गरेको थियो । आजको सबै उडान रद्द गरिएको बुद्ध एयर भरतपुरले जनाएको छ । उडान रद्द भएसंगै यात्रुहरु फर्किएका छन् । आन्तरिक उडानतर्फ काठमाडौँसहित कम्तिमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा…
Read More
निरन्तर वर्षा र तुईन खोलामा लगातार ढुंगा खस्न थालेपछि नारायणघाट–मुग्लिन सडक खण्ड पूर्णरुपमा बन्द

निरन्तर वर्षा र तुईन खोलामा लगातार ढुंगा खस्न थालेपछि नारायणघाट–मुग्लिन सडक खण्ड पूर्णरुपमा बन्द

चितवनका इच्छाकामना गाउँपालिका–५, स्थित तुईन खोलामा निरन्तर ढुंगा खस्न थालेपछि नारायणघाट–मुग्लिन सडक खण्ड पूर्ण रुपमा बन्द गरिएको छ । यसअघि यो सडक खण्ड भएर पोखरा जाने सवारी साधान आवातजावत गरिरहेका थिए । अहिले दिउँसोबाट पूर्ण रुपमा बाटो बन्द गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । ‘अहिले फिस्लिङमा पनि पहिरो खसेर अवरुद्ध छ, तुईन खोलामा जोखिम बढेकाले पूर्ण रुपमा बाटो बन्द गरिएको छ’–प्रहरी उपरीक्षक पुरीले भने । तुईन खोलामा स–साना पहिरो खस्दा विहान एकतर्फी बाटो खुला गरिएको थियो । काठमाडौं जाने सवारी साधनलाई भने विहानैदेखि सुरक्षित ठाउँमा रोकेको थिए । प्रहरीका अनुसार कुरिनटार, मुग्लिन, रामनगर, आँपटारी,…
Read More
सचेत रहन आयोगको आग्रह

सचेत रहन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले वर्षाबाट हुनसक्ने बाढीपहिरोबाट सचेत रहन सबैलाई आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी प्राकृतिक विपद्पूर्वका कार्यहरुमा उचित ध्यान दिनु, विपद्को अवस्थाका बारेमा सर्वसाधारणलाई सूसूचित गर्नु र जोखिममा रहेकाहरुलाई उद्धार गर्नु राज्यको जिम्मेवारी भएको जनाउँदै विपद्पूर्वको तयारी र विपद्प्रतिकार्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । साथै आयोगले विपद्पूर्वको तयारी तथा उद्धारमा सघाउन राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम, युवापुस्ता, विभिन्न सङ्घ संस्था र नागरिक समाजलाई आग्रह गरेको छ । रासस  
Read More
चितवनसहित २० जिल्ला बाढीको अति उच्च जोखिममा

चितवनसहित २० जिल्ला बाढीको अति उच्च जोखिममा

जल तथा मौसम विज्ञान विभागले चितवनसहित २० वटा जिल्ला बाढीको उच्च जोखिममा रहेको बताएको छ। आज (शनिबार) सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरू बाढीको अति उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। त्यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरूमा उच्च जोखिमको सम्भावना रहेको महाशाखाले बताएको छ। यस्तै कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला…
Read More