बागमती प्रदेश र चितवन उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका समस्या र सम्भावनाबारे छलफल
चितवन, जेठ २६ – चितवन उद्योग वाणिज्य संघले निजी क्षेत्रका समस्या, वर्तमान बजेटका प्रभाव तथा उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका प्रतिनिधको उपस्थितीमा आफ्नो सभाहलमा सोमबार वर्तमान अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले संघको परिचय, चितवनको आर्थिक तथा सामाजिक अवस्था र संघले अघि सारेका आगामी रणनीतिबारे जानकारी गराएका थिए। उनले संघीय राजधानी रहेको बागमती प्रदेशका सम्भावनाहरू अझै पर्याप्त रूपमा उजागर हुन नसकेको उल्लेख गर्दै निजी क्षेत्रका आवाज सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउन महासंघलाई आग्रह गरे। चितवन उद्योग वाणिज्य संघका…