चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) लाई आक्रमण गर्ने तीन जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई गयराती १ बजे मुग्लिनबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । उनिहरुको सम्बन्धमा अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात पहिचान खुलाउने प्रहरीले जनाएको छ । भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका संचालक सिग्देललाई अपरिचित समूहले बिहिबार अपरान्ह आक्रमण गरेको थियो । काम सकेर घर फर्कने क्रममा उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समुहमा आएकाहरुले आक्रमण गरेका थिए । सिसी टिभी फुटेजमा उनिहरु सिजी ल्याण्डमार्कको प्रवेशद्धारमा कुरेर बसेको र देख्नासाथ बाइकको हेलमेट प्रयोग गरेर आक्रमण गरेको देखिन्छ । मलका सुरक्षा गार्ड गएपछि उनिहरु भागेको…
Read More
चितवनमा रोकिराखेको ट्रकमा २ वटा बस ठोकिँदा दुर्घटनाः यी हुन् ३३ जना घाइते (नामावली)

चितवनमा रोकिराखेको ट्रकमा २ वटा बस ठोकिँदा दुर्घटनाः यी हुन् ३३ जना घाइते (नामावली)

गएराति चितवनमा रोकिराखेको ट्रकमा दुई बस ठोकिँदा घाइते भएका सबै यात्रुको परिचय खुलेको छ। गएराति पौने २ बजेतिर भएको दुर्घटनामा ३३ जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा सुरुमा गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको थियो। सो बसमा लगत्तै जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रु बाहक बससमेत ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। दुर्घटनापछि बस सडकमै पल्टिँदा यातायातसमेत अवरुद्ध भएको थियो। सशस्त्र प्रहरी बल नम्बर १७ गण आँपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेलाई…
Read More
दैनिक साठी स्थानबाट भगवान् श्रीकृष्णलाई सामूहिक दीपदान

दैनिक साठी स्थानबाट भगवान् श्रीकृष्णलाई सामूहिक दीपदान

कार्तिक मासको अवसर पारेर अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ नेपाल (इस्कोन) ले देशभर ६० स्थानमा श्रीकृष्ण भगवान्लाई सामूहिक दीपदान गरिरहेको छ । सामूहिक दीपदानमा दैनिक हजारौँ मानिस सहभागी हुने गरेका छन् । स्कन्द र पद्म पुराणलगायत धार्मिक ग्रन्थमा कार्तिकमासमा भगवान् श्रीकृष्णलाई बेलुकीको समयमा दीपदान गरे लाखौँ जन्मको पाप नाश हुने उल्लेख गरिएकाले यस्तो कार्यक्रम आयोजना गरिएको इस्कोनका अध्यक्ष प्रदीप भण्डारीले राससलाई जानकारी दिनुभयो । आश्विन शुक्ल पूर्णिमादेखि सुरु भएको यो कार्यक्रम कार्तिक शुक्लपूर्णिमामा समापन गरिनेछ । यस अवसरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा आकाश दीपदान गर्ने गरेका छन् । इस्कोनका दीपदानमा लाखौँ मानिस सहभागी भइसकेको जनाइएको छ । काठमाडौँ उपत्यकाका…
Read More
राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । रासस
Read More
मनाङमा पदयात्रा गर्न एक साता रोक

मनाङमा पदयात्रा गर्न एक साता रोक

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाइएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान जिल्ला प्रशासनले आह्वान गरेको हो । हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु फर्किन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए। करिब एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटकको मङ्गलबार उद्धार गरिएको थियो ।
Read More
बीस हजारबाट ढाका व्यवसाय सुरु गरेका चौधरी करोडका मालिक

बीस हजारबाट ढाका व्यवसाय सुरु गरेका चौधरी करोडका मालिक

बीस हजार लगानीबाट सुरु गरेको व्यवसाय हाल करोडको जायजेथामा परिणत भएको छ । नवलपरासीका विष्णुकुमार चौधरीले १६ वर्ष दमौलीमा ढाकाको व्यवसाय गरेर करोडको सम्पत्ति जोड्नु भएको हो । व्यास नगरपालिका–२ मा २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उहाँ सफल उद्यमी बन्नुभएको छ । ढाका उद्योगमा उहाँले २५ जनालाई रोजगारी दिनुभएको छ । हाल उहाँको उद्योगमा रु एक करोड बढीको लगानी छ । ढाकाबाट उत्पादन गर्न सकिने विभिन्न परिधानबारे प्रशिक्षणका सिलसिलामा दमौली आउनुभएका उहाँले रु २० हजार लगानी गरी व्यवसाय थालेको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय अपेक्षा गरिएअनुरुप व्यापार नभए पनि ढाकाको साडी र कोटतर्फ युवायुवतीको आकर्षण…
Read More
शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले राससलाई बताउनुभयो । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उहाँले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताउनुभयो । आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एकदुई भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । रासस
Read More
बेमौसमी वर्षा दाउन्नेमा सडक अवरुद्ध

बेमौसमी वर्षा दाउन्नेमा सडक अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताउनुभयो । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उहाँले बताउनुभयो । सूचना अधिकारी नेपालले भन्नुभयो, “बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् । दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन् ।”
Read More
विश्वकप लिग-२ः आज यूएईसँग भिड्दै नेपाल

विश्वकप लिग-२ः आज यूएईसँग भिड्दै नेपाल

आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हरायो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको सहज जित निकालेको थियो । अमेरिकासँगको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाललाई घरेलु टोली युएईलाई पराजित गर्न आज थप मिहिनेत…
Read More
नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति

नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२र८३ का लागि ‘जङ्गल ड्राइभ’ जीप सफारी सञ्चालन गर्न अनुमति दिएको हो । उक्त अनुमतिले पर्यटकीय गतिविधि थप बढ्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो । निकुञ्ज र नवलपुर पर्यटन समितिबीच नवलपुरको मार्ग हुँदै निकुञ्जमा जीप सफारीको सम्झौता भएको जनाउँदै उहाँले उक्त सहमति अनुसार आधा दिन र पूरै दिन जीपबाट निकुञ्ज क्षेत्र भ्रमण गर्न सकिने जानकारी दिनुभयो । आधा दिनको…
Read More