एनपिएलः विराटनगरले जनकपुरविरुद्ध ब्याटिङ गर्दै

एनपिएलः विराटनगरले जनकपुरविरुद्ध ब्याटिङ गर्दै

एनपिएलः विराटनगरले जनकपुरविरुद्ध ब्याटिङ गर्दै

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज पहिलो खेलमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ राजेको हो । अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो जितको खोजीमा छ । यसअघि जनकपुर पहिलो खेलमा काठमाडौँ गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । यस्तै सन्दीप लामिछानेको कतानीमा रहेको विराटनगर लगातार तेस्रो जितको पर्खाइमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौँलाई पराजित गरेको थियो । यस्तै आजै अपरान्ह ४ बजे दोस्रो खेल साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ । नेपाल…
Read More
सुनको मुल्य तोलामा एक हजार ९ सयले घट्यो

सुनको मुल्य तोलामा एक हजार ९ सयले घट्यो

स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको हो ।] महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ११५ रुपैयाँ कायम भएको छ ।
Read More
सिञ्जाद्वारा तीन वर्षमा १७ किमी सडक निर्माण

सिञ्जाद्वारा तीन वर्षमा १७ किमी सडक निर्माण

जुम्लाको सिञ्जा गाउँपालिकाले एक वर्षको अवधिमा करिब एक सय ९९ योजना सम्पन्न गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा पालिकाभित्रका ६ वडामा सञ्चालित एक सय ९९ योजना सम्पन्न भई सञ्चालनमा आएको गाउँपालिका प्रवक्ता तीर्थ वडले जानकारी दिनुभयो । सोही अवधिमा पालिकास्तरीय ६५ र वडास्तरीय १३४ योजना सम्पन्न भएका छन् । २० लाख माथिका गाउँपालिकास्तरीय १२, र वडा स्तरीय तीन वटा योजना रहेका थियो । पाँचदेखि २० लाखसम्मका पालिकास्तरीय १५ र वडास्तरीय २७ योजना र पाँच लाखभन्दा कम पालिकास्तरीय ३८ र वडास्तरीय १०५ योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । गाउँपालिकाले आव २०८१/८२ मा रु ३८ करोड ४६…
Read More
तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले तीन हजार दुई सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अध्ययन सुरु गरिएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट सम्भाव्यताको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर०…
Read More
चितवनबाट फरार बन्दी झापामा पक्राउ

चितवनबाट फरार बन्दी झापामा पक्राउ

जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी यहाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबारपक्राउ गरेको जनाएको छ । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ । रासस
Read More
निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन्ः मन्त्री खरेल

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन्ः मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार कालिञ्चोक–८ सुनखानीमा कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाइ तथा अभिनन्दन कार्यक्रममा उहाँले निर्वाचनका लागि वातावरण बनिसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो मुख्य लक्ष्य भनेको निर्वाचन हो, निर्वाचनको लागि सरकार तयार छ, सबै राजनीतिक दलले निर्वाचनमा भाग लिँदैछन् । सरकारले निर्वाचनको वातावरण बनाउछ, यो सन्देश देशभर फैलाउन जरुरी छ ।” उहाँले सुशासनमा सम्झौता नगर्ने भन्दै छ महिनाभित्र अनुभूति हुनेगरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जेनजी आन्दोलनको विरुद्धमा हुने कुनै पनि कार्य सरकारलाई शैह्य नहुने…
Read More
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँ महानगरपालिका १० बानेश्वरस्थित थापागाउँको घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उहाँ घरमै झु न्डिएको अवस्थामा मृत फेला परेको जानकारी आएको थियो। प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया भरखरै सकेको छ उनले भने, अब शव पोस्टमार्टमका लागि लगिन्छ। खनियाँ रेडियो अडियोका सञ्चालक हुन्। सोही घरमा रेडियो अडियोको कार्यालय पनि सञ्चालनमा थियो। तर, खनियाँले केही महिनाअघि मात्रै घर बिक्री गरेको खुलेको छ। बिक्री गरे पनि उनीहरू त्यहीँ बस्दै आएका थिए। उनका श्रीमती र एक छोरी छन्।
Read More
मधेश प्रदेशमा ललितकला कार्यशाला

मधेश प्रदेशमा ललितकला कार्यशाला

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशव्यापी रूपमा सुरु गरेको कला गतिविधि यतिबेला मधेश प्रदेश पुगेको छ । मधेश प्रदेशका विभिन्न स्थानमा गएर कलासम्बन्धी कार्यशाला सम्पन्न भएका छन् । जसमध्ये, शनिबार प्रतिष्ठानले ललितकला विषयक अन्तरक्रिया तथा एक दिवसीय भोजपुरी लोककला कार्यशाला सम्पन्न गरेको छ । त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम मावि बिर्ता वीरगञ्ज–४ पर्सामा भएको कार्यशालामा बालबालिकाको उपस्थिति थियो । अजमत प्रडक्सन, नेपाल भोजपुरी समाज वीरगञ्ज पर्सा र मैथिली विकास कोष, जनकपुरधामको सहकार्यमा गरिएको कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ‘ललितकला र यसको महत्व’ विषयमा प्रस्तुति दिनुभएको थियो । उहाँले प्रतिष्ठानको उद्देश्य, गतिविधि र योजनाका विषयमा जानकारी गराउँदै प्रतिष्ठानले देशभरि गरेका चित्रकला, मूर्तिकला,…
Read More
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल सात विकेटले पराजित

दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल सात विकेटले पराजित

नेपाल पहिलो दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज श्रीलङ्काको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा ग¥यो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो । जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ रन बनायो । भारत र श्रीलङ्कामा आयोजित प्रतियोगितामा नेपाल र भारतसँगै अष्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका पनि सहभागी थिए । फाइनलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन बनाइन् । यसप्रकारको क्रिकेटमा प्लास्टिकको ‘ह्वाइट बल’ प्रयोग हुन्छ ।…
Read More
नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दोहोरो अङ्कले बढेको छ । आज धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो । आज ३३४ कम्पनीको एक करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर ७६ हजार २८ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सामूहिक लगानीबाहेक सबै समूहको उपसूचक बढेका छन् । सागर डिष्ट्रिलरी लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको…
Read More