चितवनका जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन् । उनीहरुले परिचय पत्रसमेत लिएका छन् । जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरुले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म अपेक्षाकृत रुपमा घाइतेहरु परिचय पत्र बनाउन र राहत रकम बुझ्न आएका छैनन् । उहाँले भन्नुभयो, “कतिपयले सामान्य घाइते हो भन्दै आउन नखोजेको पाइएको छ ।” जेनजी आन्दोलनका जिल्ला नेतृत्वहरुले यसलाई लिखत रुपमा दिन प्रशासनले आग्रहसमेत गरेको छ । स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरुले आफ्नो…