खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री

काठमाडौं, असार ३ – अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्न नसक्ने भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र कर प्रणाली सुधारमार्फत आर्थिक गतिविधि विस्तार गर्ने नीति लिएको बताएका छन् । आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारिएको बताए । उनले भने, ‘निजी क्षेत्रलाई उत्साहित नगरीकन यो अर्थतन्त्र अगाडि जाँदैन भन्ने हाम्रो पार्टीको अर्थ–राजनीतिक दर्शनअनुसार नै धेरै कुरा गरेको हो । यसमा कसैले लबिङ गरेर, मागेर होइन । खुलेर आउँ, ट्याक्स…
Read More
सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो

सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो

काठमाडौं, असार ३ – सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्टसँग साझेदारी देखिएपछि राजीनामा दिएका सुधन गुरुङ फेरि गृह मन्त्रालय फर्किएको पनि ९ दिन भइसकेको छ । वैशाख ९ मा राजीनामा बुझाएका गुरुङ जेठ २६ मा गृहमा फर्किएका थिए । तर, गुरुङमाथि प्रश्न उठेपछि बनेको छानबिन समितिले बुझाएको प्रतिवेदन गुपचुप थन्क्याइएको छ । भट्टको कम्पनी लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा छानबिन गर्न मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले छानबिन गरेर जेठ २२ मा प्रतिवेदन बुझायो । जेठ २६ मा मन्त्रिपरिषद्ले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको थियो…
Read More
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः मन्त्री तिमिल्सिना

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः मन्त्री तिमिल्सिना

काठमाडौं, असार ३ – सूचना तथा सञ्‍चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे । मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतामाथि कसैले कुनै कदम उठाएको भए सरकारले त्यसविरुद्ध आवश्यक कारबाही गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले पत्रकारहरूको हकहित संरक्षणका लागि स्थापना भएका संस्था तथा संगठन खारेज गर्ने प्रयास अन्तर्राष्ट्रिय श्रम तथा प्रेस स्वतन्त्रतासम्बन्धी मान्यताविपरीत भएको भन्ने विषयमा आफू स्पष्ट हुन नसकेको बताए । उनले भने, ‘सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ । सरकार प्रेस…
Read More
प्रदर्शनी केन्द्रमा रास्वपा महाधिवेशन गर्न लागिएको तयारीप्रति चितवन कांग्रेसले उठायो वैधानिकताको प्रश्न

प्रदर्शनी केन्द्रमा रास्वपा महाधिवेशन गर्न लागिएको तयारीप्रति चितवन कांग्रेसले उठायो वैधानिकताको प्रश्न

चितवन, असार ३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि चितवन उद्योग संघको प्रदर्शनी केन्द्र प्रयोग गर्ने तयारीप्रति नेपाली कांग्रेस चितवनले प्रश्न उठाएको छ । रास्वपाले आगामी असार ७ गते चितवनको गेष्ट हाउस चौरमा महाधिवेशन उद्घाटन गरी बन्दसत्र चितवन उद्योग संघको व्यवस्थापनमा रहेको प्रदर्शनी केन्द्रमा सञ्चालन गर्ने तयारी गरेपछि कांग्रेस चितवनले यसको औचित्य र वैधानिकतामाथि प्रश्न उठाएको हो । नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जारी गरेको विज्ञप्तिमा चितवन उद्योग संघ विशुद्ध औद्योगिक तथा व्यावसायिक संस्था भएकाले यसको प्रदर्शनी केन्द्रमा दलगत कार्यक्रम सञ्चालन गर्नु विधि, पद्धति र स्थापित परम्पराविपरीत हुन सक्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल…
Read More
चितवनको कृषि विश्वविद्यालयबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवनको कृषि विश्वविद्यालयबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन, असार ३ – कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण भएका छन् । विश्वविद्यालयले आज स्थापना दिवसको अवसरमा सो कुरा बाहिर ल्याएको हो । विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । सो विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि पढाइ हुँदै आएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुविरसिंहले कृषि स्नातकमा तीन हजार १४ जना, कृषि स्नातकोत्तरमा ८८८ जना र कृषि विद्यावारिधिमा ५४ जना विद्यार्थी उत्तीर्ण भएका छन् भन्नुभयो । यसैगरी, पशुचिकित्सा तथा पशुपालन स्नातकमा ३८८ जना, पशु चिकित्सा स्नातकोत्तरमा २०१ जना, पशुविज्ञान स्नातकोत्तरमा १११ जना र पशुचिकित्सा तथा पशुविज्ञान विद्यावारिधिमा १०…
Read More
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

चितवन, असार ३ – चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ । प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको हो । चितवनको नारायणगढबाट सोमबार (असार १) साँझ १६ वर्षीय बालकको अपहरण गरिएको थियो । ५ ६ जनाको समूहले भारतीय नम्बर प्लेट भएको गाडीमा राखी अपहरण गरेका थिए । उनीहरूले चितवनबाट बालकलाई अपहरण गरेर काठमाडौंमा लगेका थिए । काठमाडौंका एक होटेलमा बन्धक बनाएर उनका परिवारजनसँग पैसा मागेको प्रहरीले जनाएको छ । बालकलाई अपहरण गरेर उनका परिवारसँग पैसा मागेको सूचना हामीकहाँ आएको थियो । त्यसपछि खोजतलास गर्दा बसपार्कको एक होटेलमा बालकको उद्धार गरेका हौँ, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भन्नुभयो…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय महाधिवेशन भरतपुरमा हुने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय महाधिवेशन भरतपुरमा हुने

चितवन, असार २ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय महाधिवेशन अब चितवनको भरतपुरमा आयोजना हुने भएको छ। यसअघि रत्ननगरस्थित होटल स्टार चितवनमा गर्ने तयारी भए पनि सहभागी संख्या, व्यवस्थापन सहजता र गर्मी मौसमलाई ध्यानमा राख्दै स्थान परिवर्तन गरिएको हो। रास्वपा चितवनका सभापति इ. मिनी माधव खरेलका अनुसार महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेष्टहाउस चौरमा हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको सभाहलमा सञ्चालन गरिनेछ। उनका अनुसार देशभरबाट ठूलो संख्यामा प्रतिनिधि, पर्यवेक्षक तथा कार्यकर्ताको सहभागिता रहने भएकाले कार्यक्रमलाई सहज र व्यवस्थित बनाउन भरतपुरलाई छनोट गरिएको हो। पार्टीले महाधिवेशनलाई आगामी संगठनात्मक दिशा, नेतृत्व चयन र नीतिगत छलफलका दृष्टिले महत्वपूर्ण कार्यक्रमका रूपमा लिएको छ।…
Read More
भरतपुर महानगरमा १८ योजनामा बजेट रकमान्तर, विकास योजनामा व्यापक हेरफेर

भरतपुर महानगरमा १८ योजनामा बजेट रकमान्तर, विकास योजनामा व्यापक हेरफेर

चितवन, असार २ – भरतपुर महानगरपालिकामा आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर असारे विकासको चटारोसँगै बजेट रकमान्तर तथा योजना संशोधन तीव्र भएको छ। नगर कार्यपालिका बैठक नं. ११९ को निर्णयअनुसार विभिन्न वडाका १८ वटा योजनामा बजेट हेरफेर गरिएको हो। निर्णयअनुसार वडा नं. १९ मा सडक कालोपत्रे योजनाका लागि विनियोजित १६ लाख रुपैयाँ हटाएर चिल्ड्रेन पार्क परिसरभित्र स्विमिङ पुल निर्माणमा सारिएको छ। त्यस्तै वडा नं. ६ मा टोल विकास, बालबालिका कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मानका लागि छुट्याइएको बजेट कटौती गरी जोखिम न्यूनीकरण तथा सुरक्षा व्यवस्थापनमा विनियोजन गरिएको छ। वडा नं. १८ मा कर्मचारी क्षमता विकासको बजेट कटौती गरी जनप्रतिनिधि तथा कर्मचारी अवलोकन…
Read More
क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापी औषधिको अभाव, बिरामी उपचारमै संकट

क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापी औषधिको अभाव, बिरामी उपचारमै संकट

चितवन, असार २ – चितवनमा क्यान्सर उपचारका लागि अत्यावश्यक किमोथेरापी औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव भएपछि बिरामी र उनीहरूका परिवार समस्यामा परेका छन्। भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा उपचारका लागि आएका बिरामीहरू उपचारभन्दा बढी औषधिको खोजीमा भौतारिन बाध्य भएका छन्। चिकित्सकहरूका अनुसार विश्वव्यापी रूपमा सक्रिय कच्चा पदार्थ (एपीआई) को अभाव, मूल्यवृद्धि तथा ढुवानी लागत बढ्दा उत्पादन प्रभावित भएको हो। नेपालमा मूल्य समायोजन हुन नसक्दा आयात पनि घटेको छ। औषधि व्यवस्था विभागले देशभरका ११ स्वास्थ्य संस्थामार्फत आपूर्ति व्यवस्था गरे पनि मागअनुसार औषधि उपलब्ध हुन सकेको छैन। चितवनमा भरतपुरको राज ड्रग प्रालिलाई जिम्मेवारी दिइएको भए पनि आपूर्ति न्यून रहेको जनाइएको…
Read More
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

काठमाडौं, असार २ – चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो । नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी…
Read More