रत्ननगर खानेपानीद्वारा उपभोक्तालाई निःशुल्क बिरुवा वितरण

रत्ननगर खानेपानीद्वारा उपभोक्तालाई निःशुल्क बिरुवा वितरण

रत्ननगर खानेपानीद्वारा उपभोक्तालाई निःशुल्क बिरुवा वितरण

रत्ननगर, असार १७ – पूर्वी चितवनको रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वातावरणीय सुधार र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफ्ना उपभोक्ताहरूलाई निःशुल्क बिरुवा वितरण सुरु गरेको छ। संस्थाका अनुसार एक उपभोक्ता लाई २ बिरुवाको नीति अनुरूप उपभोक्ताहरूलाई बिरुवा वितरण गर्न लागिएको हो। संस्थाका उपाध्यक्ष रामहरी अधिकारीले प्रत्येक घरधुरीलाई दुईवटा बिरुवा उपलब्ध गराइने जानकारी दिए। कुल १६ हजार ५०० उपभोक्ता आबद्ध रहेको यस संस्थाले पहिलो चरणमा १० हजार बिरुवा वितरण गर्ने तयारी गरेको सचिव प्रताप डल्लाकोटीले बताए। उपभोक्ताहरूको माग र आवश्यकताका आधारमा फलफूल तथा विभिन्न प्रजातिका फूलका बिरुवाहरू वितरण गर्न लागिएको कोषाध्यक्ष विरञ्जना घिमिरे सापकोटाले जानकारी दिइन्।
Read More
मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन

मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन

चितवन, असार १७ – मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुईन खोलामा सुख्खा पहिरो खस्दा केही समय अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन भरतपुरका अनुसार बुधबार बिहान ११ः१५ बजेसम्म पहिरो पन्छाएर सडकमा सवारीसाधनको आवागमन सुचारु गरिएको हो। सडक डिभिजनले सवारी चालकलाई आफ्नो लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि उक्त क्षेत्रमा थप पहिरो खस्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।
Read More
भरतपुर अस्पतालमा डिजिटल सेवा विस्तार : अब अनलाइन टिकट र मेसिनबाटै रिपोर्ट

भरतपुर अस्पतालमा डिजिटल सेवा विस्तार : अब अनलाइन टिकट र मेसिनबाटै रिपोर्ट

चितवन, भरतपुर अस्पतालले बिरामीको भीड व्यवस्थापन र सेवा प्रवाहलाई सहज बनाउन डिजिटल प्रविधिमा आधारित सेवा सुरु गरेको छ। अब अस्पताल आउने बिरामीले अनलाइनमार्फत टिकट काट्न र टिकट तथा स्वास्थ्य परीक्षणको रिपोर्ट भेन्डिङ मेसिनबाटै प्राप्त गर्न सक्ने भएका छन्। दैनिक तीन हजारभन्दा बढी बिरामीको चाप रहने अस्पतालमा लामो समयसम्म टिकटका लागि लाइन बस्नुपर्ने समस्या समाधान गर्ने उद्देश्यले यो सेवा परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार पुरानो मेसिनको मर्मतसम्भार गरी थप नयाँ मेसिन जडान गरिएको छ। यसमार्फत बिरामीले अस्पतालको वेबसाइटमा गएर आफ्नो विवरण भर्ने, आवश्यक सेवा छनोट गर्ने, अनलाइन भुक्तानी गर्ने र प्राप्त भएको क्यूआर वा…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा असार १७ देखि जिप सफारी स्थगित

चितवन राष्ट्रिय निकुञ्जमा असार १७ देखि जिप सफारी स्थगित

सौराहा, असार १७ – चितवन राष्ट्रिय निकुञ्जले वर्षायाम सुरु भएसँगै निकुञ्जभित्र सञ्चालन हुँदै आएको जिप सफारी सेवा आजदेखि असोजको पहिलो सातासम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराबाट जारी जानकारीअनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीहरूको प्रजननका लागि संवेदनशील समय भएकाले उनीहरूको प्राकृतिक बासस्थानमा अनावश्यक असर नपरोस् भन्ने उद्देश्यले जिप सफारी रोकिएको हो। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार बर्खायाममा निकुञ्जभित्रका कच्ची सडकहरू बिग्रने, साना खोला–खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुने जोखिम बढ्ने भएकाले पर्यटकको सुरक्षालाई समेत ध्यानमा राखेर सफारी सेवा बन्द गर्न लागिएको हो। यद्यपि, निकुञ्जभित्रको सेवा बन्द भए पनि मध्यवर्ती क्षेत्र र सामुदायिक…
Read More
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग

काठमाडौँ, असार १७ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुरुप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल/मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको थियो । महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वचालित प्रणालीबमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो । “पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनु आवश्यक छ”, उहाँले भन्नुभयो, “इन्धनको मूल्यवृद्धि हुँदा भाडा बढाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल…
Read More
युनाइटेड टेक्निकल कलेजमा इन्जिनियरिङतर्फ स्नातक तहमा पढ्ने अवसर

युनाइटेड टेक्निकल कलेजमा इन्जिनियरिङतर्फ स्नातक तहमा पढ्ने अवसर

चितवन, असार १७– भरतपुर महानगरपालिका वडा नं.११ मा रहेको युनाइटेड टेक्निकल कलेज (यु–टेक कलेज)मा इन्जिनियरिङ स्नातक कार्यक्रमहरूमा पढ्ने अवसर खुलेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युटेक कलेजले शैक्षिक सत्र २०८३÷८४ का लागि इन्जिनियरिङतर्फका स्नातक ( )कार्यक्रमहरूमा पढ्ने अवसर खुलेको हो । गुणस्तरीय प्राविधिक शिक्षा, आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक तथा विद्यार्थीमैत्री शैक्षिक वातावरणका साथ कलेजले दक्ष, सक्षम र प्रतिस्पर्धी इन्जिनियर उत्पादन गर्दै आएको छ। स्नातक पढ्नका लागि कलेजले प्रवेश परीक्षाको मिति तय गरेको छ । असार २२ गते सोमबार दिउँसो १ बजे प्रवेश परीक्षा लिइने कलेजले जनाएको छ । यो कलेजको विभिन्न विशेषताहरु रहेका छन् । शतप्रतिसतसम्म छात्रवृत्तिको अवसर, पोखरा…
Read More
चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ, असार १५- आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न सङ्घसंस्थाले रोपाइँ गर्दै दही चिउरा खएर त कतै हिलो खेलेर धान दिवस मनाएका छन् । तर, चितवनको साँराहामा भने फरक तरिकाले धान दिवस मनाइएको छ । यहाँको ग्रिन सोसाइटी पब्लिक स्कुलले दिवस नितान्त विद्यार्थीको सिकाइलाई ध्यानमा राखेर मनाएको हो । विद्यालयले धान दिवसको सन्दर्भ पारेर विद्यार्थीलाई धान, खेत र हिलोको महत्त्वबारे बुझायो । त्यसपछि विद्यार्थीले नै धान दिवससम्बन्धी प्रतियोगितात्मक गीत प्रस्तुत गरेका थिए । त्यसपछि सुरु भयो आजको मुख्य आकर्षण धान रोप्ने काम । स्कुल नजिकैको खेतमा विद्यार्थीले धान रोप्न सिके । विद्यार्थीलाई कार्यालय सहायक दुर्गा…
Read More
चितवन र काठमाडौंबाट जु’वातास खेल्दै गरेका २१ जना पक्राउ, तीन लाखभन्दा बढी नगद बरामद

चितवन र काठमाडौंबाट जु’वातास खेल्दै गरेका २१ जना पक्राउ, तीन लाखभन्दा बढी नगद बरामद

चितवन, असार १५- नेपाल प्रहरीले चितवन र काठमाडौंका दुई छुट्टाछुट्टै स्थानबाट जु'वातास खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट तीन लाख रुपैयाँभन्दा बढी नगद र २६ बुक तास बरामद भएको प्रहरीले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकमा जु'वातास खेलिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले ११ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद ८० हजार ४६५ रुपैयाँ र चार बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै, काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा डेरा गरी बस्ने सिन्धुपाल्चोकका दिनेश लामाको कोठामा जु'वातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं तथा अन्य प्रहरी इकाइबाट…
Read More
चितवनमा धानखेती हुने क्षेत्रफल बढ्यो

चितवनमा धानखेती हुने क्षेत्रफल बढ्यो

चितवन, असार १५- चितवन जिल्लामा धान ‘जोन’को क्षेफल बढेको छ । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्यन एकाइ चितवनका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवमा धानखेती गर्ने क्षेत्रफल बढेको हो । एकाइ प्रमुख महेश रेग्मीका अनुसार गत आवको तुलनामा यस आवमा जोन क्षेत्रमा धानखेती गर्ने क्षेत्रफल ४५० हेक्टर बढेर आठ हजार ९०० हेक्टर क्षेत्रफल पुगेको छ । जिल्लाका चार पालिकामा धान जोन कार्यक्रम लागू गरिएको छ । जिल्लामा धानखेती हुने २७ हजार ३२५ हेक्टर क्षेत्रफलमध्ये सो क्षेत्र धान जोनले लिएको हो । गत वर्ष सो क्षत्रेफलमा लगाइने धानखेतीबाट एक लाख १३ हजार ८३७ मेट्रिक टन धान उत्पादन भएको थियो…
Read More
सभामुख भन्छन्- संसद्‍का क्रियाकलाप सबैले हेरिराखेका हुन्छन्, हामी जिम्मेवार बन्नु पर्छ

सभामुख भन्छन्- संसद्‍का क्रियाकलाप सबैले हेरिराखेका हुन्छन्, हामी जिम्मेवार बन्नु पर्छ

काठमाडौँ, असार १५ – सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेकाले सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन्। आइतबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए। ‘अहिले प्रतिनिधिसभामा धेरै नयाँ अनुहार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो’, सभामुख अर्यालले भने, ‘संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु ।’ जनताबाट निर्वाचित भएपछि सांसदको…
Read More