जेन-जीलाई मन्त्री पुनले भनेः तिमीहरुका सबै माग पूरा गर्न सक्दिन,आगामी निर्वाचनपछि आफ्नै सरकार बनाउ, आफैँ पूरा गर

जेन-जीलाई मन्त्री पुनले भनेः तिमीहरुका सबै माग पूरा गर्न सक्दिन,आगामी निर्वाचनपछि आफ्नै सरकार बनाउ, आफैँ पूरा गर

जेन-जीलाई मन्त्री पुनले भनेः तिमीहरुका सबै माग पूरा गर्न सक्दिन,आगामी निर्वाचनपछि आफ्नै सरकार बनाउ, आफैँ पूरा गर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेन–जी युवाहरुलाई आग्रह गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित मन्त्रालयमा जेन–जी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले कतिपय मागहरु पूरा गर्न नसक्ने किसिमा रहेको भन्दै अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरु पूरा गर्न आग्रह गर्नुभयो । आफैँ निर्वाचनमा भाग लिएर जितेर आइ मागहरु पूरा गर्न आग्रह गर्नुभयो । मन्त्रालय आउँदै मन्त्रीलाई ज्ञापन पत्र बुझाएर माग पूरा नहुने भन्दै आफैँ गाउँ फर्किएर निर्वाचनमा भाग लिए निर्वाचन जितेर आएर आफ्नै सरकार बनाइ माग पूरा गर्न आग्रह गर्नुभयो । केही मागहरु पनि विचार…
Read More
हर्क भन्छन्ः सुमना जी, ढिला नगर्नु होला

हर्क भन्छन्ः सुमना जी, ढिला नगर्नु होला

धरान उपमहानगरपालिकका मेयर हर्क साम्पाङले रास्वपा छाडेकी पूर्व मन्त्री सुमाना श्रेष्ठलाई चार्डै आफ्नो श्रम संस्कृति पार्टीमा आउन आग्रह गरेका छन्। ‘सुमना जी, श्रम संस्कृतिमा स्वागत गर्ने मन छ !’, साम्पाङले सामाजिक सन्जालमा लेखेका छन्, ‘ढिला नगर्नु होला ! समयले पर्खंदैन साथीले पर्खे पनि ?!’  
Read More
चिकित्सकको सुझाव छ ‘एन्टिबायोटिकको जथाभावी प्रयोग गर्नुहुन्न’

चिकित्सकको सुझाव छ ‘एन्टिबायोटिकको जथाभावी प्रयोग गर्नुहुन्न’

कोशी अस्पताल विराटनगरमा उपचार गर्न आएको जनपथ टोलकी विनिता गौतमले आफ्नो हेलचक्र्याँइको कारण घाँटीको सङ्क्रमणबाट ग्रसित होलिन भन्ने सोचेकै थिइनन् । अस्पतालको नाक कान घाँटीको ओपिडीमा भेटिएकी गौतमले बोल्न अप्ठ्यारो महसुस गर्दै भन्नुभयो,“सुरुमा सामान्य रूपमा घाँटी दुखेकाले औषधि पसलबाट पेनकिलर किनेर खाया, केही समय त ठीक भयो, फेरि समस्या उस्तै, अत्तिनै दुखाइ भएर आएको त घाँटीको सङ्क्रमण भएर पीप जमिसकेको रहेछ ।” त्यस्तैगरी सोही अस्पतालको ओपिडीमै भेटिएका २१ वर्षीय युमेस गिरी औषधि पसलेले चिसोको कारणले दुखेको भनि दुखाइ कम गर्ने औषधि दिएपछि फेरि समस्या उस्तै भएकाले अस्पताल आएको बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ,“बिहान उठ्दा धाँटी दुखेको महसुस भएकाले नजिकै मेडिकल पसलेको…
Read More
क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय

क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय

नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ । फ्रेन्चाइज प्रतियोगिताका रुपमा व्यावसायिक प्रतिष्ठानहरुका साथै निजी क्षेत्रबाट करोडौं लगानी गरिएको एनपिएल क्रिकेटको पहिलो संस्करणको सफलतापछि हिमालय महोत्सवका रुपमा दोस्रो प्रतियोगिताको सुरुआत आज सोमबारदेखि हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने २४ दिनको उक्त प्रतियोगिताको उद्घाटन खेलको सबै टिकट तत्कालै बिक्री हुनु एनपिएल क्रिकेटप्रति अत्यधिक दर्शकको अपार मोहका साथै प्रतियोगिताको अपार प्रतिक्षाको सङ्केत मान्न सकिन्छ । यस प्रतियोगितामा गत वर्षको विजेता जनकपुर बोल्डसका साथै उपबिजेता बनेको सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स,…
Read More
चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण: शतबीज छर्न आउनेलाई समस्या

चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण: शतबीज छर्न आउनेलाई समस्या

पवित्र तीर्थस्थल देवघाटधाममा बालाचतुर्दशीको तयारी अन्तिम चरणमा पुगेको छ । नवलपुर, तनहुँ र चितवनमा पर्ने कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हजारौँ भक्तजन शतबीज छर्न आउने गरेका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटमा यही मङ्सिर २ गतेदेखि नै भक्तजनहरु आउने भएकाले सोहीअनुसारको तयारी गरिएको बताए। बालाचतुर्दशीको अवसरमा अघिल्लो दिन ९मङ्सिर २ गते०आएर रातभर बत्ती बाल्ने तथा भोलिपल्ट बिहानै स्नान गरी सतबिज छर्न प्रचलन रहेको उनको भनाइ छ । “देवघाटतर्फ चार स्थानमा हाइमास्ट बत्ती राखेका छौँ, तनहुँतर्फ सडक बत्ती बाल्नेगरी पोल ठड्याएका छौँ” उनले भने, “देवघाटको बेनी सङ्गममासमेत उज्यालो हुने गरी बालाचतुर्दशीका लागि पाँच बत्ती…
Read More
आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ। एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ। पहिलो दिनको खेलको टिकट तीन दिन अगाडि नै बिक्री भइसकेको छ। क्यानका सचिव पारस खड्काले थप दर्शकलाई घरमै बसेर हेर्न अनुरोध गरेका छन्। एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ। एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल…
Read More
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने

एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने

नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ। मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन चल्नेछ। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन र बन्द सत्र हुनेछ।
Read More
आज प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गरिने

आज प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गरिने

आज त्रिवि क्रिकेट मैदानको प्यारापिट र फलडलाइट हस्तान्तरण गर्दैछ । शहरी विकास मन्त्रालयले अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा प्रथम चरणमा निर्मित प्यारापिट र फलडलाइट नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गर्न लागेको हो । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार आइतबार साँझ ५ः३० बजे कीर्तिपुर रंगशालामा उक्त कार्यक्रम हुनेछ ।
Read More
सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घट्यो

आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  
Read More
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३–००५प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल आज बिहान खस्दा मोटसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो । मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
Read More