पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, को १०५ वर्षको उमेरमा निधन भएको छ । उहाँको निधन शनिबार बिहान आफ्नै घरमा परिवारको उपस्थितिमा भएको उहाँकी छोरी किम्बर्ली हेनरिकसले जानकारी दिनुभयो । उहाँको निधनसँगै पर्ल हार्बरको आकस्मिक आक्रमणबाट बाँचेकाहरूको सङ्ख्या करिब एक दर्जनमा सीमित भएको छ । उक्त आक्रमणमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको ज्यान गएको थियो र यसले संयुक्त राज्य अमेरिकालाई दोस्रो विश्वयुद्धमा प्रवेश गराएको थियो । आक्रमणका बेला स्काब केवल २१ वर्षका जवान नाविक हुनुहुन्थ्यो । लामो समयसम्म उहाँले त्यो भयावह अनुभवबारे धेरै बोल्नुभएन…
Read More
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल

विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल

रोजगारीका क्रममा विदेशका धेरै सङ्घर्षपूर्ण भोगाइ र अनुभव सँगालेका बाग्लुङको ढोरपाटन नगरपालिका बुर्तिबाङका कृष्ण खनालको सङ्घर्ष र सफलताका कथा यतिखेर अरुका लागि पनि अनुकरणीय बनेको छ । खनाल आफ्नो निरन्तरको सङ्घर्षले अहिले आफू स्वरोजगार हुनुहुन्छ र अन्य धेरै जनालाई प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी दिँदै आउनुभएको छ । श्रीमती विष्णुसहित छोराछोरीको साथ र सहयोगसँगै आफ्नो निरन्तरको सङ्र्घषकै कारण उहाँले बुर्तिबाङमा वर्तमानमा एकसाथ टाइगर होटेल रेष्टुरेन्ट एण्ड लज, ढोरपाटन क्याटरिङ तथा टेन्ट हाउस, कृष्ण डेरी उद्योग, मिष्ठान्न भण्डार एण्ड बेकरी उद्योग सञ्चालन गरिहनुभएको छ । यी सबै व्यवसायमा प्रत्यक्ष रुपमा २० जनाले र व्यवसायलाई आवश्यक पर्ने दूध, मासु आदिका कारण अप्रत्यक्ष रुपमा…
Read More
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो । स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । रासस
Read More
पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिका संयुक्त रूपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धनमा जुटेका हुन् । सो पदमार्गमा जोडिने पाँचवटा पालिकाले पर्यटन पदमार्गको दिगो विकास योजना बनाउन, पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चीरपरिचित गराउन, पर्यटन पूर्वाधार निर्माण गर्न अघि बढ्ने प्रतिबद्धता गरेका छन् । ती पालिकालाई नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)अन्तर्गतको दिगो पर्यटन परियोजना (एसटिपी) तथा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले एकजुट गराएको छ । गत…
Read More
चैत १५ पछि आज घण्टीघरमा भित्रिँदै रास्वपा सभापति रवि

चैत १५ पछि आज घण्टीघरमा भित्रिँदै रास्वपा सभापति रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार)पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्दै छन्। सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासको आदेशअनुसार रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड धरौटी बुझाएर शुक्रबार नक्खु कारागारबाट रिहा भएका सभापति लामिछाने साढे ८ महिनापछि आज पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्दै छन्। रास्वपा प्रवक्ता मीनष झाले भने, ‘आज दिउँसो ३ बजे सभापति रवि लामिछानेज्यूलाई पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टीघरमा स्वागत गर्ने कार्यक्रम छ।’ उनका अनुसार सभापति लामिछाने साढे ८ महिनापछि आज पार्टी कार्यालय प्रवेश गर्दै छन्। ‘यसअघि उहाँ अन्तिमपटक गत चैत १५ गते पार्टी कार्यालयमा उपस्थित हुनुभएको थियो’, प्रवक्ता झाले भने।
Read More
चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् । गैरआवासीय नागरिकता लिन नेपाल आएका समयमा नेपाली नागरिकता परित्याग गर्ने गरेको उहाँले बताउनुभयो । जिल्लामा साउनयता २० महिला र २९ पुरुषले गैरआवासीय नागरिकता लिएका छन् । यो नागरिकताका लागि कार्यालयले जारी गरेको अनुसूची फर्म भरेर पासपोटको फोटोकपी, विदेशी नागरिकताको फोटोकपी, नागरिकता त्यागेको निस्सा र नातेदार वा चिनजानको व्यक्तिले सनाखत गर्नुपर्ने उहाँले बताउनुभयो । विदेशमा बसेका नोपालीहरूले…
Read More
आज भारत जाँदै डा.बाबुराम भट्टराई

आज भारत जाँदै डा.बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज (आइतबार) भारत भ्रमणमा जाँदै छन् । उनको सचिवालयका अनुसार भारतमा रहँदा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा विचार विमर्श गर्नेछन् । त्यस्तै भट्टराईले आईआईटी बम्बईमा आयोजित कार्यक्रममा कि-नोट स्पिच दिनेछन् । त्यस्तै दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित कार्यक्रममा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन् । भट्टराईका स्वकीय सचिव रेखी गुरुङका अनुसार उनी पुस ९ गते भारत भ्रमण पूरा गरी स्वदेश फर्कने कार्यक्रम छ ।
Read More
भ्रष्टाचारीको महललाई खरानी बनाउन मलाई मान्छे मात्रै बन्न दिए पुग्छ-रवि लामिछाने

भ्रष्टाचारीको महललाई खरानी बनाउन मलाई मान्छे मात्रै बन्न दिए पुग्छ-रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मान्छे मात्रै बन्न पाए पुग्ने बताएका छन्। धरौटीमा रिहा भएर चितवन आइपुगेका लामिछानेले भरतपुरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफूलाई सांसद, मन्त्री नचाहिएको बताए। ‘म मान्छे मात्रै भएछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छ। सांसद, मन्त्री बन्न त रोकौला मान्छे बन्न त दिन्छौ होला निरु,’ लामिछानेले भने, ‘मलाई अनागरिक बनायौ, जबरजस्ती झूटा मुद्दा लगाएर संसदबाट निकाल्यौं। तर जनताको मनबाट बाहिर निकाल्न सक्यौरु सक्छौ भने जनताको मनबाट बाहिर निकाल। म तयार छु।’ उनले आफूमाथि झूटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टर चढी भागेको बताए। अहिलेको सरकारले जेन–जी आन्दोलनको एजेण्डलाई बोकेर गए जनताको समर्थन मिल्ने…
Read More
जेलबाट छुटेपछि चितवनमा रविको सम्बोधनः जेनजीको साथ लिएर देश बनाउन अब हामी लाग्छौँ

जेलबाट छुटेपछि चितवनमा रविको सम्बोधनः जेनजीको साथ लिएर देश बनाउन अब हामी लाग्छौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देश बनाउने जिम्मा आफ्नो पार्टीको भएको दाबी गरेका छन्। शनिबार (आज) चितवनको चौविसकोठीमा विशेष सम्बोधन गर्दै सभापति लामिछानेले जेनजीको साथ लिएर अब आफूहरू देश बनाउन लाग्ने उद्घोष गरेका हुन्। उनले रास्वपा २०८४ को चुनाव कुरिरहेको बेला जेनजीले बीचमै सरकारमाथि हस्तक्षेप गरेर सत्ता पल्टाइदिएको भन्दै खुसी व्यक्त गरे। आफूहरू चुनाव कुरेर बसिरहेको बेला जेनजीले सरकारलाई तागत देखाइदिएको बताए। देशको संरचना जलेको देखेर आफूलाई दुःख लागेको बताउँदै उनले थपे, ‘सिंहदरबार पनि बनाउँला, न्यायालय पनि बनाउँला तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ ? हामी बनाउँछौँ। जेनजीको साथ लिएर अब देश बनाउन हामी लाग्छौँ।…
Read More
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना मात्र बस्न मिल्ने, हेर्दा सानो र आकाशमा उड्दा रङ्गीचङ्गी पुतली जस्तै देखिने भएकाले यसलाई स्थानीयहरु पुतली जहाज पनि भन्छन् । कुनै समय पर्यटकीय नगरी पोखरामा साहसिक पर्यटकलाई अल्ट्रालाइट अर्थात ‘पुतली जहाज’ ले लोभ्याइरहेको थियो । खुला आकाशमा हावाको वेगसँगै कावा खाँदै ३६० डिग्रीमा प्रकृतिको मनोरम दृश्यवलोकन गर्न पाइने यो साहसिक…
Read More