नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने घाटको पुल निर्माणको लागि नयाँ ठेक्का लगाइने

नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने घाटको पुल निर्माणको लागि नयाँ ठेक्का लगाइने

नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने घाटको पुल निर्माणको लागि नयाँ ठेक्का लगाइने

चितवन, भदौ ३१ – नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने घाटमा निर्माणाधीन पुलको नयाँ ठेक्का लगाइने भएको छ । विसं २०७० मा ठेक्का लागेर निर्माणको चरणमा अलपत्र रहेको सो पुलको नयाँ ठेक्काका लागि अध्ययन सुरु गरिएको हो । सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी ई राजेन्द्र कार्कीले पुल निर्माणका लागि चालु आर्थिक वर्षमा बोलपत्र आव्हान गर्न रु एक करोड ५० लाख विनियोजन गरिएको बताउनुभयो । यस अघि निर्माण व्यवसायीले बनाएको संरचनाको अवस्था अध्ययन गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले पुलमा निर्माण गरिएको दुई तर्फको बेस पिल्लरको स्टकचर हेल्थको अध्ययन सुरु गरिएको छ ।” उहाँका अनुसार कार्यालयले ठेकेदार कम्पनी मृत संञ्जीवनी निर्माण…
Read More
कृष्णभिरमा अहिलेसम्म ९० प्रतिशत काम सकियोः सडक डिभिजन भरतपुर

कृष्णभिरमा अहिलेसम्म ९० प्रतिशत काम सकियोः सडक डिभिजन भरतपुर

चितवन,भदौं ३१- सडक डिभिजन कार्यालय भरतपुर, चितवनले पृथ्वी राजमार्गमा पर्ने कृष्णभिरमा जारी ट्र्याक निर्माण कार्य आज (बुधबार) साँझसम्म पूरा हुने जनाएको छ। दुई सातादेखि अवरुद्ध पृथ्वी राजमार्गमा भोलि (असोज १ गते) देखि सवारी साधन पूर्णरूपमा सञ्चालन गर्ने उद्देश्यसहित अहिले निरन्तर काम भइरहेको जानकारी कार्यालयले दिएको हो। ‘कृष्णभिर सडकखण्डमा करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ,’ कार्यालयले बुधबार बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘कृष्णभिरको २७० मिटर नव-निर्मित सडक खण्डमा कटिङ, ग्राभेलिङ तथा सब-सर्फेस ड्रेनेज निर्माण सम्पन्न भएको छ। बाँकी सब-बेसको काम आज बेलुकासम्म पूरा गर्ने गरी कार्य अघि बढाइएको छ।’ फ्लड लाइटको व्यवस्था मिलाएर रातको समयमा पनि निरन्तर काम…
Read More
खरिद मूल्य उल्लेख्य बढेर आए पनि पेट्रोल–डिजेलको मूल्य नबढाउने निगमको निर्णय

खरिद मूल्य उल्लेख्य बढेर आए पनि पेट्रोल–डिजेलको मूल्य नबढाउने निगमको निर्णय

काठमाडौं, भदौ ३१ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ खरिद मूल्य उल्लेख्य रूपमा बढेर आए पनि निगमले तत्काल उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको हो । निगमले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेल प्रतिलिटर ४ रुपैयाँ ६८ पैसाले बढेको छ । यद्यपि, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न कठिन परिस्थितिलाई ध्यानमा राख्दै सञ्चालक समितिले भदौ ३१ गतेदेखि लागू हुने गरी हाल कायम रहेको खुद्रा बिक्री मूल्य नै कायम राख्ने निर्णय गरेको निगमले जनाएको…
Read More
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं , भदौ ३१- बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेको छ । महासंघले यस दिनका लागि सुनको मूल्य तोलाको ३ लाख १ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ कायम भएको छ ।
Read More
चितवनको शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

चितवनको शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

चितवन, भदौ ३१ – भरतपुर महानगरपालिका–१९ स्थित शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिने भएको छ । यसका लागि भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबीच सहकार्यसमेत भएको छ । पश्चिम चितवनका बासिन्दालाई साना–साना स्वास्थ्य समस्या र स्वास्थ्य बिमाको उपचारका लागि भरतपुर अस्पताल नै धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले यो कदम चालिएको महानगरका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले वताउनुभयो । उहाँका अनुसार शारदानगर स्वास्थ्यचौकीको स्वामित्वमा रहेको कुल दुई बिघा सात कट्ठा जग्गामध्ये १४ कट्ठा जग्गा स्वास्थ्यचौकी र वडा कार्यालयका लागि सुरक्षित राखिनेछ । बाँकी जग्गा प्रचलित ऐन तथा कानुनी मापदण्ड पूरा गरी आवश्यक नापी प्रक्रिया अगाडि बढाएर भोगचलनका लागि अस्पताललाई दिइने सम्झौतापत्रमा उल्लेख…
Read More
आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

काठमाडौँ, भदौ ३१ – सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्थाका लागि प्रस्ताव गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकमा उक्त व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभएको हो । सामाजिक सञ्जालमार्फत आज उहाँले उक्त विधेयक अब मन्त्रिपरिषद् लैजाने र त्यसपछि संसद्मा पेस गरिने उल्लेख गर्नुभएको छ । मन्त्री गौतमले बदलिँदो जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका अवस्थामा नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्नु…
Read More
नेपाल नाई ट्रेड युनियन चितवनको अध्यक्षमा रिजन ठाकुर निर्वाचित

नेपाल नाई ट्रेड युनियन चितवनको अध्यक्षमा रिजन ठाकुर निर्वाचित

चितवन, भदौ ३०- नेपाल नाई ट्रेड युनियन चितवनको अध्यक्षमा रिजन ठाकुर निर्वाचित भएका छन् । मंगलबार भरतपुरमा भएको जिल्ला अधिवेशनले रिजनको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै उपाध्यक्षमा सन्तोष ठाकुर, सचिवमा मनोज ठाकुर, कोषाध्यक्षमा राम विलास ठाकुर र सहसचिवमा धर्मजित पासवान चयन हुनुभएको छ । यसैगरी सदस्यमा शिचन ठाकुर, बिजुली ठाकुर, असोक ठाकुर, अजय ठाकुर, सतेयम ठाकुर र रामअयोध्य ठाकुर चयन भएको जिल्ला सचिव मनोज ठाकुरले जानाकारी दिए । यस्तै सल्लाहाकारमा सुरेश ठाकुर, मनोज ठाकुर, जितेन्द्र ठाकुर र मुना ठाकुर चयन भएको बताइएको छ । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल नाई ट्रेड युनियनका केन्द्रीय अध्यक्ष गजेन्द्र…
Read More
१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

चितवन, भदौ ३०– नेपाली कांग्रेस चितवनले १५औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनको तयारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन जिल्लाका ९८ वटै वडा कार्यसमितिलाई आवश्यक तयारीमा जुट्न आग्रह गरेको छ। जिल्ला सभापति राजेश्वर खनालद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय, परिपत्र तथा केन्द्रीय निर्वाचन समितिको निर्देशनअनुसार आगामी असोज ३ र ४ गते वडा कार्यसमितिको अधिवेशन सम्पन्न हुने जानकारी दिइएको छ। जिल्ला कार्यसमितिले वडा अधिवेशन सफल बनाउन प्रत्येक वडा कार्यसमितिका सभापति, पदाधिकारी, सदस्य तथा पार्टीका नेता–कार्यकर्तालाई तत्काल बैठक आयोजना गरी आवश्यक तयारी, समन्वय र संगठनात्मक विषयमा छलफल गर्न आग्रह गरेको छ। विज्ञप्तिमा वडा अधिवेशनलाई नेपाली कांग्रेसको संगठनात्मक जीवनको महत्वपूर्ण आधार तथा लोकतान्त्रिक…
Read More
भरतपुर कार आगलागी घटनाबारे बोल्यो सीजी, भन्छ–अनुसन्धानमा पूर्ण सहयोग गर्नेछौँ

भरतपुर कार आगलागी घटनाबारे बोल्यो सीजी, भन्छ–अनुसन्धानमा पूर्ण सहयोग गर्नेछौँ

भरतपुर, भदाै ३०- भरतपुरमा ‘आयोन वाइ’ विद्युतीय कारमा भएको आगलागीको घटना र यससम्बन्धी विभिन्न माध्यममा आएका प्रतिक्रियाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको सीजी मोटर्स प्रालिले जनाएको छ। कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा निधन भएका अमर पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। घटनाबारे नेपाल प्रहरी र सरकारका सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको तथा गाडीको निर्माता कम्पनीले पनि परीक्षण गरी अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। विश्वव्यापी प्रोटोकल अनुसार हुने निष्पक्ष, प्राविधिक तथा वैज्ञानिक अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि सीजी मोटर्सले जनाएको छ। तर, आधिकारिक निकायबाट अनुसन्धानको निष्कर्ष नआउँदै केही सामाजिक सञ्जाल…
Read More
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, भदौ ३० – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु नौ सय र चाँदी रु २० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार छ सय २० कायम भएको थियो ।
Read More