रास्वपाको पहिलो जिल्ला अधिवेशन आज चितवनमा, नयाँ नेतृत्व चयन हुँदै

रास्वपाको पहिलो जिल्ला अधिवेशन आज चितवनमा, नयाँ नेतृत्व चयन हुँदै

रास्वपाको पहिलो जिल्ला अधिवेशन आज चितवनमा, नयाँ नेतृत्व चयन हुँदै

चितवन, जेठ २४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशभरका २८ जिल्लामा पहिलो जिल्ला अधिवेशन आयोजना गर्दैछ। पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संगठनमा रूपान्तरण गर्ने अभियानअन्तर्गत अधिवेशन हुन लागेको हो। रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कोशी प्रदेशका चार, मधेश प्रदेशका चार, बागमती प्रदेशका दुई, गण्डकी प्रदेशका चार, लुम्बिनी प्रदेशका तीन, कर्णाली प्रदेशका छ तथा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एकैसाथ अधिवेशन हुँदैछ। आज उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम पश्चिम, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा…
Read More
सिकाइ प्रक्रियामा पूर्वीय दर्शन र सभ्यतालाई प्राथमिकता दिन शिक्षाविद् प्राध्यापक डा. कोइरालाको सुझाव

सिकाइ प्रक्रियामा पूर्वीय दर्शन र सभ्यतालाई प्राथमिकता दिन शिक्षाविद् प्राध्यापक डा. कोइरालाको सुझाव

चितवन, जेठ २४- सप्तगण्डकी बहुमुखी क्याम्पसमा शुक्रबारबाट सुरु भएको प्राज्ञिक अनुसन्धानसम्बन्धी तीन दिने राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज मन्तव्य राख्दै पूर्वीय दर्शनलाई शिक्षा क्षेत्रले बिर्सन नहुने सुझाव दिनु भएको हो । सम्मेलनमा डा। कोइरालाले भन्नुभयो, ‘ अहिले हामी पश्चिमा शिक्षाको बाटोमा अन्धाधुन्ध लाग्दा समाजबाट मानवीय मूल्य, मान्यता र असल आचरण हराउँदै गएको छ । नदीमा लगेर ढल मिसाएर प्रदूषण गर्नु हुँदैन भन्ने कुरा गरिरहेका छौं । विकसित देशले समुन्द्रमा रकेट खसालेर समुन्द्रले पर्याप्त अक्सिजन दिन नसकेको कुरा गरिरहेका छन् । अहिले प्रविधिको पछाडि अन्धाधुन्ध लाग्दा पृथ्वी नै ध्वस्त हुने खतरा बढेको छ । विकसित देशले पृथ्वीमाथि गरेको कार्बन उत्सर्जन र…
Read More
जुगेडीमा ट्रकको ठक्करबाट घाइते भएका पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

जुगेडीमा ट्रकको ठक्करबाट घाइते भएका पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

चितवन, जेठ २४- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी बजारमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, गत जेठ १९ गते राति अन्दाजी १०:१० बजे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ५९५१ नम्बरको ट्रकले ती पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ६७ वर्षीय पुरुषको चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोमा उपचारकै क्रममा जेठ २३ गते मृत्यु भएको हो। मृतकले आफ्नो नाम रामप्रसाद अधिकारी बताए पनि उनको स्थायी ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको…
Read More
निकुञ्ज सडक निर्माणका लागि संघीय बजेटमा ९ करोड सुनिश्चित

निकुञ्ज सडक निर्माणका लागि संघीय बजेटमा ९ करोड सुनिश्चित

चितवन, जेठ २२- बहुप्रतीक्षित भरतपुर–माडी जोड्ने निकुञ्ज सडक निर्माणका लागि संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयले ९ करोड रुपैयाँ बजेट विनियोजन गर्ने निश्चित भएको छ। चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा संघीय कानुनमन्त्री सोविता गौतमको सचिवालयका अनुसार मन्त्रालयले तयार गरिरहेको आगामी आर्थिक वर्षको रातो किताबमा उक्त सडकका लागि ९ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको हो। हाल सडकको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रक्रिया अन्तिम चरणमा रहेकाले पहिले सो प्रक्रिया पूरा गरिने र त्यसपछि सुनिश्चित बजेटबाट कालोपत्रे सडक निर्माणको काम अघि बढाइने जनाइएको छ। सचिवालयका अनुसार मन्त्री गौतमले निकुञ्जभित्र सडक निर्माणसहित माडी तथा चितवन क्षेत्र नं. ३ का विभिन्न पूर्वाधार योजनालाई…
Read More
१५औँ स्थापना दिवसमा अटोमोवाइल्स सहकारीको सामाजिक उदाहरण, चेपाङ बालबालिकाका लागि खाद्यान्न सहयोग

१५औँ स्थापना दिवसमा अटोमोवाइल्स सहकारीको सामाजिक उदाहरण, चेपाङ बालबालिकाका लागि खाद्यान्न सहयोग

चितवन, जेठ २२- अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै रत्ननगर–११, मंगलपुरस्थित गामवेसीको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न तथा आवश्यक सामग्री सहयोग हस्तान्तरण गरेको छ। संस्थाका अध्यक्ष कृष्णप्रसाद काफ्ले र चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष मोहन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष भिमलाल न्यूरे प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष काफ्लेले स्थापना दिवस केवल उत्सवको अवसर नभई समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने महत्वपूर्ण क्षण भएको बताए। उनले संस्थाका शेयर सदस्यहरूले स्वस्फूर्त रूपमा नगद तथा जिन्सी सामग्री उपलब्ध गराएर सहयोग अभियानलाई सफल बनाएकोमा धन्यवाद व्यक्त गरे। चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष मोहन केसीले गामवेसीको चेपाङ…
Read More
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

काठमाडौँ, जेठ २२- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्‍याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’ गर्दा १५ मिनेटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो । विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रुको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’को समय बढाइएको जानकारी दिनुभयो । यसअघि सात मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा उक्त समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढाइएको उहाँले बताउनुभयो । “परीक्षणका लागि हामीले एक महिना १५ मिनेट ‘पिक एण्ड ड्रप’ गरेको पार्किङ शुल्क नलिने व्यवस्था गरेका…
Read More
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न

चितवन, जेठ २२- चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न भएको छ । जेठ १ गतेदेखि सुरु गरिएको सर्वेक्षण हालै सम्पन्न भएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार बाघ गणनाको कार्य सम्पन्न भएपछि आहार प्रजातिको सर्वेक्षण गरिएको हो । यसका लागि नौ वटा समूह गठन गरी २० दिनसम्म दुई वटा हात्ती प्रयोग गरिएको थियो । प्रत्येक हात्तीमा तीन जनाका दरले प्राविधिक जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना गरिएका क्षेत्रमा करिब ४०० वटा ट्रान्जेक्ट (मार्ग) बनाएर आहार प्रजातिको सर्वेक्षण गरिएको थियो । निकुञ्जको चुरे क्षेत्र…
Read More
चितवनमा बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते

चितवनमा बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते

चितवन,जेठ २२- चितवनको माडी नगरपालिका–९ रातोमाटे डाँडा क्षेत्रमा माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल बाघसँग ठोक्किँदा चालक घाइते भएका छन्। घाइते हुनेमा जिल्ला पर्सा ठोरी गाउँपालिका–१ निवासी अन्दाजी ४० वर्षीय अजित कुँवर रहेका छन्। दुर्घटनामा उनको बायाँ पाखुरा र टाउकोमा चोट लागेको छ। घाइतेलाई स्वास्थ्य चौकी चोकबजार, ठोरीमा सामान्य उपचार गरे पश्चात् थप उपचारका लागि वीरगन्ज पठाइएको छ।
Read More
टिकौलीमा कृष्णसार स्थानान्तरणका लागि करिब १३० रुख व्यवस्थापन आवश्यक, तयारी तीव्र

टिकौलीमा कृष्णसार स्थानान्तरणका लागि करिब १३० रुख व्यवस्थापन आवश्यक, तयारी तीव्र

चितवन,जेठ २२- रत्ननगरको टिकौली क्षेत्रमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। तर, संरक्षण केन्द्र वरपर रहेका करिब १३० रुख व्यवस्थापन गर्नुपर्ने देखिएपछि काम केही ढिलाइ हुने भएको छ। डिभिजन वन कार्यालय चितवनका अनुसार इन्क्लोजर क्षेत्र वरिपरि रहेका रुखहरू हटाउनुपर्ने निष्कर्ष स्थलगत अध्ययनपछि निकालिएको हो। डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार बाघ, चितुवा लगायत वन्यजन्तु रुख चढेर कृष्णसारमाथि आक्रमण गर्ने जोखिम भएकाले सुरक्षा दृष्टिले रुख व्यवस्थापन अनिवार्य बनेको हो।उनका अनुसार करिब १०६ रुख बाहिरी क्षेत्रमा र २३ रुख भित्री भागमा पर्ने देखिएको छ। “भित्र नुगेका र बाहिर ढल्केका रुख हटाउनै पर्ने अवस्था छ,” उनले बताए। कानुनी प्रक्रिया अघि बढाइँदै…
Read More
लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

काठमाडौँ, जेठ २२- भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । उक्त मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना ९निजामती० मा अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउन आह्वान गरेको हो । नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको तथा अन्य विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग…
Read More