पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा ३५ जना महिला सहित ११५ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष नवराज तिमिल्सिनाले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै बार्षिकोत्सवको अबसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरको सह आयोजनामा भएको रक्तदान कार्यक्रम वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे उद्घाटन गरेका थिए । सो अबसरम उनले विरामीलाई रगत उपलब्धताको विषयमा गुनासोहरु आउने गरेको भन्दै यसमा रक्तसञ्चार केन्द्र सचेत हुनुपर्ने…