नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु,कसरी गर्दैछ निर्माण कम्पनीले काम ?
नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको चितवनको भरतपुर र नवलपुरको गैडाकोट जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु भएको हो । निर्माणको ठेक्का पाएको तुँदी निर्माण कम्पनीले दुई सातादेखि फिल्डको काम सुरु गरेको जनाएको छ । ‘अहिले नारायणी नदीमा पुल निर्माण गर्न नारायणगढ तर्फ पाइलिङको तयारी भइरहेको छ,’ प्रोजेक्ट म्यानेजर इन्जिनियर मञ्जिल मिश्रले भने ‘बर्खा अगाडि नै डेकुरेशनको काम सक्ने योजनाका साथ काम अगाडि बढाएका छौँ ।’ एक अर्ब ६८ करोडमा ठेक्का पाएको निर्माण कम्पनीले ३६ महिनाभित्र सक्नेगरी काम अगाडि बढाएको छ । प्राकृतिक प्रकोप नआए बर्खा अगाडि नै नारायणी नदीको दुई वटा…