कचनकबलको सिमखेतमा पहिलोपटक ‘सेतो सुन’को व्यावसायिक खेती

कचनकबलको सिमखेतमा पहिलोपटक ‘सेतो सुन’को व्यावसायिक खेती

झापा, वैशाख २८ मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिबेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला र काँडेदार हरिया पातहरू तैरिइरहेका छन् । यो दृश्य हो–कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको ‘मखना’अर्थात् ‘सेतो सुन’ खेतीको । कचनकबल गाउँपालिका–४ का ६३ वर्षीय जेलेल मियाको जीवनका धेरै वसन्तहरू यही सिमखेतमा धान रोप्दै र काट्दै बिते । तर, यसपालि उहाँले आफ्नो सात बिघा जग्गामा चैते धानखेती गर्नुभएन । वर्षको प्रतिबिघा ३० मन धान पाउने शर्तमा उहाँले आफ्नो जग्गा भाडामा दिनुभयो । “वर्षौंदेखि धान र मकैको खेती गर्दै आएको थिएँ”, उहाँ भन्नुहुन्छ, “यसपालि मखनाखेती गर्छु…
Read More
टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी

टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी

काठमाडौँ, वैशाख २८ – टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो । “आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ”, उहाँले भन्नुभयो, “अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ ।” उहाँका अनुसार विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ थिए । सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको थियो । अहिले प्राविधिक जाँच भइरहेको सिलवालले जानकारी दिनुभयो ।
Read More
राष्ट्रपतिले गर्ने दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

राष्ट्रपतिले गर्ने दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, वैशाख २८ – सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो । आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले नेपालकोसंविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ ।
Read More
गुरूकुलमा अनुशासनसँगै सिकाइन्छ व्यावहारिक ज्ञान

गुरूकुलमा अनुशासनसँगै सिकाइन्छ व्यावहारिक ज्ञान

गुञ्जनगर । गुरूकुलमा अध्ययनरत विद्यार्थीले संस्कृतप्रतिको मोह मात्र होइन, जीवन र जगत्सँग परिचित हुने अभ्यासको विकास भएको बताएका छन् । भरतपुर महानगरपालिका–१८, गुञ्जनगरस्थित श्री परमानन्द स्मृति वैदिक विद्याभवन गुरूकुलमा आइतबार सम्पन्न कक्षा १२ का विद्यार्थीहरुको बिदाइ कार्यक्रममा बोल्दै विद्यार्थीहरुले गुरूकुलमा अनुशासनसँगै व्यावहारिक ज्ञान सिकाइने बताए । गुरूकुलमा धर्म, संस्कार पढाइने भएकाले पनि विद्यार्थीलाई असल काम गर्न प्रोत्साहित गरिन्छ र ध्यानले स्मरणशक्ति मात्र नभई दिमाग तेज हुनुका साथै गुरूकुलले अनुशासित हुन मद्दत गरेको विद्यार्थीहरुको अनुभव छ । कक्षा १२ मा अध्ययन गरेका शैलेश भूषालले आफूमा नियमको पालनासँगै अनुशासनको विकास भएको बताए । ‘यहाँ बिहान ४ बजे उठी नित्यकर्म गर्ने, १५ मिनेट…
Read More
कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

पाटन, २७ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विधि र कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आज उहाँले सामाजिक प्रतिष्ठालाई सफलताको मानक बनाउनेभन्दा कानुन बनाउने जिम्मेवारी लाग्न निर्देशनसमेत दिए । सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने प्रष्ट पारे। “सरकारले सोचेर कदम चालिरहेको छ, आजसम्म सरकारले गरेका निर्णयबाट दुःख मनाउन गर्नुपर्ने अवस्था छैन”, उनले भने,“कतिपय कानुन निर्माणलाई ‘फास्ट ट्र्याक’मा लिएर जान अध्यादेश ल्याइएको हो । नीतिगत कमजोरी सुधार र विकासका काममा…
Read More
सत्तामा पुग्नुमात्रै होइन राजनीति

सत्तामा पुग्नुमात्रै होइन राजनीति

उहिले प्रदीप गिरि राजनीतिक विचारधारा र दर्शनका कुराहरू गर्थे । सुन्न लालयित हुनेहरू उनी जहाँ बोल्छन्, त्यहीँ जान्थे । ध्यान दिएर सुन्थे । कतिले मनन पनि गरे हुनन्, कतिले एक कानले सुने अर्को कानले उडाए । अहिले दार्शनिक कुरा गर्ने सवालमा प्रदीप गिरिकै बिँडो थामेका एक नेता छन्, घनश्याम भूसाल । राजनीति मूलतः सिद्धान्तबाटै निर्देशित हुनुपर्छ भन्ने उनको सिद्धान्त छ । हमेसा वैचारिकीमा टिकेर राजनीति गर्नुपर्छ भन्ने हुँदा उनलाई उनी नै उदाएको पार्टी एमालेले राम्रो मानेन, उनी महासचिव भएर चलाएको समाजवादीले पनि आफ्नो ठानेन । उनका समकालीन मात्रै होइन, विद्यार्थी र कार्यकर्तासमेत भन्ने गर्थे- के सिद्धान्तले खान दिन्छ ? मैले…
Read More
कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

२७ वैशाख, चितवन । चीन सरकारको सहयोगमा निर्मित बीपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसेका कर्मचारीहरुले आवास छाड्न अटेर गरेका छन् । अस्पताल प्रशासनले यही वैशाख १६ गते एक सूचना जारी गर्दै उनीहरुलाई तत्काल आवास छोड्न निर्देशन दिएको थियो । आपत्कालीन सेवामा परिचालन हुने चिकित्सक, परिचारक तथा परिचारिकालाई आवासको व्यवस्था गर्नु अस्पतालको दायित्व एवं प्राथमिकता भएकाले आवास खाली गर्न निर्देशन दिइएको हो । अस्पतालका भण्डार प्रमुख शिला रेग्मीका अनुसार अस्पतालमा सहायकस्तर, अधिकृतस्तर र चिकित्सकहरुका लागि छुट्टाछुटै आवासको व्यवस्था छ । सहायकस्तरका कर्मचारीका लागि १० वटा घर जहाँ ६० परिवार बस्न मिल्छ । अधिकृतस्तरका कर्मचारीका लागि ६ वटा…
Read More
११ अर्ब बचत फिर्ताको माग गर्दै रवि लामिछानेलाई सम्झाए बाचा

११ अर्ब बचत फिर्ताको माग गर्दै रवि लामिछानेलाई सम्झाए बाचा

विराटनगर । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरू आफ्नो डुबेको अर्बौँ रकम फिर्ता गराउने पहल गरिदिन माग गर्दै सङ्घीय राजधानी काठमाडौँ पुगेका छन् । उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गुहार्दै पार्टीको ‘१०० दिने बाचा’ स्मरण गराएका छन् । बराह सहकारी पीडित समन्वय समितिका अध्यक्ष श्यामप्रसाद ढकालसहितको टोलीले सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा पुगेर शुक्रबार ज्ञापनपत्र बुझाएको हो । सभापति लामिछाने व्यस्त रहेका कारण रास्वपाका सचेतक कवीन्द्र बुर्लाकोटी तथा अन्य पदाधिकारीमार्फत उक्त ज्ञापनपत्र दर्ता गराइएको पीडित प्रदीप बास्तोलाले जानकारी दिए । ‘हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्घीय संसद् सचिवालयमा पत्र दर्ता गराएका छौँ । प्रमुख…
Read More
धनुषामा २ बस ठोक्किए, १७ जना घाइते

धनुषामा २ बस ठोक्किए, १७ जना घाइते

२७ वैशाख, जनकपुरधाम । धनुषामा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-९ फुटबल ग्राउड नजिकै काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको बा.प्र.०१-००६ ख ५२३७ नम्बरको (काठमाडौंबाट-काँकडभिट्टाका लागि गुडेको) बसले ठक्कर दिएपछि दर्घटना भएको हो । ओभरटेक गर्ने क्रममा ठोक्किँदा दुवै बस पल्टिएका थिए । बसमा ३३ यात्रु रहेकोमा १७ जना घाइते भएको प्रहरीले जनाएको छ । बा.प्र.०१-००६ ख ५२३७ न.को बसमा सवार यात्रुहरु घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए । सो बस प्रहरी चौकी लालगढको नियन्त्रणमा रहेको छ…
Read More
दुई दिनभित्र एसईईको नतिजा

दुई दिनभित्र एसईईको नतिजा

२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ । ‘नतिजा सार्वजनिकको नजिक आइपुगेका छौँ । पर्सिसम्म आउँछ । आइटीले काम गरिरहेको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘त्रुटि नहुनेगरी नतिजा सार्वजनिक गर्छौं ।’ यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो । ‘शिक्षक साथीहरूको राम्रो सहभागिता रह्यो । परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण भयो । रणनीति परिवर्तन हुँदा नतिजा छिटो सार्वजनिक गर्न लागेका…
Read More