सिरहामा ४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

सिरहामा ४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

सिरहामा ४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

सिरहा, जेठ ३ सिरहाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाबाट खटिएको टोलीले शनिबार राति करिब ८ः४५ बजे चेकजाँच गर्ने क्रममा ट्रकसहित दुई जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा गएको ३५ सदस्यीय विशेष गस्ती टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको स.१ ख.५३५ नम्बरको ट्रक रोकेको जनाएको छ । प्रहरीका अनुसार ट्रकबाट विभिन्न किसिमका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखर लगायतका सामान बरामद गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा…
Read More
वर्तमान सरकार नागरिक अधिकारमाथि बन्देज लगाउन खोजिरहेको छः प्रचण्ड

वर्तमान सरकार नागरिक अधिकारमाथि बन्देज लगाउन खोजिरहेको छः प्रचण्ड

सुर्खेत, जेठ ३- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताएका छन् । सरकारका गतिविधीले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उनले बताए । कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत पुगेका प्रचण्डले आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सरकारका क्रियाकलापहरु लोकतान्त्रिक नभएको टिप्पणी गरे । आफंैले बोलाएको सदन भोलिपल्ट रोकेर अध्यादेश ल्याएर सरकारले लोकतन्त्रको उपहास गरेको प्रचण्डको भनाई छ । ‘नेपालको सन्दर्भमा हालसम्म नभएको अभ्यास वर्तमान सरकारले गरेको छ’ उनले भने, ‘त्यसले लोकतन्त्रको उपहास गरेको बुद्धिजीवी र आम नेपालीको बुझाई रहेको तपाईहरुले बुझिरहनु भएकै छ ।’ ट्रेड युनियनको खारेजी,…
Read More
सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किँदा स्कार्पियो जलेर नष्ट

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किँदा स्कार्पियो जलेर नष्ट

धनगढी, जेठ ३- धनगढीस्थित सेती प्रादेशिक अस्पताल परिसरमा आज (आइतबार) अक्सिजन सिलिन्डर पड्किँदा लागेको आगलागीबाट पार्किङमा राखिएको स्कार्पियो जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका–५ निवासी ४० वर्षीय मुकुन्द जोशीको बा.प्र.०१–०२७ च ००७४ नम्बरको स्कार्पियो पूर्ण रूपमा जलेर नष्ट भएको हो । प्रहरीका अनुसार बिरामीका लागि गाडीमा जडान गरिएको अक्सिजन सिलिन्डर अचानक पड्किँदा आगलागी भएको थियो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
Read More
जबज नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार होः विद्या भण्डारी

जबज नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार होः विद्या भण्डारी

काठमाडौं, जेठ ३- पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताएकी छन् । आइतबार बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पु¥याएको उल्लेख गरिन् । उनले भनिन्, ‘मदन भण्डारी र जीवराज आश्रित नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र होइन् वैचारिक स्पष्टता र जनमुखी राजनीति संस्कार नयाँ चरणमा पु¥याएको थियो । उनीहरूले राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय हो । जनताले विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई अझ गहिरोसँग…
Read More
कर्णाली प्रदेशः आगामी बजेटको प्राथमिकता र सिद्धान्त सार्वजनिक

कर्णाली प्रदेशः आगामी बजेटको प्राथमिकता र सिद्धान्त सार्वजनिक

काँक्रेविहार (सुर्खेत), जेठ २ – कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको उक्त विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विद्युतीकरण, व्यवस्थित योजना निर्माण तथा रैथाने बाली संरक्षणका विषयलाई जोड दिइएको हो । प्रदेश सरकारले कर्णालीमा गरिबी, भोकमरीलाई अन्त्य गर्दै ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’को दीर्घकालीन लक्ष्यलाई आगामी आवको बजेट विनियोजनमा समावेश गर्ने उल्लेख गरेको छ । विसं २१०० सम्मको दीर्घकालीन लक्ष्य ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ भन्ने नारालाई मुख्य लक्ष्य बनाएर बजेट तय गरेको उल्लेख गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम…
Read More
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

जनकपुरधाम, जेठ २ – मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित बिरामीको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा मात्र एक हजार ५०४ जना एचआइभी/एड्सका बिरामी छन् । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशमा कूल चार हजार ६८० जना एचआइभी सङ्क्रमित बिरामी एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) उपचारमा छन् । प्रदेशअन्तर्गत धनुषामा ८८६, सर्लाहीमा ५५८, सिरहामा ४५७, रौतहटमा ४२२, महोत्तरीमा ३७१, बारामा २८८ तथा सप्तरीमा १९४ जना सङ्क्रमित रहेका छन् । निर्देशनालयका एचआइभी/एड्स फोकल पर्सन राजवीर यादवका अनुसार आर्थिक वर्ष २०७६/७७ मा मधेस प्रदेशमा १४ हजार जनाको एचआइभी परीक्षण गरिएको थियो । उक्त…
Read More
रामेछापको उमाकुण्ड गाउँपालिका बन्यो पूर्णखोपयुक्त गाउँपालिका

रामेछापको उमाकुण्ड गाउँपालिका बन्यो पूर्णखोपयुक्त गाउँपालिका

रामेछाप, जेठ २ – रामेछापको उमाकुण्ड गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा भएको छ । शनिबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा सो गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षता तथा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्य तामा भएको कार्यक्रममा मन्त्री थापा र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका हुने । कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध प्रदेश निर्माणको लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार हरेक क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए । यसको लागि तीन वटै तहका सरकारले सहकार्य गरेर काम गर्नुपर्नेमा उनले जोड दिए । उनले वाग्मती…
Read More
मुग्लिन पोखरा सडकखण्डअन्तर्गत निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत

दमौली (तनहुँ), जेठ २ – मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको हो । उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताउनुभयो । उहाँका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको छ । इन्जिनियर पाण्डेका अनुसार पुल निर्माणका लागि विसं २०७९ साउनमा सम्झौता…
Read More
स्वास्थ्य बिमा प्रभावकारी बनाउन ईएमआर प्रणाली सुदृढ गर्नुपर्नेमा सभापति शेरचनको जोड

स्वास्थ्य बिमा प्रभावकारी बनाउन ईएमआर प्रणाली सुदृढ गर्नुपर्नेमा सभापति शेरचनको जोड

काठमाडौं, जेठ २ – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा.ओजस्वी शेरचनले स्वास्थ्य बिमा प्रभावकारी बनाउन इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणालीलाई थप व्यवस्थित, एकरूप र सुदृढ बनाउनुपर्ने बताएकी छन् । रास्वपाको संसदीय दलको समन्वयमा स्वास्थ्य विभागद्वारा आयोजित ‘स्वास्थ्य बिमा किन थला पर्यो ? उत्तर खोजौँ’ विषयक नीति मन्थन कार्यक्रममा बोल्दै शेरचनले स्वास्थ्य बिमालाई संवेदनशील र विश्वसनीय बनाउन ईएमआर प्रणाली सुधार अपरिहार्य रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘स्वास्थ्य बिमालाई हामीले थप संवेदनशील बनाउनुपर्छ । इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ प्रणालीलाई चुस्त–दुरुस्त र एकरूप बनाउनु आवश्यक छ । यदि हामीले ईएमआर प्रणालीलाई सुदृढ बनाउन सकेनौँ भने अनावश्यक क्लेमहरू आउने क्रम जारी रहन्छ…
Read More
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग

स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग

काठमाडौँ, जेठ २ – स्वास्थ्य क्षेत्रका लागि स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या भइरहेकाले सामाजिक न्याय दिने कानुन बनाइनुपर्नेमा जोड दिइएको छ । राजधानीमा शुक्रबारदेखि सुरु भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानुनसम्बन्धी तीनदिने सम्मेलनमा सहभागीहरूले स्वास्थ्यसम्बन्धी कानुनी स्पष्टता नहुँदा विभिन्न समस्या आएकाले सामाजिक न्याय दिने गरी कानुन मस्यौदा गरिनुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा कामु प्रधानन्यायधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा कवच हुनेगरी कानुन तर्जुमा गरिनुपर्नेमा जोड दिनुभयो । “संविधानमा स्वास्थ्यको अधिकार सुनिश्चित गरिएको छ, सार्वजनिक स्वास्थ्य ऐन पनि आएको छ । यति हुँदा पनि स्वास्थ्य क्षेत्रमा पर्याप्त कानुनी व्यवस्था नभएकाले सर्वोच्च अदालतले कानुनको व्याख्याबाट विस्तृत कानुनी व्यवस्था…
Read More