प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन, अस्वस्थ जीवनशैली र खानपानका कारण जनसङ्ख्या घटेको जनाइएको छ । अहिले उनीहरु लेकबेँसी नगरपालिका–७ सुर्खेतको जङ्गल क्षेत्रमा बसोबास गर्दै आएका छन् । सहभागीलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका स्वास्थ्यकर्मीले प्रयोगात्मक अभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने कार्यतालिका रहेको नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति…
Read More
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य…
Read More
राष्ट्रियसभा निर्वाचनमा एमालेको ७ सिट दाबी

राष्ट्रियसभा निर्वाचनमा एमालेको ७ सिट दाबी

नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा चुनावी तालमेलका क्रममा ७ सिट दाबी गरेको छ । पार्टी सचिवालय बैठकपछि कांग्रेस र अन्य दलसँग भएको छलफलमा एमालेले प्रत्येक प्रदेशबाट एक–एक जना पर्ने गरी ७ सिट माग गरेको हो। उपमहासचिव लेखराज भट्टका अनुसार हालसम्म सिट बाँडफाँटबारे कुनै ठोस टुंगो लागिसकेको छैन । उनले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग थप छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पनि सचिवालय बैठकले अध्यक्षलाई नै दिएको बताए । राष्ट्रियसभा निर्वाचनका लागि प्रमुख दलहरूबीच तालमेलको प्रयास जारी रहे पनि सिट संख्या र उम्मेदवार चयनका विषयमा सहमति जुट्न बाँकी रहेको एमालेले जनाएको छ ।
Read More
वीरगञ्जमा कर्फ्यू आदेश पुनः साँझ ६ बजेसम्म लम्बियो

वीरगञ्जमा कर्फ्यू आदेश पुनः साँझ ६ बजेसम्म लम्बियो

वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको हो । सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यू दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो । १ बजेसम्म जारी गरिएको कर्फ्यू पुनः थप गरी साँझ ६ बजेसम्म पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिनुभयो । “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमनाभित्र कसैले…
Read More
चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरन्जीबी सुवेदी विजयी

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरन्जीबी सुवेदी विजयी

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जिवि सुवेदी विजयी भएका छन् । मंगलबार सार्वजनिक भएको नतिजामा अध्यक्ष पदका प्रत्याशी शिरिष पन्तलाई हराउँदै सुवेदी विजयी भएका हुन् । चिरञ्जिवि सुवेदीले १ हजार ४ सय ८४ मत ल्याउँदा शिरिष पन्तले १ हजार १ सय ८५ मत ल्याएका हुन् । २ सय ९९ मतले सुवेदी विजयी भएका हुन् । कुल २ हजार ७ सय १९ मत खसेको थियो । जम्मा मतदाता संख्या ३ हजार ३ सय ७१ रहेका थिए ।
Read More
वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ः०० बजेसम्म थप

वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ः०० बजेसम्म थप

जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिनुभयो । “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमनाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरिएको छ”, उहाँले भन्नुभयो । स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा कुनै पनि…
Read More
तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ ।पावरहाउस (विद्युतगृह)लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिनुभयो । केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको कार्यसमेत एकैसाथ सम्पन्न गरी उत्पादन सुरु गरिएको उहाँले बताउनुभयो । करिब दुई वर्षअघि उत्पादन सुरु गरिएको यस आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । यो आयोजना जिल्लामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा बढी क्षमताको हो । रासस
Read More
चितवनमा कार्यालय खोलेर एप मार्फत १२ करोडभन्दा बढी ठगी,चिनियाँसहित ११ जना प्रहरीको फन्दामा

चितवनमा कार्यालय खोलेर एप मार्फत १२ करोडभन्दा बढी ठगी,चिनियाँसहित ११ जना प्रहरीको फन्दामा

एड्भरटाइजिङ सर्भिस प्रालि सेन्टर (एसएमसी) नामक कम्पनीको आधारमा नेटवर्क विस्तार गरेर अनलाइन स्क्यामिङ गरेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकसहित १० जनाको गिरोहलाई पक्राउ गरेको छ । यो समूहले चितवनको खैरहनीमा एसएमसी खडा गरेर नेपाली नागरिकलाई एप्लिकेसनमार्फत् नेटवर्कमा जोड्दै ठगी गरेको आरोप छ । प्रहरीको साइबर ब्यूरोको अनुसन्धानबाट यो गिरोहले नेपालभर ७० हजार बढी नागरिकलाई नेटवर्कमा जोडेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक हि जियाङ, रामेछापका मिलन श्रेष्ठ, तनहुँ बन्दिपुरका सौगात थापा, नुवाकोटका वीरबहादुर तामाङ, चितवन खैरहनीका सोनम खातुन, काठमाडौं टोखाकी प्रिया केसी, गुल्मीकी मोनिका गुरुङ, धादिङकी गीता गुरुङ, पर्साका नसिर मियाँ अन्सारी, पर्साकै सायरा खातुन र बारा कलैयाका राम निवास…
Read More
मुस्तफिजुर रहमान निकालेको रिसमा बंगलादेशद्वारा आईपीएल प्रसारणमा रोक

मुस्तफिजुर रहमान निकालेको रिसमा बंगलादेशद्वारा आईपीएल प्रसारणमा रोक

बंगलादेशले आफ्नो देशमा आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) प्रसारणमा प्रतिबन्ध लगाएको छ । बंगलादेशको यस्तो निर्णय तीव्र गतिका आफ्ना देशका बलर मुस्तफिजुर रहमानलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निर्देशनमा निकालेपछि सोमबार आएको हो । बंगलादेशको सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा बीसीसीआईले आईपीएल फ्रेन्चाइजी कोलकाता नाइट राइडर्स (केकेआर) लाई २०२६ को खेलाडी सूचीबाट रहमानलाई निकाल्न निर्देशन दिँदा कुनै तार्किक कारण नदिएको उल्लेख छ ।आईपीएलको आईपीएलको १९औं संस्करण मार्च २६ बाट सुरु हुँदै छ । सरकारले जारी गरेको सूचनामा भनिएको छ, बीसीसीआईको यस्तो निर्णयको कुनै तार्किक कारण थाहा छैन, र यस्तो निर्णयले बंगलादेशका जनतालाई दुखी, चोट पुऱ्याएको…
Read More
नारायणीबाट बस्ती जोगाउन नगरप्रमुख दाहालको अग्रसरता

नारायणीबाट बस्ती जोगाउन नगरप्रमुख दाहालको अग्रसरता

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । जनताको जीउधनको सुरक्षासँग जोडिएको नारायणी नदीअन्तर्गत भरतपुर महानगर क्षेत्रका करिब ३५ किलोमिटर तटीय क्षेत्रमा आवश्यकताअनुसार विभिन्न चरणमा तटबन्ध निर्माणको काम भइरहेको नगरप्रमुख दाहालले बताउनुभयो । उहाँका अनुसार अत्यन्त जोखिमयुक्त २५ किलोमिटर क्षेत्रमा ठेक्का प्रक्रियामार्फत तटबन्ध निर्माणको काम सम्पन्न हुने चरणमा छ भने बाँकी १० किलोमिटर क्षेत्रमा जोखिमका आधारमा निर्माण प्रक्रिया अघि बढाइएको छ । “पच्चिस किलोमिटर क्षेत्रलाई पाँच–पाँच किलोमिटर खण्डमा विभाजन गरी काम भइरहेको छ । बाँकी १० किलोमिटर प्रक्रियामै छ । एकैपटक गर्न पाए अझ राम्रो हुन्थ्यो । तर उपलब्ध स्रोत र जोखिमका…
Read More