कोशी सरकारले अझै पुर्णता पाउन सकेन, सरकार विस्तारमा केही समय लाग्ने

कोशी सरकारले अझै पुर्णता पाउन सकेन, सरकार विस्तारमा केही समय लाग्ने

कोशी सरकारले अझै पुर्णता पाउन सकेन, सरकार विस्तारमा केही समय लाग्ने

विराटनगर,१९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्न अझ केही दिन लाग्ने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले तीज पछि मात्रै सरकार विस्तार हुने जानकारी दिनुभयो । उहाँले कांग्रेसलाई सरकार विस्तारको लागि गति बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुुभयो, “कांग्रेसको हिँडाइ विस्तारै भयो, गति बढाउनुहोस् ।” मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसले सरकारमा सहभागी हुने सांसदहरुको नामावली नदिएका कारण सरकार विस्तारमा केही ढिलाइ भएको बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुुभयो, “सरकार विस्तारमा जति ढिलाइ हुन्छ त्यति नै सरकारको काम कारबाहीमा असर पर्छ, जति चाँडो सरकार विस्तार हुन्छ त्यति सरकारले गति लिइ सरकार शासकीय सुधारतर्फ लाग्ने र विकासका योजनालाई…
Read More
ढोरपाटनमा सिकार खेल्न टेण्डर खुला

ढोरपाटनमा सिकार खेल्न टेण्डर खुला

ढोरपाटन,१९ भदौ। यस वर्षको पहिलो सिकार यामका लागि ढोरपाटन सिकार आरक्षणले टेण्डर खुलाएको छ । आगामी असोजदेखि हुने सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार खेल्न चाहने सिकारीका लागि टेण्डर खुलाएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिजनका लागि १२ वटा नाउर, आठ वटा झारल र ११ वटा बँदेल सिकार गर्न टेण्डर खुलाइएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । टेण्डरको म्याद १५ दिनको हुने र सबै प्रक्रिया पूरा भएपछि अर्को महिनादेखि सिकार सुरु हुने उहाँको भनाइ छ । धेरै महँगो र साहसिक हुने हुँदा धेरै जसो विदेशी सिकारी ढोरपाटन सिकार…
Read More
प्रेस चौतारी चितवनले देवघाटको आश्रममा रहेका वृद्धावृद्धालाई खुवायो दर

प्रेस चौतारी चितवनले देवघाटको आश्रममा रहेका वृद्धावृद्धालाई खुवायो दर

चितवन १९, भदौ । श्रमजीवि पत्रकारहरुको सबैभन्दा ठूलो संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले नेपाली महिला दिदिवहिनीहरुको सबैभन्दा ठूलो पर्व हरितालिका तीजका अवसरमा देवघाटको आश्रममा रहेका वृद्धावृद्धाहरुलाई दर खुवाएको छ । सदाका बर्ष जस्तैं गरी देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित वृद्ध बुवाआमाहरुलाई आज वुधवार दर खुबाएको प्रेस चौतारी चितवनले जनाएको छ । नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आश्रममा रहेका ३३ जना वृद्ध बा आमाहरुलाई दर खुवाइएको थियो । एमाले चितवनका अध्यक्ष कमलराज पाठकले प्रेस चौतारी चितवनले चाडपर्वका बेलामा आश्रममा रहेका बाआमालाई सम्झेर दर खुवाउने कार्यक्रम गरेको देख्दा खुसी मिलेको बताए । चौतारीले रचनात्मक…
Read More
चितवनका महिला पत्रकारलाई प्रेस चौतारी चितवनको दर

चितवनका महिला पत्रकारलाई प्रेस चौतारी चितवनको दर

१९, भदौ, चितवन । प्रेस चौतारी चितवनले चितवनका महिला पत्रकारहरुलाई दर खुवाएको छ । क्रियाशील पत्रकारहरुको संगठन चौतारीले जिल्लामा काम गरिरहेका महिला पत्रकारहरुलाई हरितालिका तीजको अवसरमा दर खुवाउने कार्यक्रम बुधवार गरेको हो । दियालो फूडल्याण्ड क्षेत्रपुरमा गरिएको कार्यक्रममा पत्रकारहरुले तीजका विभिन्न भाकाहरुमा आफैंले गीत गाउँदै नाचगान गरेका थिए । सो कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, न्यूनत्तम पारिश्रमिक निर्धारण समिति सदस्य शान्ता अधिकारी लगायत विभिन्न सञ्चारमाध्यममा काम गर्ने महिला पत्रकारहरुको सहभागीता रहेको थियो । प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज प्रतिमा सिलवालले महिला पत्रकारहरुलाई उत्साहजनक सहभागी बनाएर चौतारी चितवनले दर खुवाउने कार्यक्रम राखेकोमा धन्यवाद दिइन् ।…
Read More
रत्ननगर उवासंघमा उद्यमी महिलाहरुको तीज

रत्ननगर उवासंघमा उद्यमी महिलाहरुको तीज

रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघमा बुधबार उद्यमी महिलाहरुले तीज मनाएका छन् । संघ अन्तर्गतको महिला स्वरोजगार तथा सशक्तिकरण समितिले हरितालिका तीजको शुभकामना आदान प्रदान तथा उद्यमशिलता विकास सम्बन्धी अन्तक्र्रिया गरेको हो । संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी तथा उद्यमी महिलाहरुले एक आपसमा तीजको शुभकामना साटासाट,सामुहिक दर र उद्यमशिता विकासमा भएका प्रयास र उपलब्धिका बारेमा छलफल समेत गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष गिरीले तीजको मौलिकता जोगाउदै संस्कृति संरक्षणको लागि महिला स्वरोजगार तथा सशक्तिकरण समिति मार्फत कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमकी प्रमुख अतिथि रत्ननगर नगरपालिकाकाका निर्वतमान उपप्रमुख विमला दुवाडीले तीज पर्वले उत्साह उमङग सहित उद्यमीहरुको आयआर्जन…
Read More
रत्ननगरमा प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने

रत्ननगरमा प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा यही भदाै २१ गते तीजकाे दिन प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने भएकाे छ ।  रेडियो अर्पण १०४.५ मेगाहर्जको आयोजना तथा अर्पण बचत तथा ऋण सहकारी संस्था लि.को सह-आयोजनामा सेभ सुपरमार्केटको प्राङ्गणमा "शेभ अर्पण तीज उत्सब २०८१ हुने भएकाे हाे । आयाेजकले बुधवार पत्रकार सम्मेलनकाे आयाेजना गरि तीज उत्सवकाे उद्देश्य र तयारीका बारेमा जानकारी दिएकाे हाे । सुरुवाती चरणमा तीज गीत प्रतियोगितामा मात्र सिमित रहेकाे कार्यक्रमलाई परिमार्जन गरि पछिल्ला  वर्षहरुमा तीज उत्सबको नाममा सञ्चालन हुदै आएको छ। कार्यक्रम संयाेजक यमन भूषालले प्रतियोगितामा मात्रै सिमित रहेको कार्यक्रमलाई समयसँगै परिमार्जन गरि प्रतियोगिता सँगै विभिन्न राष्ट्रिय, स्थानीय कलाकारको प्रस्तुतीको…
Read More
डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

चितवन । चितवन जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए । उनका अनुसार बिरामीमा कडा खालको डेङ्गी देखिएको थियो । शरिरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।  यसअघि शनिबार चितवन मेडिकल…
Read More
देशलाई दुईदलीय शासन हुँदै अधिनायकवादतिर लैजाने खतरा बढ्योः प्रचण्ड

देशलाई दुईदलीय शासन हुँदै अधिनायकवादतिर लैजाने खतरा बढ्योः प्रचण्ड

काठमाडौं, १९ भदौ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर देशलाई दुईदलीय शासनतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् । सरकारले मुलुकलाई अधिनायकवादतिर लाने संकेत देखा परेको उनको टिप्पणी छ । पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठकमा बुधवार समापन मन्तव्य राख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कांग्रेस–एमाले गठबन्धन बनाउनुको नियत सफा नभएको बताएका हुन् । ‘अब जनताको हक–अधिकार खोसिने आशंका भएको छ । जनतामा आक्रोश पनि बढिरहेको छ । जनता सरकारका क्रियाकलाप, रवैयाप्रति असन्तुष्ट हुँदै गएको छ भनेर अध्यक्ष प्रचण्डले बैठकमा कुरा राख्नुभयो,’ बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने, ‘देशलाई जबरजस्ती दुईदलीय शासनतिर लैजान…
Read More
नवलपुरमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला

नवलपुरमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला

नवलपरासी, १९ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएको छ । नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जिल्लाको कावासोतीमा रहेको कृषि थोक बजारमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको हो । कावासोतीमा स्थापना गरिएको प्रयोगशालाबाट तरकारी तथा फलफूलमा विषादीको जाँच गरिने केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली विकास अधिकृत राजीवदासराज भण्डारीले बताए । कावासोतीस्थित कृषि थोक बजारमा स्थापना गरिएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइबाट यस थोक बजारमा दैनिक रुपमा तरकारी तथा फलफूलको विषादी परीक्षण गरिने छ। थोक बजारमा बिक्रीका लागि विभिन्न स्थानबाट आउने तरकारी तथा फलफूलको परीक्षणसँगै…
Read More
सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

चाँदनीदोधारा  (कञ्चनपुर), १९ भदौ ।गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताउनुभएको छ । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उहाँले प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताउनुभयो । “अहिले प्रहरीले सिमीत स्रोतसाधनमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।” उहाँले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उहाँको भनाइ थियो । उहाँले संसद्मा भएका दुई ठुला दलबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताउनुभयो । “दुई दलबीच सात…
Read More