मन्त्री चौधरीद्वारा स्काउट प्रमुखको दिक्षा ग्रहण

मन्त्री चौधरीद्वारा स्काउट प्रमुखको दिक्षा ग्रहण

मन्त्री चौधरीद्वारा स्काउट प्रमुखको दिक्षा ग्रहण

काठमाडौँ । माननीय युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीज्यूले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा ग्रहण गरेका छन् । नेपाल स्काउट ऐन २०५० ले गरेको व्यवस्था वमोजिम मन्त्री चाैधरीले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा ग्रहण गरेका हुन । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित दिक्षान्त समारोहमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजित, विद्यमान राष्ट्रिय कार्यकारी समितिका पदाधिकारीहरु, राष्ट्रिय परिषद् सदस्यहरु, विभिन्न स्थानीय स्काउट पालिका प्रमुख आयुक्तहरु, राष्ट्रिय प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षक, स्काउटर तथा रोभर रेन्जरहरुको उपस्थिति रहेको थियो । दिक्षान्त समारोहमा मन्त्री चाैधरीले नेपाल स्काउट ऐन २०५० लाई…
Read More
सिमलताल दुर्घटना कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

सिमलताल दुर्घटना कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

चितवन । सिमलताल दुर्घटना अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ। मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो। कार्यदलका संयोजक समेत रहेका गृहमन्त्रालयका सहसचिव छवि रिजालले मन्त्री लेखक समक्ष प्रतिवेदन पेस गरे। आफू मन्त्री नियुक्त भएपछि लेखकले असार ३१ गते दुर्घटना अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका थिए।कार्यदलले साउन २ गतेदेखि आफ्नो काम थालेको थियो। दुर्घटनाको कारण, मृतक परिवार पाउनपर्ने क्षतिपूर्ति र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन के गर्न सकिन्छ भन्ने विषय समेटेर कार्यदलले प्रतिवेदन तयार पारेको छ। गएको असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र…
Read More
भ्रष्टाचार गरे अनुहार हेरिँदैनः प्रधानमन्त्री ओली

भ्रष्टाचार गरे अनुहार हेरिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध र नेपाली जनतालाई सुखी बनाउन आवश्यक रहेको बताएका छन् । सरकारले नागरिकका आवश्यकता पूर्तिसँगै शान्ति सुरक्षाको प्रत्याभूति गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए । “भयानक र खतरनाक तगारो भनेको भ्रष्टाचार हो, यसलाई नियन्त्रण गर्छौँ,” उनले भने । उनले सरकारले भ्रष्टाचारका विषयमा कुनै ‘कम्परमाइज’ नगर्ने उल्लेख गरे । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले सरकारले कसैप्रति आग्रह, पूर्वाग्रह नराख्ने बताए । “अहिलेको सरकार कसैप्रति आग्रह, पूर्वाग्रह र कसैलाई…
Read More
बागलुङ पहिरोः सातको मृत्यु, चार जनाको उद्धार

बागलुङ पहिरोः सातको मृत्यु, चार जनाको उद्धार

बागलुङ । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ । आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छजनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । रासस
Read More
चितवनको खैरहनीमा अर्गानिक फुल खेती सुरु

चितवनको खैरहनीमा अर्गानिक फुल खेती सुरु

खैरहनी । चितवनको खैरहनी वडा नं ४ चैनपुर स्थित भूवनेश्वर टोलमा सयपत्री फुलको व्यवसायिक खेती सुरु गरिएको छ । सफा कृषि प्रा.लि र सफा उर्जा उत्पादन प्रा.लिले अर्गानिक खेती प्रणाली मार्फत फुलको व्यवसायिक खेती सुरु गरेको हो । कार्तिकमा करिब ६ विगहा क्षेत्रफलमा सुर्यमुखी फुल खेती गर्ने योजना बनाएको सो संस्थाले आगामी तिहारलाई लक्षित गरी १५ कठ्ठामा अर्गानिक सयपत्री फुलको खेती सुरु गरेको हो । संस्थाले चैनपुरमा जग्गा भाडामा लिएर १५ कठ्ठामा सयपत्री फुल खेती सुरु गरेको छ । पूर्वपश्चिम राजमार्गबाट उत्तर तर्फको क्षेत्रलाई एग्रोटुरिजमको रुपमा विकास गर्ने उद्देश्यले व्यवसायिक रुपमा फुलखेती सुरु गरिएको सफा उर्जा उत्पादन प्रा.लिका निर्देशक निर्णय…
Read More
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खस्दा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का सोही स्थानका २८ वर्षीय अशोक राजभार गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल (बर्दघाट सुस्तापश्चिम) मा उपचार जानकारी दिनुभयो । रासस
Read More
चितवनमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

चितवनमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र काठमाडौँ विश्वविद्यालयद्वारा संयुक्तरूपमा आगामी भदौ ३१ देखि असोज १ गतेसम्म तेस्रो बासस्थान नवप्रवर्द्धन सम्मेलन यहाँ आयोजना हुने भएको छ । फोहर व्यवस्थापन समाधानलाई ऊर्जा उत्पादन, खाद्य सुरक्षाको प्रवर्द्धन र वातावरण संरक्षणसँग एकीकृत गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको पूर्वमन्त्री गणेश साहले जानकारी दिए । फोहरले गर्दा अहिले वातावरण बिग्रँदै गएकाले यसलाई उद्यमशीलतामा परिणत गर्नसके फोहर मोहोरका रूपमा आउने उनको भनाइ छ । अहिले देशभरका नगरप्रमुखहरूलाई फोहर व्यवस्थापन समस्या बनेको जनाउँदै उनले त्यो फोहर व्यवस्थापनबाट आर्थिक अर्थतन्त्र बलियो बनाउनका लागि बासस्थान नवप्रवर्द्धन सम्मेलन गर्न लागिएको बताए । कार्यक्रममा प्राज्ञ, नीति निर्माता, लगानीकर्ता,…
Read More
फोर्ब्स कलेजमा अतिथि सत्कारको नमुना अभ्यास

फोर्ब्स कलेजमा अतिथि सत्कारको नमुना अभ्यास

भरतपुर । भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुर स्थित फोर्ब्स कलेजमा आइतबार स्टेट व्यान्क्वेट तथा अतिथि सत्कारको नमुना अभ्यास गरिएको छ । व्यवहारिक शिक्षा मार्फत शिक्षण सिकाइलाई अर्थपूर्ण बनाउने उद्देश्यले विद्यार्थीहरुलाई नमुना अध्यास गराइएको कलेजका प्रिन्सिपल हिरशरण पाठकले जानकारी दिए । हरेक बर्ष बिएचएम संकायका छैठौँ सेमेष्टरका विद्यार्थीहरुका लागि अतिथि सत्कारको नमुना अभ्यास गराउदै आएको प्रिन्सिपल पाठकले बताए । सो कलेजले होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीका लागि एक देशको राष्ट्र प्रमुख अर्को देशको राष्ट्र प्रमुख संग भेट्दा आयोजना गरिने उच्चस्तरीय भोज तथा अतिथि सत्कारको नमुना अध्यास गराएको हो । कलेज व्यवस्थापनको समन्वयमा बिएचएम संकायका छैठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले नमुना अध्यासको…
Read More
तामाङ समाज ल्हाेच्याङ्ग गुठीमा सरस्वती लामाकाे नेतृत्व 

तामाङ समाज ल्हाेच्याङ्ग गुठीमा सरस्वती लामाकाे नेतृत्व 

रत्ननगर । तामाङ समाज ल्हाेच्याङ गुठी समिति रत्ननगरकाे अध्यक्षमा सरस्वती लामा चयन भएकी छन् । रत्ननगरमा सम्पन्न साे समितिकाे २०औ साधरण सभा तथा पाँचाैं अधिबेशनले लामाकाे अध्यक्षतामा नयाँ समिति गठन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा हरि तामाङ, सचिवमा हिरेन्द्र तामाङ र काेषाध्यक्षमा हिम बहादुर तामाङ चयन भएका छन् । १३ सदस्यीय समितिकाे सदस्यहरुमा गुणराज लामा, तीर्थबहादुर लामा, दिलबहादुर लामा, अर्जुन लामा, नरबहादुर लामा, परिमाया लामा, जीतबहादुर लामा, शुशीला लामा चयन भएका छन् । साे समुदायका ज्येष्ठ सदस्य घपन बहादुर लामाकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरि पारित भएकाे थियाे । नेपाल तामाङ घेदुङ संघ रत्ननगरका उपाध्यक्ष…
Read More
रत्ननगरका कर्मचारीलाई बायोमेट्रिक प्रमाणीकरणसम्बन्धी तालिम 

रत्ननगरका कर्मचारीलाई बायोमेट्रिक प्रमाणीकरणसम्बन्धी तालिम 

रत्ननगर । बायोमेट्रिक प्रमाणीकरण प्रणालीमार्फत राष्ट्रिय परिचयपत्रसहितको सामाजिक सुरक्षा भत्ता नवीकरण तथा विवरण अद्यावधिकसम्बन्धी वडा सचिव, कर्मचारी तथा कम्प्युटर अपरेटरहरुका लागि तालिम सम्पन्न भएको छ । रत्ननगर–५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको तालिममा प्रमुखअतिथि नगर उपप्रमुख यादवप्रसाद पाठकले सेवाग्राहीलाई सेवा दिँदा गम्भीर बन्न निर्देशन दिँदै सेवाग्राहीका कामकारबाही समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । कतिपय कर्मचारी कार्यस्थलमा नभेटिएको सेवा प्रवाहमा छिटोछरितो नभएको गुनासो सुन्नु परेको भन्दै उनले आफ्नो जिम्मेवारीअनुसार सेवाग्राहीलाई दुःख नदिने मनसायका साथ सम्पन्न गर्नुपर्ने बताए । नाता प्रमाणित लगायतका कागजातका लागि समेत वडा सचिवले बसाइँसराइ मागेर काम नगरिदिएको गुनासो आएको भन्दै उनले सूचकका…
Read More