आज गणेश चतुर्थी, भगवान् गणेशको जन्मदिन

आज गणेश चतुर्थी, भगवान् गणेशको जन्मदिन

आज गणेश चतुर्थी, भगवान् गणेशको जन्मदिन

काठमाडौं, २२ भदौ। आज भाद्र शुक्ल चतुर्थी। सनातन धर्मावलम्बी भगवान् गणेशको जन्मदिन मनाउँदै छन्। शिव र पार्वतीका पुत्रका रूपमा यो दिन गणेशजीको उत्पत्ति भएको पुराणमा उल्लेख छ। भगवान् गणेश सबै काममा बिघ्न हटाउने अर्थात् बिघ्नहर्ताका रूपमा पुजिन्छन्। हिन्दूधर्ममा गरिने सम्पूर्ण पूजाआराधनामा पहिले उनैको पूजा गरिन्छ। गणेशको पूजा नगरी वा उनलाई नसम्झी गरेका कार्यमा विघ्न पर्छ भन्ने विश्वास छ। सनातन समाजमा कुनै काम सुरु गर्दा ‘श्रीगणेश गरेको’ भन्ने चलन छ। ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले गणेश पुजिन्छन्। अन्य देवता जस्तै…
Read More
तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री ओली

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री ओली

काठमाडौं,२२ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका छन् । सो मन्त्रालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रवार ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले विधि र कानुनभन्दा दायाँबायाँ नगर्न निर्देशन दिएका हुन् । “अहिले तोड्नपर्ने ठेक्का तोड्न सकिएको छैन । नतोड्नुपर्ने ठेक्का तोडिएको छ । हामीले हुनुपर्ने कामलाई अनावश्यकरुपमा अल्झाउन दिनु हुँदैन । सबैसँग कानुनसम्मतरुपमा सबैलाई समान गर्न व्यवहार हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “हामीले यो, ऊ भनेर हेर्ने होइन, समयमा गुणस्तरीय विकासका काम हुनुपर्छ । समय थपेर पनि हुनै नसक्ने काम वा…
Read More
श्रीलंका डेभलोपमेन्टलाई नेपालले दियो १६० रनको लक्ष्य, भुर्तेलले बनाए सर्वाधिक रन

श्रीलंका डेभलोपमेन्टलाई नेपालले दियो १६० रनको लक्ष्य, भुर्तेलले बनाए सर्वाधिक रन

चितवन, २१ भदौ। यही सेप्टेम्बरमा क्यानडामा हुने विश्वकप क्रिकेट लिग– २ को त्रिकोणीय सिरिजको तयारीका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय टिमले श्रीलंका डेभलोपमेन्ट टिमविरुद्ध १५९ रन बनाएको छ । शुक्रबार श्रीलंकाली टिमले टस जितेर नेपाली टिमलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । नेपाली टिम ४० ओभर मात्र टिक्न सक्यो र १५९ रन जोड्यो । नेपालका लागि सर्वाधिक रन ओपनर कुशल भुर्तेलले बनाए । उनले ५० बलमा ४३ रन बनाए । यस्तै, कुशल मल्लले ५५ बलमा ३५ रन बनाए । अब केही समयपछि श्रीलंकाले ब्याटिङ सुरु गर्नेछ । तीनवटा अभ्यास खेलका लागि श्रीलंका पुगेको नेपाली टिमले एक मात्र खेल खेल्न पाएको…
Read More
श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेल खेल्दै

श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेल खेल्दै

काठमाडाैं, २१ भदाै । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको तेस्रो अभ्यास खेल आज हुदै छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज तेस्रो खेल हुन लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा १० बजेदेखि शुरु हुदै छ । यसअघि मंगलबार र बुधबार खेल्ने भनिएका पहिलो र दोस्रो खेल बर्षाले रद्ध भएको थियो । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग-२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल…
Read More
बाग्लुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

बाग्लुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

ढोरपाटन,२१ भदौ । यहाँको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै मृतकको संख्या तीन पुगेको छ । घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । बिहीबार राती १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो । मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक…
Read More
चितवन लगायत देशका विभिन स्थानमा वर्षा

चितवन लगायत देशका विभिन स्थानमा वर्षा

चितवन २१ भदौ । अहिले चितवनलगायत देशका धेरै ठाउँमा पानी परिरहेको छ । नवलपरासी पूर्वको दुम्कौली, पाल्पाको जल्पा र अर्चले, नवलपरासी पश्चिमको देउराली नवल, कैलालीको बचिला र सिन्धुपाल्चोकको मानेखर्कमा ठूलो वर्षा भइरहेको छ । गएरातिदेखि नै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका केही ठाउँ तथा अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा पनि गएरातिदेखि हल्का पानी परिरहेको छ । आज दिउँसो पनि पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पानी पर्ने प्रणाली विशेषगरी…
Read More
सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्छन्, ‘बोर्ड पनि फेर्न सकिएन’

सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्छन्, ‘बोर्ड पनि फेर्न सकिएन’

दाङ, २१ भदौ। दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् । “यहाँ कोही आमा नभएका, कोही बुबा नभएका, कोही रोजगारीका लागि भारतलगायत देशमा गएका बालबालिका पढ्छन्”, विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले भने, “न्यून आय भएका विद्यार्थीले पढ्ने विद्यालय बनेको छ ।” शिशुदेखि ५ कक्षासम्म सञ्चालित उक्त विद्यालयमा ८८ जना विद्यार्थी भर्ना भए पनि ६५ जनामात्र नियमित विद्यालय आउने गरेका छन् । विसं २०४५ मा विद्यालय स्थापना भएको हो, त्यसयता नियमित सञ्चालनमा छ । विद्यालयको आम्दानीको स्रोत पनि त्यस्तै न्यून छ । विभिन्न…
Read More
प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा जाँदै

काठमाडौँ,२१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिकाको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभाका लागि प्रधानमन्त्री न्युयोर्क भ्रमणमा जाने कार्यक्रम तय भएको बताए । संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ गते (सेप्टेम्बर १० देखि २८) सम्म न्युयोर्कमा हुँदै छ । त्यस अन्तर्गत असोज ६ र ७ गते (सेप्टेम्बर २२ र २३) समिट अफ द फ्युचर हुने छ । प्रधानमन्त्री ओलीले महासभालाई समिट अफ द फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहित भ्रमण दलमा…
Read More
बाढीले स्कुटर बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता

बाढीले स्कुटर बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता

ढोरपाटन,२१ भदौ । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो । मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल…
Read More
आज हरितालिका तीज महिलाहरू व्रत बस्ने

आज हरितालिका तीज महिलाहरू व्रत बस्ने

चितवन, २१ भदौ । आज भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ। सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गर्छन्। भोलिपल्ट सबेरै लोापामुद्रालाई अर्घ्य दिएपछि तीजको व्रत पूर्ण भएको मानिन्छ। विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने…
Read More