बनेपामा आजदेखी बाह्र–बर्षे नरदेवी नाच

बनेपामा आजदेखी बाह्र–बर्षे नरदेवी नाच

बनेपामा आजदेखी बाह्र–बर्षे नरदेवी नाच

काभ्रेपलाञ्चोक, कात्तिक २० – बनेपामा आजदेखि परम्परागत, ऐतिहासिक र धार्मिक महत्व बोकेको १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच सुरु भएको छ।प्रत्येक १२ वर्षमा आयोजना हुने यो नाच बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा तीन दिनसम्म चल्नेछ। जात्रा व्यवस्थापन समितिका अनुसार, भक्तपुरबाट देवीको प्रस्थान गराई आज अपरान्ह लायकु गणेशस्थानमा ल्याइनेछ। त्यसपछि परम्परागत नाचगुठीको नेतृत्वमा गुठीयार, ङत त्वाः समाजका सदस्य तथा स्थानीयवासीहरूको सहभागितामा नाच सुरु हुनेछ।समितिकी संयोजक भुलक्ष्मी मानन्धरका अनुसार, सांस्कृतिक बाजागाजासहित मङ्गल यात्रापछि देवीलाई लायकु डबलीमा प्रवेश गराइने र मध्यरातसम्म परम्परागत शैलीमा विभिन्न देवी–देवताको नाच प्रदर्शन गरिनेछ।यो नाच १२ वर्षमा एकपटक काठमाडौँको नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर,…
Read More
डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल

डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज यहाँ छलफल गर्नुभएको छ । जेनजी प्रदर्शनपछिको राजनीति र त्यसका मर्मअनुसार समग्र राजनीतिको पुनःगठनसहित वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि छलफल भएको बताइएको छ । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डिपी अर्याल, नेपाल समाजवादी नयाँ शक्तिका कार्यबाहक अध्यक्ष दुर्गा सोब, प्रगतिशील अभियानका नेताहरु जनार्दन शर्मा र सुदन किराँती, उज्यालो नेपाल अभियानलगायतका प्रतिनिधि सहभागी हुनुहुन्छ । रासस
Read More
‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न

‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मालम्बीहरूले ऐतिहासिकस्थल नमोबुद्धमा ‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न गरेका छन् । मङ्गलबारदेखि सुरु भएको जात्रा आज बिहान ‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै सम्पन्न भएको हो । कात्तिक शुक्ल पूर्णिमाको अघिल्लो रातदेखि सुरु भएको जात्राअन्तर्गत मेला भर्न गएका तामाङ र नेवार समुदायका मानिसले आफ्नो पितृको सम्झानामा दुई दिन दुई रात दीप प्रज्वलन गरेका हुन् । काभ्रेपलाञ्चोकको ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीयस्थान नमोबुद्धमा विशेषगरी कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्दै आएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङबज्र लामाले जानकारी दिनुभयो । “कात्तिक शुक्ल पूर्णिमा तिथिका दिन शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग…
Read More
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु नौ अर्ब २८ करोड ६७ लाख २० हजार सङ्कलन भएको छ । जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो । रासस
Read More
कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना प्रारम्भ गरेको छ । बुधबार यहाँ उक्त परियोजना सञ्चालक समितिको पहिलो बैठक सम्पन्न भएसँगै ८० लाख अमेरिकी डलर बराबरको पाँचवर्षे परियोजना बर्दियामा सुरु भएको हो । कोइकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकको अध्यक्षता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव नीता पोखरेल आर्याल तथा सह–अध्यक्षता कोइकाका देशीय निर्देशक कङ मुहोनले गर्नुभएको थियो । बैठकमा बर्दियाका बरबर्दिया, बाँसगढी, बढैयाताल, गेरुवा, गुलरिया, मधुवन, राजापुर र ठाकुरबाबाका नगरप्रमुखहरू, बर्दिया राष्ट्रिय निकुञ्जका प्रतिनिधि तथा कोरियन इन्स्टिच्युट फर डेभलपमेन्ट स्ट्राटेजीका व्यवस्थापन परामर्शकर्ता टोलीका सदस्य उपस्थित हुनुहुन्थ्यो । रासस
Read More
जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी) विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडिसी) ले सहयोग गर्ने भएका छन् । तीन दातृ निकायले आगामी तीन वर्षसम्म प्रदान गर्ने सहायतासम्बन्धी समझदारीपत्रमा बुधबार यहाँ हस्ताक्षर गरेका यहाँस्थित विश्व बैंकको कार्यालयले जनाएको छ । त्रिपक्षीय समझदारीअनुसार जलवायुजन्य जोखिम मूल्याङ्कन, सूचना प्रणालीको सुदृढीकरण एवं जलवायु जोखिम व्यवस्थापनलाई प्राथमिकता दिइनेछ । नेपाल बाढी, पहिरो, खडेरी तथा हिमनदी पग्लनेजस्ता जलवायुजन्य जोखिममा रहेकाले सहायता अपरिहार्य भएको जनाउँदै उक्त कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा त्यसबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । रासस
Read More
कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका अवसरमा आज बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । धार्मिक मान्यताअनुसार कमला नदीमा स्नान गर्दा ‘भूत–प्रेत’ हट्ने विश्वास रहँदै आएको छ । यही विश्वासका कारण विभिन्न जिल्लाका श्रद्धालुहरू नदीमा स्नान गर्न आएका हुन् । नदी क्षेत्रको इनर्वा, ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा, बसबिट्टा र सीमावर्ती भारतको जयनगरसम्म बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि उदयपुर, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट तथा भारतको बिहारसम्मका श्रद्धालुहरू कमला स्नानका लागि आएका छन् । स्थानीय निकायहरूले मेलाले धार्मिक एकता, सामाजिक सद्भाव र पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने…
Read More
सरकारका नाममा कारण देखाउ आदेश

सरकारका नाममा कारण देखाउ आदेश

सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । “यसमा मिति २०८२/०६/०५ मा गठन भएको जाँचबुझ आयोगका अध्यक्ष वा सदस्यले के, कुन उद्देश्य र आसयसहित निवेदनसाथ पेस भएका निजहरुका धारणाहरु सार्वजनिक भएका हुन भन्ने सम्बन्धमा निजहरुको लिखित जवाफमा खुल्ने नै देखिँदा तथा जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३९२० बमोजिम गठन भएको देखिन्छ”, आदेशमा भनिएको छ, “जाँचबुझ…
Read More
भरतपुरबाट भागेका वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

भरतपुरबाट भागेका वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् । वन्यजन्तु अपराधका कैदीबन्दी कारागार नफर्किंदा गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ । दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गर्ने व्यवसायका मुख्य अभियुक्तसमेत बाहिर रहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले उच्च सतर्कता अपनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले फरार भएकामध्ये केही कुख्यात तस्करका रूपमा कारागारमा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ठूलो कान्छा एवं सागर प्रजा भनिने विन्दरसिंह प्रजा, रमेश खाती, आइतसिंह मोक्तान कुख्यात तस्करीमा लागेकाहरू नफर्किंदा संरक्षणमा चुनौती थपिएको हो । निकुञ्ज…
Read More
दुई दिनमा सुनको भाउ २५ सय घटेको छ ।

दुई दिनमा सुनको भाउ २५ सय घटेको छ ।

दुई दिनमा सुनको भाउ २५ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन पनि सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेर २ लाख ३८ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ पनि बुधबार २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ । चाँदी रेकर्ड मूल्यबाट तोलामा ३६० रुपैयाँ घटेको छ ।  
Read More