गुणस्तर र सरसफाइको प्रतिबद्धतासहित भरतपुरस्थित वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा

गुणस्तर र सरसफाइको प्रतिबद्धतासहित भरतपुरस्थित वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा

गुणस्तर र सरसफाइको प्रतिबद्धतासहित भरतपुरस्थित वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा

भरतपुर , असार २४ – गुणस्तर, सरसफाइ र ग्राहकको विश्वासलाई केन्द्रमा राख्दै भरतपुरस्थित वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा आएको छ। संस्थाले अबका दिनमा खाद्य सुरक्षासम्बन्धी सबै मापदण्ड कडाइका साथ पालना गर्दै अझ गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। संस्थाका सञ्चालकका अनुसार विगतका अनुभवबाट आवश्यक सिकाइ लिँदै उत्पादन प्रक्रिया, भान्सा व्यवस्थापन, खाद्य गुणस्तर र सरसफाइका सम्पूर्ण पक्षलाई थप व्यवस्थित बनाइएको छ। ग्राहकको विश्वासलाई कायम राख्दै सेवा प्रवाहमा निरन्तर सुधार गर्ने लक्ष्यका साथ संस्था पुनः सञ्चालनमा आएको उनले बताए। नारायणगढ, भरतपुर, परसा र हेटौंडाबाट सेवा प्रदान गर्दै आएको वैष्णव मिस्ठान्नले स्थानीय अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आएको जनाएको छ। संस्थाले…
Read More
२५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई बेहोस बनाएर दाह्रा काटिने

२५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई बेहोस बनाएर दाह्रा काटिने

चितवन, असार २४ – पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ । दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो । उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उक्त हात्तीले गत शनिबार राति एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । उक्त घटनासहित २५ जनाको सोही हात्तीका कारण मृत्यु भएको अधिकृत पुर्जा पुनले बताउनुभयो । उहाँका अनुसार त्यस घटनापछि हात्तीको निरन्तर अनुगमन भइरहेको छ । त्यस हात्तीले मेघौलीको गोलाघाटस्थित सामुदायिक वनको गेटमा हानेर सोमबार साँझ स्थानीय दुई…
Read More
चितवनकी इन्दिरा श्रेष्ठको मूर्तिकारिताले बनायो प्रेरणादायी पहिचान

चितवनकी इन्दिरा श्रेष्ठको मूर्तिकारिताले बनायो प्रेरणादायी पहिचान

बागमती,असार २४ – चितवनको भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित ‘डिभाइन आर्ट स्टुडियो’का सञ्चालिका इन्दिरा श्रेष्ठको मूर्तिकारिता यतिखेर अन्यका लागि पनि प्रेरक बनेको छ । बाल्यावस्थाबाटै आफ्नो मूर्तिकारिताप्रतिको रुचिलाई व्यावहारिक जीवनमा सशक्त प्रयोग गरिरहनुुभएकी उहाँले यसबीचमा धेरै सङ्ख्यामा मूर्तिहरू निर्माण गरिसक्नुुभएको छ । देशका विभिन्न स्थानमा उहाँले तयार गरेका मूर्तिहरू पुगिसकेका छन् भने ठाउँठाउँमा हुने गरेको विभिन्न मूर्ति कार्याशालामा पनि उहाँको माग उत्तिकै बढ्दो छ । हालै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालित मझुवागढी मूर्ति कार्याशाला पुुगेर उहाँले साप्सु खोलाका ढुङ्गामा हेर्दै मनमोहक लाग्ने प्रकृतिपरक चरी अमिलीको पात निर्माण सम्पन्न गरिसक्नुुभएको छ । उहाँले तयार गरेका विभिन्न स्थानमा सजाइएका मूर्तिले पनि उहाँको मूर्तिकारितालाई…
Read More
भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन, असार २३ – भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो । स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिनुभयो । संस्थाले विसं २०७४ भदौबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । यस अवधिमा बिमामार्फत रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९।९७ प्राप्त गरिसकेको छ । गत आर्थिक वर्षमा रु चार लाख ४१ हजार पटक बिमा सेवा दिएको अस्पतालले यस आर्थिक वर्षमा पाँच लाखभन्दा बढी पटक सेवा…
Read More
चितवनका ११ सय किसानलाई ८४ लाख रुपैयाँ प्रोत्साहन रकम प्रदान

चितवनका ११ सय किसानलाई ८४ लाख रुपैयाँ प्रोत्साहन रकम प्रदान

चितवन, असार २३– कृषि विकास कार्यालय चितवनले गुणस्तरीय धान तथा गहुँको उन्नत बीउ उत्पादन गर्ने करिब १ हजार एक सय किसानलाई प्रोत्साहनस्वरूप करिब ८४ लाख रुपैयाँ वितरण गरेको छ। भरतपुर महानगरपालिका र माडी नगरपालिकाका करिब ८४० हेक्टर क्षेत्रफलमा उन्नत बीउ उत्पादन गरेका किसानलाई प्रति हेक्टर १० हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो। यस कार्यक्रमअन्तर्गत एक किसानले अधिकतम ४७ हजार रुपैयाँसम्म प्राप्त गरेका छन्। प्रोत्साहन रकम वितरण गर्दै बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव सुधीर श्रेष्ठले किसानलाई गुणस्तरीय बीउ उत्पादनमा निरन्तर लाग्न आग्रह गर्दै यस कार्यक्रमले आगामी दिनमा बीउ उत्पादन क्षेत्र विस्तार हुनुका साथै अझ गुणस्तरीय बीउ उत्पादनमा…
Read More
चितवनको बैष्णब रेष्टुरेन्टमा खाना खाँदा सागमा शंखेकिरा भेटियो,प्रशासनले लगायो ताला

चितवनको बैष्णब रेष्टुरेन्टमा खाना खाँदा सागमा शंखेकिरा भेटियो,प्रशासनले लगायो ताला

भरतपुर, असार २३- चितवनको भरतपुरस्थित बैष्णब रेष्टुरेन्टमा खाना खानेक्रममा सागमा शंखेकिरा भेटिएपछि जिल्ला प्रशासन कार्यालयले रेष्टुरेन्टमा ताला लगाएको छ । रेष्टुरेन्टमा खाना खान पुगेका सेवाग्राहीले सागमा शंखेकिरा फेला परेपछि प्रशासनलाई खबर गरेका थिए । त्यस लगत्तै प्रशासनको टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा रेष्टुरेन्टमा प्रयोग भइरहेको तेलको गुणस्तर पनि कमजोर देखिएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले नारायणी अनलाइनलाई जानकारी दिनुभयो। उहाँका अनुसार रेष्टुरेन्टलाई तत्कालका लागि बन्द गरिएको छ। आवश्यक सुधारका लागि प्रतिबद्धता जनाउने, तोकिएको जरिवाना बुझाउने तथा मापदण्ड पूरा गरेपछि मात्र पुनः सञ्चालनको अनुमति दिइनेछ,उहाँले भन्नुभयो । प्रशासनले खाद्य स्वच्छता र गुणस्तरमा कुनै सम्झौता नगर्ने भन्दै होटल तथा रेष्टुरेन्ट…
Read More
धुर्बे हात्ती आक्रमणका पीडित परिवारलाई भरतपुर महानगरका मेयर चित्रसेन अधिकारीको साथ, एक सदस्यलाई रोजगारीको सुनिश्चितता

धुर्बे हात्ती आक्रमणका पीडित परिवारलाई भरतपुर महानगरका मेयर चित्रसेन अधिकारीको साथ, एक सदस्यलाई रोजगारीको सुनिश्चितता

चितवन : धुर्बे हात्तीको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का पीडित परिवारलाई भरतपुर महानगरपालिकाले राहत, रोजगारीको सुनिश्चितता तथा आवश्यक सहयोग उपलब्ध गराएको छ। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारती, वडा नं.–२३ का अध्यक्ष दीपक दवाडी, अन्य वडाध्यक्षहरू तथा महानगरका विभागीय प्रमुखहरूको टोलीले घटनास्थल पुगेर शोकसन्तप्त परिवारसँग भेट गर्दै समवेदना व्यक्त गरेको हो। महानगरले पीडित परिवारका एक सदस्यलाई रोजगारीको सुनिश्चितता गर्नुका साथै करिब ४ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको खाद्यान्न र राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ। कार्यवाहक प्रमुख अधिकारीले नागरिकको दुःख–सुखमा महानगर सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि अब नयाँ नीति,…
Read More
प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न चितवनमा प्राङ्गारिक बिक्री कक्ष स्थापना

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न चितवनमा प्राङ्गारिक बिक्री कक्ष स्थापना

चितवन, असार २३ – जिल्लामा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–७ मा जिल्ला प्राङ्गारिक सङ्घ चितवनको प्राङ्गारिक बिक्री कक्ष स्थापना गरिएको हो । जिल्ला कृषि विकास कार्यालय चितवनको सहयोग र सङ्घको समन्वयमा रु २० लाखको लागतमा बिक्री केन्द्र स्थापना गरिएको हो । सङ्घका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार उत्पादनको सन्तुलन नमिल्दा बजारीकरणमा समस्या भएपछि आफ्नै बिक्री कक्ष स्थापना गरिएको छ । उहाँले भन्नुभयो, “कुन सिजनमा कुन वस्तु कुन किसानले उत्पादन गर्ने भन्ने विषयमासहज होस् भनेर बिक्री केन्द्र स्थापना गरिएको हो ।” प्राङ्गारिक खेती गर्ने किसानले यस कक्षमा ल्याएर सामाना बिक्री वितरण गर्न छोड्न…
Read More
खण्डहर भएको देउवा निवासमा टाँसियो जयवीरको नाममा पूर्जी

खण्डहर भएको देउवा निवासमा टाँसियो जयवीरको नाममा पूर्जी

काठमाडौं, असार २३- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयबीरलाई वयानमा बोलाएको छ। आज एक सार्वजनिक सूचनामार्फत विभागले सम्पत्ति शुद्धीकरण कसुको असनुसन्धानका लागि केही कुरा बुझ्नुपर्ने भएकाले सात दिनभित्र कार्यालयमा आउन पूर्जी जारी गरेको हो। भदौको आन्दोलनमा खरानी भएको देउवा निवासमा पूर्जी टाँसिएको छ। जेनजी आन्दोलन पश्चात देउवाको परिवार सम्पत्ति शुद्धीकरण अनुसन्धानमा परेको हो। केही दिनअघि मात्र देउवा दम्पत्तिले विभागलाई पत्र लेख्दै आफूहरु उपचारका शिलशिलामा विदेशमा रहेकाले साउन २६ गते नेपाल आउने जानकारी गराएका थिए। जयवीर पनि परिवारसँग विदेशमै रहेको बताइन्छ। परिवार शक्तिमा रहेका बेला जयबीरले आफ्नो व्यवसाय विस्तारका लागि शक्तिको दुरुपयोग गर्ने गरेको र रकम व्यवस्थापन गर्ने…
Read More
१४ दिनमै एसइई मौका परीक्षा नतिजा प्रकाशित !

१४ दिनमै एसइई मौका परीक्षा नतिजा प्रकाशित !

काठमाडौं, असार २३- माध्यमिक शिक्षा परीक्षा(एसइई)को ग्रेडवृद्धि(पूरक) अर्था्त मौका परीक्षा सञ्चालन भएकाे १४ दिनमै प्रकाशित भएको छ। बोर्डले आज प्रकाशित गरेको परीक्षफलअनुसार १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएकोमा ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको ६४‍.६९ प्रतिशत हो। असार १ गतेदेखि ९ गतेसम्म पुरक परीक्षा सञ्चालन भएको थियो। यसअघि एसइई नतिजा एक महिना अर्थात वैशाख महिनामै प्रकाशित भएकाे थियाे। पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ। जसअनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि बोर्डको कार्यालयको वेबसाइटमामा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्ने बोर्डले जनाएको छ। पुनर्योगका लागि आवेदन गर्न…
Read More