जेनजी आन्दोलनपछि पहिलोपटक देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको होटेल हिमालयमा बस्नेछ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्नेछ । देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवाले पहिलोपटक पदाधिकारी बैठक बोलाएका हुन् । जेनजी आन्दोलनका क्रममा घरमै आक्रमण परेर घाइते भएर अस्पताल भर्ना भएका देउवा त्यसयता सार्वजनिक भएका छैनन् । देउवा अस्पतालबाट डिस्चार्ज भए पनि अहिलेसम्म सार्वजनिक भएका छैनन् । घरमा समेत लुटपाट, आगजनी र तोडफोड…