गाई पाल्ने किसानलाई चुनौतीपूर्ण बन्दै बाच्छा व्यवस्थापन,जङ्गलमा लगेर छाड्नुपर्ने बाध्यता
चितवन,१ कात्तिक । उन्नत जातका गाईको बाच्छा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । जन्मेपछि पालनपोषण गरेर पनि उपयोग नहुने भएपछि किसानका लागि बाच्छा व्यवस्थापन झन्झटिलो बनेको हो । खेतबारी जोत्न पनि उपयोगमा नआउने भएकाले कतिपयले बाच्छा जङ्गलमा लगेर छाड्ने गरेका छन् । कालिका नगरपालिकाका राधेश्याम खतिवडा घरमा पालिएको उन्नत जातको गाईको बाच्छो हिँड्डुल गर्नसक्ने भएपछि थोरै रकम दिएर पठाउने गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लगेका मानिसले के गर्छन् थाहा छैन, तर रु पाँच सय–हजार दिएर पठाउने गर्छौँ ।” बाच्छी मात्रै जन्मिने सिमेन (वीर्य) पाइने भएकाले त्यसतर्फ राज्यले ध्यान दिन सके यो समस्या हट्ने उहाँको भनाइ छ । चितवन जिल्ला दुग्ध…