खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएपनि नमानेको हर्कको दाबी

खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएपनि नमानेको हर्कको दाबी

खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएपनि नमानेको हर्कको दाबी

धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव आएको बताएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव आएको बताएका छन् । तर, आफू नमानेको दाबी गरेका हुन्। हेर्नुहोस्, स्टाटसः प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली गरेका साम्पाङ यसबीच बालुवाटार पुगेर गृहमन्त्री बनाउन माग गरेको खबर पनि बाहिएको थियो तर उनले त्यसलाई झुट भनेका थिए।  
Read More
आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री डा रामेश्वर खनालले राजनीतिक दबाबमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब रु एक खर्ब स्रोत जुटाउन सकिने बताउनुभएको छ । आज मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले छ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेटमा परेका आयोजना फिल्टर तथा कार्यक्रम कटौती गरी स्रोत जुटाइने बताउनुभयो । उहाँले आजै बजेटमा भएका कार्यक्रम कटौतीका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गर्नुभएको छ । उक्त कार्यदलले बजेटका आयोजनालाई फिल्टर गरी प्राथमिकिकरण गर्नेछ । उहाँले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने बताउनुभयो…
Read More
जितिया पर्वको व्रत समापन

जितिया पर्वको व्रत समापन

महिलाहरुले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ । यो पर्वमा महिलाहरुले तीन दिन विधिपूर्वक अनुष्ठान सम्पन्न गर्छन् । यस वर्षको जितिया पर्वअन्तर्गत शनिबार राति ‘ओगटन’ (दर) खाएर महिलाहरुले व्रत सुरु गरेका थिए । त्यसपछि आइतबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाहरुले आज बिहान नुहाइधुवाइ गरी व्रत समापन गर्नुभएको हो । व्रतको दोस्रो दिन महिलाहरुले जितमाहा अर्थात् धर्मवीर पुत्र जितुवाहनको कथावाचन तथा पूजा–अर्चना गरी सन्तानको दीर्घायुको कामना गर्नुभएको थियो । पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्नग्रहण गरी व्रत समापन गरिन्छ । विशेषगरी मिथिला क्षेत्र, तराई मधेसका जिल्ला, काठमाडौँलगायत सहरमा रहेका…
Read More
गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकलाई परिवारलाई जनही एक लाख किरिया खर्च

गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकलाई परिवारलाई जनही एक लाख किरिया खर्च

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदबहाली गरेका छन् । शीतल निवासमा शपथ लिएपछि सिंहदरबार छिरेका उनले जेन-जी आन्दोलनसँग सम्बन्धित निर्णय गरेका हुन् । यही भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएका ७२ जनाका परिवारलाई काजकिरियाका लागि एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय उनल े गरे । उनले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णयसहित त्यसबेला राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको पनि बताएका छन् ।  
Read More
खनाल, घिसिङ र अर्यालले लिए मन्त्रीको शपथ

खनाल, घिसिङ र अर्यालले लिए मन्त्रीको शपथ

अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार (भदौ ३०) पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार (भदौ २९) राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत अधिकारी सहभागी थिए ।  
Read More
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११ः०० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो । वर्षाको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुदाँ सावधानीपूर्वक रोकेर हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।
Read More
जिल्ला कारागार भरतपुरमा कैदीबन्दीहरू फर्किने क्रम जारी ,हालसम्म तीन सय ३४ कैदीबन्दी फर्किए

जिल्ला कारागार भरतपुरमा कैदीबन्दीहरू फर्किने क्रम जारी ,हालसम्म तीन सय ३४ कैदीबन्दी फर्किए

जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दीहरू फर्किने क्रम जारी रहेको छ । हालसम्म ३३४ जना कैदीबन्दी फर्किएका छन् । १५ जना अन्य कारागारका समेत यहाँ सम्पर्कमा आएका छन् । कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार यहाँबाट गएका ७४२ जनामध्ये ५० जनाबाहेक अरू सम्पर्कमा छन् । आएकामध्ये ३० महिला हुन् भने ३०४ जना पुरुष हुन् । महिलासँग दुई जना आश्रित बालबालिका समेत आएका छन् । कारागारमा ४६ जना महिला तथा ६९२ जना पुरुष कैदीबन्दी भागेका थिए । अन्य दुई जना भने भागेका थिएनन् । उनीहरूसँग चार जना आश्रित बालबालिका रहेको उहाँले जानकारी दिनुभयो । यस कार्यालयबाट भागेकामध्ये चार जना रूपन्देही कारागारमा र…
Read More
पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका–५ सुप्लामा रहेको प्रसिद्ध चार ढुङ्गे सन्तानेश्वर महादेव मन्दिर ओझेलमा परेको छ । दोस्रो हलेसीसमेत भनेर चिनिने यो स्थान प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । यहाँ महारुद्र, हिमालय, शिव लिङ्ग, गुप्तेश्वर महादेव, काली नाग, सेती नाग, सहस्श्र नाग, जलपा, पञ्चकोटी, झाक्री झाक्रिना, सिद्ध सिकारी, महारानी ठकुरारी, सिंहदेवी, शिलतादेवी, किरातेश्वर महादेव, रक्तकन्याको मूर्ति रहेको मन्दिरका पूजारी प्रेमबहादुर खड्काले बताउनुभयो । यहाँ रामनवमी, तीज, शिवरात्रि, बालाचतुर्दशीलगायत अवसरमा भव्य मेलासमेत लाग्ने गरेको खड्काले जानकारी दिनुभयो । यो स्थानमा दर्शन गरेमा सन्तान प्राप्त हुने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस आउने गरेका छन् । प्रसिद्ध धार्मिकस्थल भए पनि…
Read More
नख्खु कारागारबाट फरारमध्ये फर्किए २०६ कैदीबन्दी

नख्खु कारागारबाट फरारमध्ये फर्किए २०६ कैदीबन्दी

‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा यही भदौ २४ गते ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २०६ जना पुनः कारागार फर्किएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २०६ कैदीबन्दी हालसम्म कारागार फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ। कारागार प्रशासनले सम्पूर्ण फरार कैदीबन्दीलाई उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न सार्वजनिक अपिल गरेपछि उनीहरु सम्पर्कमा आएका हुन् । नख्खु कारागारमा रहेका तीन ब्लकमा जम्मा एक हजार २८१ कैदीबन्दीमध्ये हालसम्म २०६ जना फर्किसकेका र केही सम्पर्कमा आइसकेको कारागार प्रशासनका सूचना अधिकारी मुरारी कार्कीले जानकारी दिए। कारागार प्रशासनले फरार सबैलाई कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै आत्मसमर्पण गर्न र…
Read More
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित छबुँदे निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो । आज उहाँको अध्यक्षतामा बसेको बैठक बसेको थियो । उक्त समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ अध्यक्षलगायत सरोकारवाला सहभागी हुनेछन् । यस्तै बैठकले चाडपर्वको समयमा उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक…
Read More