चितवनमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु, चालक घाइते

चितवनमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु, चालक घाइते

चितवनमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु, चालक घाइते

चितवन, भदौ २५- पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। रत्ननगर नगरपालिका-३ स्थित पुरानो यमाहा सोरुम अगाडि बिहीबार बिहान करिब ९:४५ बजे दुर्घटना भएको हो। टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ३ ख ५१८७ नम्बरको ट्रकले विपरीत दिशा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ३९ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट स्कुटरमा पछाडि सवार मकवानपुरको मनहरी गाउँपालिका-७ का ३८ वर्षीय प्रितम मोक्तानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानलाई उपचारका लागि बकुलहर अस्पताल टाँडी लगिएकोमा उपचारकै क्रममा बिहान ९:५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।…
Read More
सुनको मूल्य आज ३ हजार ४ सयले बढ्यो

सुनको मूल्य आज ३ हजार ४ सयले बढ्यो

काठमाडौँ, भदौ २५- नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) ३ हजारले घटेको सुनको मूल्य आज भने प्रतितोला ३ हजार ४ सयले बढेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको जानकारी दिएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ३ हजार ७५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ८५५ रुपैयाँ पुगेको छ। यसरी चाँदी १०५ रुपैयाँले बढेर कारोबार हुँदैछ।
Read More
कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

चितवन, भदौ २५ – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ । चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर बुधबार काठमाडौँ पठाइएको हो ।नेपाल ग्यास उद्योग, नारायणीबाट चार हजार ५४३ सिलिन्डर विभिन्न कम्पनीको भरेर पठाइएको छ । जसमध्ये एचपी एक हजार २१३ सिलिन्डर, नेपाल ग्यास एक हजार ६७८ सिलिन्डर, गीता १४० सिलिन्डर र सागर एक हजार ५१२ सिलिन्डर छन् । यस्तै, नोबेल ग्यास उद्योग धनुषाबाट सागर उद्योगका पाँच हजार ६१८ सिलिन्डर भरी काठमाडौँ पठाइको नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय सदस्य विमल…
Read More
चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि जुटाए राहत

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि जुटाए राहत

चितवन, भदौ २३ – चितवन कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक सङ्कलनसँगै श्रमदान गरेर प्रभावित परिवारका लागि आवश्यक बन्दोबस्तीका सामग्री जुटाएका हुन् । सोमबार कारागार परिसरमा आयोजित कार्यक्रममा कैदीबन्दीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई राहत सामग्री हस्तान्तरण गरेका हुन् । कैदीबन्दीले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काइयो गरी १२५ सेट सामग्री उपलब्ध गराएका छन् । राहत सामग्री खरिदका लागि कैदीबन्दीले व्यक्तिगत रूपमा १०० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म सहयोग गरेका थिए । सङ्कलित रकमबाट ३ लाख ६७ हजार ३६ रुपैयाँ बराबरको सामग्री…
Read More
चितवनका चेपाङ समुदायले घरघरमै मनाए न्वागी

चितवनका चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ (चितवन), भदौ २३ – चेपाङ समुदायल यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । भोटेकोशी बाढी पहिरोका कारण देशलाई पीडा परेको भन्दै सो समुदायले आ–आप्mनो घरमा गच्छेअनुसार चाढ मनाए । विगतका वर्षहरुमा भने न्वागी सामूहिक रुपमा एकजुट भएर मनाइन्थ्यो । चेपाङ समुदायले न्गागीलाई आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व मान्दै आएको छ । हरेक वर्ष भदौ २२ गते विशेष रूपमा मनाइने न्वागी यस वर्ष तडकभडक र औपचारिक कार्यक्रम नगरी परिवार र आफन्तबीच परम्परागत विधिअनुसार मनाइएको नेपाल चेपाङ सङघले जनाएको छ । सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले विगतका वर्षमा सामूहिक न्वागी मनाइने गरे पनि यस वर्ष देशको अवस्थालाई ध्यानमा राख्दै औपचाचिरक…
Read More
सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न : आन्दोलनका पीडित र उपलब्धिका लाभार्थी किन फरक-फरक ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न : आन्दोलनका पीडित र उपलब्धिका लाभार्थी किन फरक-फरक ?

काठमाडौं , भदौ २३- जेनजी आन्दोलनको पहिलो वार्षिकीका अवसरमा नेपाल जेनजी फ्रन्टले सरकार र राजनीतिक नेतृत्वमाथि प्रश्नैप्रश्न उठाउँदै बहसपत्र सार्वजनिक गरेको छ। फ्रन्टले आन्दोलनका क्रममा उठाइएका सुशासन, जवाफदेहिता, पारदर्शिता, संस्थागत सुधार र डिजिटल अधिकारका एजेन्डा एक वर्षपछि कहाँ पुगे भन्ने समीक्षा गर्नुपर्ने बताएको छ। मंगलबार सार्वजनिक बहसपत्रमा जेनजी आन्दोलनका क्रममा भएको १० बुँदे सम्झौताको कार्यान्वयनदेखि आन्दोलनकारीमाथिका मुद्दा, भूमिहीन तथा सुकुम्बासीको समस्या, संसद्को भूमिका, स्वास्थ्य बीमा, भदौ २३ र २४ का घटनाको छानबिन तथा सुरक्षा निकायको सुधारसम्मका विषय उठाइएको छ। फ्रन्टले आन्दोलनका क्रममा पक्राउ परेका तथा मुद्दा खेपिरहेका जेनजी आन्दोलनकारीको अवस्था सम्झौता कार्यान्वयनको प्रमुख प्रश्न भएको जनाएको छ। ‘जेनजी जेलमा, नेताहरू…
Read More
चितवनमा पहिरोको जोखिम घटाउन तुइन खोलाको ढिस्को भत्काइँदै

चितवनमा पहिरोको जोखिम घटाउन तुइन खोलाको ढिस्को भत्काइँदै

चितवन, भदौ २३ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन सुरु गरिएको छ । सवारीसाधन आंशिक रुपमा रोकेर सोमबारदेखि झार्न सुरु गरिएकोमा आज ‘व्याक ह्याम्बर’को प्रयोग गरेर ढिस्का खसालिँदै छ । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सडक रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो । सोमबार दिनभर गलको सहायताले ढिस्का झारिएको थियो । आजदेखि व्याक ह्याम्बरको सहायताले ढिस्का झारिने छ । छ वटा ती उपकरण परिचालन गरिँदै छ । आवश्यकताअनुसार व्याक ह्याम्बर थप्नका लागि तयारी गर्न निर्माण व्यवसायीलाई भनिएको घिमिरेले बताउनुभयो । प्राविधिक एवं मजदुरहरु पेटीको सहायताले भिरमा…
Read More
लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेर ३ लाख ५ हजार नाघ्यो

लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेर ३ लाख ५ हजार नाघ्यो

काठमाडौँ, भदौ २३- यो साता लगातार दुई दिन घटेको सुनको मूल्य आज (मंगलबार) बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार ५ सय रुपैयाँले बढेको हो। योसँगै आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो (सोमबार) सुन प्रतितोला तीन लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला चार हजार ६ सय ९० रुपैयाँ रहेको चाँदी मंगलबार १०० रुपैयाँले बढेर प्रतितोला चार हजार ७ सय ९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
Read More
चितवनमा डेढ महिनादेखि लाइसेन्स ट्रायल सेवा ठप्प, सर्वोच्चको आदेशपछि नयाँ टेन्डर प्रक्रिया अन्योलमा

चितवनमा डेढ महिनादेखि लाइसेन्स ट्रायल सेवा ठप्प, सर्वोच्चको आदेशपछि नयाँ टेन्डर प्रक्रिया अन्योलमा

चितवन,  भदौ २२ – चितवनमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा सेवा डेढ महिनादेखि ठप्प छ। भरतपुरस्थित यातायात व्यवस्था कार्यालयले भदौ १० गते सूचना जारी गर्दै ‘विशेष कारणवश’ चालक अनुमति पत्रको लिखित, प्रयोगात्मक तथा पुनःप्रयोगात्मक परीक्षा हाललाई स्थगित गरिएको जनाएको छ। तर, कार्यालयले औपचारिक सूचना जारी गर्नुअघि नै करिब डेढ महिनादेखि ट्रायल सेवा अवरुद्ध थियो। सेवा बन्द हुँदा नयाँ लाइसेन्स, वर्ग थप तथा पुनःप्रयोगात्मक परीक्षाका लागि आवेदन दिने सेवाग्राही प्रभावित भएका छन् । भरतपुरका रमेश भट्टले जिल्लामै ट्रायल सेन्टर हुँदाहुँदै सेवा बन्द भएपछि एक महिनादेखि लाइसेन्सका लागि पर्खिरहेको बताए । ‘जिल्लामै ट्रायल सेन्टर भएकाले बाहिर जानु नपर्ला…
Read More
भोटेकोशी बाढी परेर मृत्यु भएका चितवनका काफ्लेको सम्झनामा अक्षयकोष

भोटेकोशी बाढी परेर मृत्यु भएका चितवनका काफ्लेको सम्झनामा अक्षयकोष

चितवन, भदौ २२ – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका इन्जिनियर विमल काफ्लेको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ । आज परेको १३औँ दिनको पुण्यतिथिका अवसरमा काफ्ले परिवारले उहाँ पढेको विद्यालयलाई अक्षयकोषबापत रु दुई लाख ५५ हजार ४२९ हस्तान्तरण गरेको हो । स्वर्गीय काफ्लेका बुबा महोदत्त काफ्ले र उहाँको परिवारले जनजीवन माध्यमिक विद्यालय माडीका प्रधानाध्यापक अमृता केसी र शिक्षक रामप्रसाद भण्डारीलाई सो रकम वराबरको चेक हस्तान्तरण गर्नुभएको हो । कक्षा १० सम्म विद्यालयमा प्रथम हुँदै आएका काफ्लेको सम्झनामा स्थापना गरिएको अक्षयकोषबाट विद्यालय प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गर्ने गरी कोष स्थापना गर्न रकम हस्तान्तरण गरिएको बुबा महोदत्तले…
Read More