इन्धनको मूल्य घट्यो

इन्धनको मूल्य घट्यो

इन्धनको मूल्य घट्यो

काठमाडौँ,१४ असोज ।  चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।
Read More
राजधानीमा महिला किसान सिकाइ शिविरमा समीक्षा  जनक कार्की

राजधानीमा महिला किसान सिकाइ शिविरमा समीक्षा जनक कार्की

काठमाडाैं । राष्ट्रिय किसान समूह महासंघको आयोजनामा महिला किसान मञ्चको ६ दिने सिकाई शिविरको अन्तिम दिन समीक्षा कार्यक्रमको आयोजना गरिएको छ । ६ दिनसम्म सिकाई शिविरमा रही महासंघका ५ वटा मुख्य एजेण्डामाथि बिस्तृत रुपमा छलफल गर्नुका साथै सिकाईका विविध प्रकृयाहरु अपनाएर शिविरमा सिकेका कुराहरु समीक्षा कार्यक्रममा व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघको तहगत संरचना अन्तर्गत महिला किसान मञ्चको गठन गर्नुका साथै संगठनको सुदृढीकरण र सवलिकरण गिरएको हो ।  महिला किसान मञ्चका संयोजक अनिता बस्नेतको अध्यक्षतामा संचालन गरिएको यस कार्यक्रममा सिकाई शिविरका सिकाईहरु ग्यालरी प्रदर्शनी, प्रस्तुतिकरण एवं प्यालन छलफलका माध्यमद्धारा प्रस्तुत गरिएको थियो । यस सिकाई शिविरमा महिला…
Read More
सेवा नेपालको अध्यक्षमा टीकाकुमारी अधिकारी चयन

सेवा नेपालको अध्यक्षमा टीकाकुमारी अधिकारी चयन

रत्ननगर । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)को अध्यक्षमा टीका कुमारी अधिकारी चयन भएकी छन् । गैंडाकोटमा आयोजना गरिएको संस्थाको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोमा अधिकारी, सचिवमा शैलजा घिमिरे पौडेल, कोषाध्यक्षमा इन्दिरा वाग्ले, सहसचिवमा तुलसी थापा र सदस्यहरुमा कल्पना रिमाल, इन्द्रकुमारी भूषाल, चन्द्राकला अधिकारी, शारदा केसी रायमाझी, चनवती श्रेष्ठ, रेखा सुनार चयन भएका छन् । सेवा नेपालको संस्थापक अध्यक्षमा निर्वतमान अध्यक्ष पार्वती न्यौपाने रहेकी छन् । सेवा नेपालको कार्यक्षेत्र छ वटा प्रदेशको प्रतिनिधित्व हुने गरी सर्वसम्मत रुपमा समिति चयन गरिएको सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी…
Read More
रत्ननगर रेडक्रसको २७औं साधारण सभा

रत्ननगर रेडक्रसको २७औं साधारण सभा

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरको २७औं बार्षिक साधारण सभा सोमबार गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति हरि पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा कोषाध्यक्ष चन्द्रकान्त ओझाले आर्थिक प्रतिवेदन तथा सहकोषाध्यक्ष बलभद्र घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपशाखाका विशिष्ठ सदस्यहरु डा. कृष्णप्रसाद पौडेल र नवराज तिमिल्सिनालाई सम्मान गरिएको थियो । सो अबसरमा जिल्ला सभापति पौडेलले मानवीय सेवा कार्यमा रेडक्रसले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै विपद्मा उद्दार र राहत वितरण कार्यमा रेडक्रस अग्रणी स्थानमा उभिदै आएको बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाकी निर्वतमान उपमेयर विमला दुवाडी, वडा नं ४ का वडाध्यक्ष रामकुमार चौधरी, वडा…
Read More
रत्ननगरमा भोलीदेखि वडाध्यक्षकप फुटबल प्रतियोगिता हुने

रत्ननगरमा भोलीदेखि वडाध्यक्षकप फुटबल प्रतियोगिता हुने

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १६ स्थित हातीगाडेमा भोली मंगलबार देखि प्रथम वडाध्यक्षकप फुटबल प्रतियोगिता हुँदैछ । मुनाल ब्वाईजको आयोजनामा असोज १५ गतेदेखि २३ गते सम्म हुने सो प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगितामा रत्ननगर र यस आसपासका झन्डै २० टोलीको सहभागिता रहने कार्यक्रम संयोजक अनमोल गुरुङले जानकारी दिए । प्रतियोगितामा विजेता हुने टिमले नगद रु ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए । वडा १६ को मुख्य सहयोगमा हुन…
Read More
रत्ननगर वडा नं ९ का बाढी पीडितलाई राहत वितरण

रत्ननगर वडा नं ९ का बाढी पीडितलाई राहत वितरण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ९ का विपन्न समुदायका बाढी पीडितलाई राहत वितरण गरिएको छ । वडा कार्यालयले २३ घरधुरीलाई राहत वितरण गरेको हो । वडा अन्तर्गत लालपर्सा, बालुवाटार, कपरफोरी, कुमालटोलका बाढी पीडितलाई प्रतिघरधुरी २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर तेल, २ किलो चिउरा, १ पोका दालमोठ, २ बोका मस्यौरा र साढे दुई किलो आलु प्रदान गरिएको वडासचिव सुर्यप्रसाद ढुंगानाले जानकारी दिए । वडाध्यक्ष अनन्त अधिकारी, वडा सदस्यहरु कमानसिंह चौधरी, शुष्मा खड्काथोकी र लेखबहादुर तामाङले बाढी पीडितलाई राहत हस्तान्तरण गरेका थिए । वडाध्यक्ष अधिकारीले बाढीबाट प्रभावित विपन्न समुदायका घरधुरीलाई राहत वितरण गरिएको बताए ।…
Read More
गैंडाकाेटमा सेवा नेपालको अधिवेशन सुरु : नयाँ समिति चयन  हुने

गैंडाकाेटमा सेवा नेपालको अधिवेशन सुरु : नयाँ समिति चयन हुने

गैंडाकाेट । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) काे तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन आइबार देखि गैंडाकाेटमा सुरु भएकाे छ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले उद्घाटन गरेको साधारण सभामा संस्थाकी अध्यक्ष पार्वती न्याैपानेले सेवा नेपालकाे परिकल्पना, उद्देश्य र लक्ष्यका बारेमा प्रकास पारेकी थिइन्  । साधारण सभामा सहसचिव टीका अधिकारीले आर्थिक बर्ष २०८०/८१ को प्रगति प्रतिवेदन र चालु आबको नीति तथा कार्यक्रम, कोषाध्यक्ष अफ्सरा घिमिरेले आर्थिक बर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन तथा आर्थिक बर्ष २०८१/८२ को अनुमानित बजेट तथा सेवा नेपालकी कार्यकारी निर्देेशक विष्णुकुमारी नेपालले दीर्घकालिक रणनीतिक याेजनाकाे लक्ष्य, उद्देश्य र परिकल्पनाकाे बारेका प्रकाश पारेकी थिइन् ।…
Read More
टि ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालसँग ओमान ३७ रनले पराजित

टि ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालसँग ओमान ३७ रनले पराजित

काठमाडौं,१४ असोज  । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा आज सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो । ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे । ओमानलाई एक सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे । रिजन ढकाल, दीपेन्द्र…
Read More
आज २०८१ साल असोज १४ गते सोमवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज १४ गते सोमवार, यस्तो छ तपाईको राशिफल

चितवन, १४ असोज । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वाहन सुख पनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । घरायसी विवाद बढ्नेछ । चोटपटक पनि लाग्न सक्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कर्कट…
Read More
सपना भिलेजद्वारा बाढी पीडित सुकुमबासीलाई राहत वितरण

सपना भिलेजद्वारा बाढी पीडित सुकुमबासीलाई राहत वितरण

रतननर । रतननगर नगरपालिका वडा नं ८ रमाइलाे सुकुमबासी बस्तीका बाढी पीडितलाई राहत वितरण गरिएकाे छ । सपना भिलेज साेसल इम्प्याक्टले २० घरधुरी सकुमबासीलाई राहत वितरण गरेकाे हाे । उनीहरुलाई प्रतिघरघुरी २० किलाे चामल, दुई किलाे दाल, दुई लिटर तेल, दुई पाेका मस्याैरा र एक किलाे नुन प्रदान गरिएकाे सपना भिलेज साेसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । असाेज १२ गते बुढी राप्ती नदीमा आएकाे बाढी सुकुमबासी बस्ती डुवानमा परेकाे थियाे । बस्ती डुवानमा परेेपछि त्यहाका सुकुमबासी समुदायलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएकाे थियाे । रत्ननगरका मेयर प्रलाद सापकाेटा, उपमेयर यादव प्रसाद पाठक, वडा नं ७ का वडाध्यक्ष सजना महताे,…
Read More