काभ्रेका १३५ वडाबाटै अनलाइनबाट नागरिकता सिफारिस
गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा यहाँ प्रभावकारी बन्दै गएको छ । गत भदौ १ गतेदेखि लागू गरिएको उक्त सेवाअन्तर्गत जिल्लामा पाँच महिनामा चार हजार १७७ जनालाई नागरिकता प्रदान गरिएको छ । जिल्लाका सबै १३५ वडाबाटै एकसाथ अनलाइनबाट नागरिकता सिफारिस सुरु गरिएको हो । नागरिकताका लागि सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा अनलाइन सिफारिस गर्नुअघि वडाहरूले आवश्यक कागजात अनलाइनमार्फत स्क्यान गरेर पेस गर्छन् । तिनै कागजात र अनलाइनबाट प्रिन्ट भएको सिफारिससहित सेवाग्राही नागरिक जिल्ला प्रशासन कार्यालय पुगेर सोही सिफारिसका आधारमा द्रुतगतिमा नागरिकले सेवा लिन्छन् । यस्तै वडाले अपलोड गरेको फाइल कोडका आधारमा व्यक्तिको ‘इन्ट्री’ गरेलगत्तै वडाबाट भरेको विवरणका…