यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा
काठमाडौँ, जेठ १- काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानअन्तर्गत यान्त्रिक अवस्था कमजोर रहेका १७ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) प्रवेशद्वारम क्षेत्रमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको थियो । सो अभियानका क्रममा ४७ वटा सवारीसाधनको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा १७ वटा सवारीसाधन मापदण्डअनुसार नरहेको पाइएपछि चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक प्रहरीका अनुसार जाँचका क्रममा कतिपय सवारीसाधनमा ह्याण्डब्रेक दुरुस्त नभएको, लाइट बिग्रिएको, टायर अत्यधिक खिइएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो ।…