माग बढी हुँदा फेरि बढ्यो अन्डाको मूल्य

माग बढी हुँदा फेरि बढ्यो अन्डाको मूल्य

माग बढी हुँदा फेरि बढ्यो अन्डाको मूल्य

भोलि मंगलबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाइएको छ । भोलि मंगलबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाउने निर्णय गरेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ । १३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ यस्तै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ६५ रुपैयाँ र मध्यम अन्डाको भाउ प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ । १३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट…
Read More
वैदेशिक रोजगारी ठगी : प्रलोभन देखाउँदै लाखौं असुल्ने, काममा नलगाइ अलपत्र पार्ने

वैदेशिक रोजगारी ठगी : प्रलोभन देखाउँदै लाखौं असुल्ने, काममा नलगाइ अलपत्र पार्ने

२१ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिक ठगीमा पर्ने क्रम बढ्दो छ । हरेक वर्ष यो संख्या ठूलो मात्रामा बढिरहेको छ । विशेषगरी व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरू यस्ता खालका समस्यामा परिरहेका छन् । युरोप तथा राम्रा देशका सपना बोकेर हिँड्ने श्रमिक दलालको ठगी जालोमा पर्ने गरेको देखिन्छ । पछिल्लो समय म्यानपावर कम्पनीभन्दा एजेन्ट तथा दलालको प्रलोभनमा परेर जाने र समस्यामा पर्ने गरेको पाइएको हो । यद्यपि, एजेन्ट तथा दलालले समेत म्यानपावर कम्पनी मार्फत नै पठाउने गरे पनि कानुनी रूपमा ती संस्था जोडिएको देखिँदैन । दलाल तथा म्यानपावर कम्पनीका चलाखीले गर्दा श्रमिक ठगिने तर त्यसलाई व्यक्तिगत श्रम स्वीकृतिमा गएको…
Read More
सिनामंगलमा असईले गरे आफ्नै ४ महिने छोराको हत्या, प्रहरी जवान श्रीमती पनि घाइते

सिनामंगलमा असईले गरे आफ्नै ४ महिने छोराको हत्या, प्रहरी जवान श्रीमती पनि घाइते

२२ मंसिर, सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई पुष्कर कार्की पक्राउ गरेका छन् । हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट असई कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । उनलाई परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीले बताएको छ । ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग पुष्करको विवाद भएको थियो । त्यसपछि उनले छोराको हत्या गरेको प्रहरीले बताएको छ । पुष्करकी श्रीमती कृष्णा पनि प्रहरी…
Read More
धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)

धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६, चालिसेमा शनिवार भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् । सातवटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चारवटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् । दुर्घटनामा परेका सबै घाइतेहरूको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, एन.एल. ०१ बी.ए. ४६५४ नम्बरको डिब्बा गाडी, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जी.जे. ०३ ए.के. ३२३१ नम्बरको बस र काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १…
Read More
एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै

एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।
Read More
विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

चन्द्रागिरि नगरपालिका–६ महादेवस्थानका अमर गिरीले खेतमा जैविक मल प्रयोग गर्न छाडेको पाँच वर्ष भयो । तर, उहाँले उत्पादन बढाउने भन्दै जैविक मलको सट्टा रासायनिक मलको प्रयोग गर्दा उत्पादन झन् घट्दै गएको छ । रासायनिक मल प्रयोगको मात्राबारे जानकारी नहुँदा असन्तुलित रासायनिक मलको प्रयोगले माटो बिग्रिएर उत्पादन घट्दै भएको हो भन्ने उहाँको अनुमान छ । रासायनिक मलको प्रयोगले उत्पादनमा ह्रास आउनु र माटो बिग्रिने जाने विषयले उहाँलाई चिन्तित पनि बनाएको छ । रासायनिक मल प्रयोगरी गरी तरकारी खेती गर्दै आउनुभएका भक्तपुर सानोथिमिका रवि डङ्गोलको पनि हरेक वर्ष तरकारी बालीको उत्पादन घट्दै गएको छ । उहाँले भन्नुभयो, “धेरै उत्पादन गर्ने भनेर रासायनिक…
Read More
मिचाहा प्रजातिसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन हुँदै

मिचाहा प्रजातिसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन हुँदै

यही मङ्सिर २६ र २७ गते काठमाडौँमा हुने सम्मेलनमा मिचाहा प्रजातिसम्बन्धी विश्वव्यापी तथा राष्ट्रिय मुद्दामा विविध सरोकार भएकाहरूबीच सचेतना वृद्धि गर्ने उद्देश्य रहेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालय, वन अनुसन्धान तथा तालिम केन्द्रको मुख्य आयोजनामा हुन लागेको सम्मेलनको नारा ‘बाह्य मिचाहा प्रजाति नियन्त्रणका लागि सहमति निर्माण’ रहेको छ । सम्मेलनमा मिचाहा प्रजाति नियन्त्रण तथा रोकथामका प्रभावकारी नीतिगत र कार्यक्रमगत प्रतिक्रियाका लागि सरोकार भएकाबीच सहकार्य निर्माण गरिने केन्द्रका उपसचिव सुनिता उलकले जानकारी दिनुभयो । मिचाहा प्रजातिका कारणले पारिस्थितिकीय प्रणालीमा क्षति पु¥याउने, जैविक विविधता र कृषि उत्पादनमा ह्रास ल्याउने तथा स्थानीय बासिन्दाको जीविकोपार्जनमा नकारात्मक असर पु¥याउने कार्य निरन्तर भइरहेको उहाँले…
Read More
नदी कटान नियन्त्रण आयोजना प्रारम्भ

नदी कटान नियन्त्रण आयोजना प्रारम्भ

बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयले रु दुई करोड ९८ लाखको लागतमा आयोजना निर्माण थालेको हो । आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार नदी किनारमा ८० मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण हुनेछ । भुइँमा चार मिटर चौडा र तीन मिटर अग्लो ‘कङ्क्रिट’ र त्यसमाथि ‘ग्याबिन’ पर्खाल पनि बनाइने छ । आयोजना पूरा भएपछि कालीपुल क्षेत्रको बस्ती बाढीबाट जोगिने छ ।
Read More
बिहीबारको तुलनामा आज पनि सुनचाँदीको मूल्य घट्यो ,

बिहीबारको तुलनामा आज पनि सुनचाँदीको मूल्य घट्यो ,

बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५५५ निर्धारण भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६२५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।रासस
Read More
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान रेको छ । आयोगले आज सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरू हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते अपराह्न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस आग्रह गरेको हो । आयोगले गत आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । यस प्रणालीका लागि आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ । आयोगले यही मङ्सिर २४ गते बिहान १०ः०० देखि अपराह्न…
Read More