युनाइटेड टेक्निकल कलेजमा इन्जिनियरिङतर्फ स्नातक तहमा पढ्ने अवसर
चितवन, असार १७– भरतपुर महानगरपालिका वडा नं.११ मा रहेको युनाइटेड टेक्निकल कलेज (यु–टेक कलेज)मा इन्जिनियरिङ स्नातक कार्यक्रमहरूमा पढ्ने अवसर खुलेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युटेक कलेजले शैक्षिक सत्र २०८३÷८४ का लागि इन्जिनियरिङतर्फका स्नातक ( )कार्यक्रमहरूमा पढ्ने अवसर खुलेको हो । गुणस्तरीय प्राविधिक शिक्षा, आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक तथा विद्यार्थीमैत्री शैक्षिक वातावरणका साथ कलेजले दक्ष, सक्षम र प्रतिस्पर्धी इन्जिनियर उत्पादन गर्दै आएको छ। स्नातक पढ्नका लागि कलेजले प्रवेश परीक्षाको मिति तय गरेको छ । असार २२ गते सोमबार दिउँसो १ बजे प्रवेश परीक्षा लिइने कलेजले जनाएको छ । यो कलेजको विभिन्न विशेषताहरु रहेका छन् । शतप्रतिसतसम्म छात्रवृत्तिको अवसर, पोखरा…