भरतपुरमा डेरी मार्टको चौँथो शाखा सञ्चालनमा, उपभोक्तालाई गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराइने

भरतपुरमा डेरी मार्टको चौँथो शाखा सञ्चालनमा, उपभोक्तालाई गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराइने

भरतपुरमा डेरी मार्टको चौँथो शाखा सञ्चालनमा, उपभोक्तालाई गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराइने

भरतपुर, साउन २५- चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सञ्चालन गरेको डेरी मार्टको चौँथो शाखा भरतपुर–१२ टाउन चोकमा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय उपभोक्तालाई शुद्ध, ताजा र गुणस्तरीय दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकारीले मार्टको विस्तार गरेको हो। उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नं. १२ का अध्यक्ष लेखराज पन्त (हरि)ले किसानहरूले उत्पादन गरेका दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणमा डेरी मार्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘हाम्रा स्थानीय किसानहरूले उत्पादन गरेका दूध तथा शुद्ध दुग्धजन्य उत्पादनहरूलाई सीधै उपभोक्तामाझ पु¥याउने यो प्रयास अत्यन्तै सराहनीय छ’, वडा अध्यक्ष पन्तले भने, ‘यसले किसानलाई उचित मूल्य दिलाउनुका साथै…
Read More
नेपाल सि.एम.ए. संघ चितवनको अध्यक्षमा पाण्डे चयन

नेपाल सि.एम.ए. संघ चितवनको अध्यक्षमा पाण्डे चयन

चितवन, साउन २५– नेपाल सि.एम.ए. संघ जिल्ला कार्यसमिति चितवनको अध्यक्षमा दिनेश पाण्डे चयन भएका छन् । भरतपुरमा सम्पन्न पाँचौँ जिल्ला अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा गोविन्दप्रसाद नेपाल र सचिवमा नवराज कँडेल चयन हुनुभएको छ। साथै अधिवेशनबाट चार जना केन्द्रीय प्रतिनिधिसमेत चयन भएका छन्। नवनिर्वाचित जिल्ला अध्यक्ष पाण्डेले चितवनका सम्पूर्ण पारामेडिक्स स्वास्थ्यकर्मीलाई एकताबद्ध गर्दै पेशागत हक, हित र अधिकारको रक्षाका लागि संगठनलाई थप मजबुत र प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जिल्ला अध्यक्ष रामजी घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संघका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक कपिल खनाल प्रमुख अतिथि रहनु भएको…
Read More
डुबान–कटानको जोखिममा सुस्ता, स्थानीय जुटे अस्थायी बाँध बनाउन

डुबान–कटानको जोखिममा सुस्ता, स्थानीय जुटे अस्थायी बाँध बनाउन

पश्चिम नवलपरासी , साउन २५- पश्चिम नवलपरासीको सुस्ता भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी सामूहिक रुपमा जनश्रमदान मार्फत अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्।नारायणी नदीमा पानीको बहाव बढ्दै गाउँ बस्तीमा डुबान र कटानको जोखिम बढेपछि बस्तीमा पस्न नदिन स्थानीय बोरामा बालुवा तथा माटो भरेर नदी किनारमा राख्दै अस्थायी बाँध निर्माण गरिरहेका हुन्। सुस्ता गाउँपालिका-५ को सुस्ता थारुटोलदेखि सीमास्थलका रूपमा चिनिने सिमलको रुख आसपासको क्षेत्रमा बुधबारदेखि स्थानीयवासी र सेना प्रहरी र ससस्त्र प्रहरीको सामूहिक रूपमा तटबन्ध निर्माणमा खटिएका छन्।बोरामा बालुवा भरेर नाइलनको डोरीले बाँध्दै नदीको बहाव नियन्त्रण गर्ने प्रयास भइरहेको छ। ढुवानको जोखिम न्यूनीकरण गर्न स्थानीय समुदाय नै अग्रसर भएर अस्थायी संरक्षणको काम…
Read More
घरभित्र लुकाइ राखेको पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

घरभित्र लुकाइ राखेको पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

सर्लाही, साउन २५- मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट प्रहरीले एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको छ। घरमा पेस्तोल लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा बेतिनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ। बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा पेस्तोल फेला परेको हो। प्रहरीका अनुसार ‘न. ०१७११०’ लेखिएको एक थान पेस्तोल र त्यसको एक थान म्यागजिन बरामद गरिएको छ। पेस्तोल बरामद भएपछि १९ वर्षीय सिङतानलाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…
Read More
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सर्वसाधारणका लागि खुलाइने

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सर्वसाधारणका लागि खुलाइने

काठमाडौं, साउन २५- सडक विभागले नागढुंगा सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने जनाएको छ । हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको विभागले जनाएको छ । सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई।शुभराज न्यौपानेका अनुसार सुरुङमार्ग सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको छ । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘अहिले सुरुङमार्ग आकस्मिक सवारीसाधनका लागि मात्र सञ्चालनमा छ । अब सबैका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण हुँदैछ,’ न्यौपानेले भने । उनका अनुसार सुरुङभित्र कुनै आपतकालीन अवस्था सिर्जना भएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयमा सुरक्षा परीक्षण गरिनेछ । विशेषगरी बसमा…
Read More
चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन,साउन २५- महोत्तरीबाट काठमाडौँतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार परिचय नखुलेका अन्दाजी ३५ वर्षीय एक युवकको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
Read More
वन्यजन्तुले आक्रमण गर्ने जोखिम बढेपछि माडी जाने सडकको झाडी सफाइ गरिँदै

वन्यजन्तुले आक्रमण गर्ने जोखिम बढेपछि माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ (चितवन), साउन २४- चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने सडकको छेउछाउमा बढेको झाडी सफाइ गर्न थालिएको छ । बर्खाको समयमा सडकको दायाँबायाँ झाडी बढ्दै जाँदा वन्यजन्तु लुकेर बस्ने र सवारीसाधन तथा यात्रुमाथि आक्रमण गर्नसक्ने, दुर्घटनाको जोखिम बढ्ने भएकाले सडक छेउको झाडी फँडानी गर्न थालिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्ज, स्थानीय तह र सडक डिभिजन कार्यालयबीचको समन्वयमा सडक डिभिजनले आजदेखि झाडी सफाइको काम सुरु गरेको हो । निकुञ्जको कसरा चोकबाट रिउखोलासम्मको सडक क्षेत्रमा झाडी सफाइ गरिने उहाँले जानकारी दिनुभयो । “सडक छेउछाउमा वन्यजन्तु लुकेर बस्न सक्ने भएकाले यात्रुको सुरक्षालाई ध्यानमा राखेर…
Read More
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन, साउन २४- चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको हो । करिब रु १७ करोड ८६ लाखको लागतमा २५ मेघावाट विद्युत् प्रवाह हुने गरी शारदा एण्ड सुम्नीमा भिसान जेभीले काम अघि बढाएको हो । अहिले भएको भूमिगत विद्युतीकरणमा पटकपटक समस्या आएपछि पुनः नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ । पहिलाको भूमिगत विद्युतीकरणमा राखिएको तार आठ मेघावाटको हुँदा समयसमयमा समस्या आउने गरेको कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले बताउनुभयो । उहाँका अनुसार…
Read More
चेपाङ बस्तीमा २ हजार फलफूलका बिरुवा वितरण, आपदेखि लिच्ची र कटहरसम्मले बढाउनेछ पोषण र आम्दानी

चेपाङ बस्तीमा २ हजार फलफूलका बिरुवा वितरण, आपदेखि लिच्ची र कटहरसम्मले बढाउनेछ पोषण र आम्दानी

चितवन, साउन २४ – चेपाङ समुदायको पोषणमा सुधार ल्याउँदै घरमै फलफूल उत्पादनमार्फत आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले चितवनका चेपाङ बस्तीमा २ हजार उन्नत जातका फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ। ‘आज रोपेको एउटा बिरुवा, भोलिको स्वच्छ र हरियाली भविष्यको आधार हो’ भन्ने नारासहित राप्ती र कालिका नगरपालिकाका चेपाङ समुदायको बाहुल्य रहेका विभिन्न वडामा फलफूलका बिरुवा वितरण तथा रोपण गरिएको हो। गर्मी मौसममा राम्रो उत्पादन दिने आप, लिच्ची, कटहर, मेवा, अम्बा लगायतका फलफूलका बिरुवा वितरण गरिएको कार्यक्रम संयोजक श्रीलाल परियारले जानकारी दिनुभयो। गाउँमै विभिन्न प्रजातिका फलफूलका बिरुवा निःशुल्क पाएपछि स्थानीय चेपाङ समुदाय खुसी भएका छन्। फलफूलका बिरुवा वितरण गर्नुको मुख्य उद्देश्य…
Read More
बेवारिसे लास व्यवस्थापनदेखि पुनर्जीवनसम्म : युवालाई सामाजिक अभियानमा जोडिन विनयजंग बस्नेतको आह्वान

बेवारिसे लास व्यवस्थापनदेखि पुनर्जीवनसम्म : युवालाई सामाजिक अभियानमा जोडिन विनयजंग बस्नेतको आह्वान

भरतपुर , साउन २४ – बेवारिसे लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको आयोजनामा सामाजिक सचेतनामूलक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम ‘चितवन युवा भेला’ सम्पन्न भएको छ। शनिबार हाकिमचोकस्थित सीएनटी होटलमा आयोजित कार्यक्रममा युवाहरूलाई सामाजिक सेवामा सक्रिय हुन आह्वान गरिएको थियो। कार्यक्रमको अध्यक्षता बेवारिसे लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय अध्यक्ष विनयजंग बस्नेतले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशन प्रतिनिधि ध्रुव केसी उपस्थित थिए। विशिष्ट अतिथिमा राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगरका उपसभापति दिवाकर राज श्रेष्ठ रहेका थिए। त्यस्तै रिकभरिङ नेपालका बागमती प्रदेश सल्लाहकार भरत घिमिरे, सामाजिक अभियन्ता नगेन्द्र देउजा, द युनाइटेड चितवनका अध्यक्ष सविन राणालगायतको उपस्थिति थियो।…
Read More