चितवनमा जङ्गली जनावरको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु
चितवन, साउन ४ – गत आर्थिक वर्ष २०८२/८३ मा हात्ती, गौँडा र बाघलगायतका जङ्गली जनावारको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार तीन जनाको गैंडाको आक्रमणका कारण मृत्यु भएको हो । सोही अवधिमा दुई जनाको हात्ती र एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतकमध्ये तीन जना भरतपुर महानगरपालिका, एक जना खैरहनी र एक जना माडी नगरपािलकाका रहेको निकुञ्जले जनाएको छ । अघिल्लो आव २०८१/८२ मा १३ जना र आर्थिक वर्ष २०८०/८१ मा ११ जनाको जङ्गली जनावारको आक्रमणबाट मृत्यु भएको थियो । निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा चितवनसहित…