दुई महिनामा साढे छ करोड भन्सार छलीका समान बरामद
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको दुई महिनामा भन्सार छलीका रु छ करोड ६८ लाख ८१ हजार मूल्य पर्ने विभिन्न थरिका सामान बरामद गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले साउन र भदौ महिनामा भन्सार छली गरेर भित्रिएका रु चार करोड ३३ लाख ५७ हजार पाँच सय ६८ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ । त्यस्तै साउन र भदौ महिनामा विलविजकभन्दा बढी सामान भएका रु दुई करोड ३५ लाख २३ हजार पाँच सय ८२ मूल्य पर्ने सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ । जबकी सशस्त्र प्रहरीले आव २०८१/८२ को…