बाढीपीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टर उडाउन सरकारको अनुमति लिनु नपर्ने

बाढीपीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टर उडाउन सरकारको अनुमति लिनु नपर्ने

बाढीपीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टर उडाउन सरकारको अनुमति लिनु नपर्ने

काठमाडौं, भदौ १० – बाढीबाट पीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले अनुमति लिन नपर्ने भएको छ । तिब्बतबाट आएको ठूलो बाढी रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ । ठूलो मात्रामा भौतिक संरचना बाढीका कारणले क्षति पुर्‍याएको छ । बाढीका कारणले सम्पर्कविहीन हुनेहरुको संख्या यकिन हुन सकेको छैन । बाढी पीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले अनुमति नलिइ उडान गर्नसक्ने गरी प्रधानमन्त्री कार्यालयबाट निर्देशन दिइएको छ ।
Read More
रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति, विवरण संकलन गरिँदै

रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति, विवरण संकलन गरिँदै

काठमाडौं, भदौ १० – तिब्बतबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति भएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले कर्मचारीहरूसँग सम्पर्क गर्ने काम भइरहेको छ । धेरै कर्मचारी आफ्नो फोन र सामानहरु छाडेर भागेका छन् । जसले गर्दा सबै विवरण संकलन हुन समय लाग्ने अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार रसुवागढी भन्सारमा ३६ जनाको दरवन्दी थियो । जसमध्ये २ जना बिदामा थिए । रसुवागढी भन्सारको यार्डमा रहेका सबै सवारी साधन बगेका छन् ।
Read More
नुवाकोटमा बाढीले कहाँ-कहाँ क्षति पुर्‍यायो ?

नुवाकोटमा बाढीले कहाँ-कहाँ क्षति पुर्‍यायो ?

काठमाडौं, भदौ १०– तिब्बतबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटमा विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले दिएको प्रारम्भिक जानकारी अनुसार नुवाकोटमा सबैभन्दा बढी क्षति वेत्रावती बजारमा भएको छ । त्रिशुली बजार बाढीले क्षति पुर्‍याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ । देवीघाट बजार पनि बाढीले डुबाएको छ । विदुर नगरपालिकाका मेयर श्रेष्ठका अनुसार ९ बजेतिर बाढी नुवाकोटमा आएको थाहा भएको थियो । श्रेष्ठले भने,‘बाढीले क्षति पुर्‍याएको स्थानहरू यकिन गर्ने क्रममा छौं ।’
Read More
रसुवाको बाढीले विद्युत गृह र २२० केभी सबस्टेसनमा क्षति, विद्युत आपूर्ति बन्द

रसुवाको बाढीले विद्युत गृह र २२० केभी सबस्टेसनमा क्षति, विद्युत आपूर्ति बन्द

काठमाडौं, भदौ १०– रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। यस्तै, त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन्। विद्युत उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले विद्युत आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गरिरहेको भन्दै आपूर्ति नियमित नहुन्जेल धैर्य गरिदिन उपभोक्तालाई आग्रह गरेको…
Read More
रसुवा बाढी : मेडिकल टिम बोकेर सेनाको एमआई–१७ हेलिकप्टर उड्यो

रसुवा बाढी : मेडिकल टिम बोकेर सेनाको एमआई–१७ हेलिकप्टर उड्यो

काठमाडौं, भदौ १०– नेपाली सेनाको एआई-१७ हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौंबाट बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको छ । यसका साथै धुन्चे र त्रिशूलीबाट उद्धारको टोली पनि परिचालित भएको छ । यसअघि सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्र का लागि खटिसकेका थिए । आज बिहान तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आएको छ । अहिले बाढी नुवाकोट हुँदै धादिङ पुगिसकेको छ ।
Read More
त्रिशूली र नारायणी नदीमा आकस्मिक बाढीको जोखिम: उच्च सतर्कता अपनाउन चितवन प्रशासनको अपील

त्रिशूली र नारायणी नदीमा आकस्मिक बाढीको जोखिम: उच्च सतर्कता अपनाउन चितवन प्रशासनको अपील

चितवन, भदौ १०– चीनको तिब्बतबाट नेपाल छिर्ने त्रिशूली नदीमा आकस्मिक बाढी आई जलसतह उल्लेख्य रूपमा बढेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाको सूचनाका आधारमा चितवन प्रशासनले बुधबार अत्यन्त जरूरी सूचना जारी गर्दै सम्भावित विपद्‌बाट बच्न पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरेको हो। प्रशासनले त्रिशूली र नारायणी नदीमा माछा मार्ने, बालुवा-गिट्टी उत्खनन गर्ने वा अन्य काम गर्ने व्यक्ति तथा मजदुरहरूलाई तत्काल नदी क्षेत्रमा नगर्न र नदी किनारमा रहेका भए तुरुन्त सुरक्षित स्थानमा जान निर्देशन दिएको छ। साथै, नदी तटीय क्षेत्रमा बसोबास गर्ने आम जनसमुदाय, निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र…
Read More
हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन, भदौ १०– यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ । उहाँले भन्नुभयो,“विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुपयो भनेर टेलिफोन कल पनि आएको छ । बाबुलाई कपाल छोटो बनाउन भन्दा मान्दैन । जबरजस्त गर्नुभएन ।” भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको गुनासो पनि उस्तै खालको छ । उहाँ कक्षा १२ मा अध्ययनरत छोरालाई कपाल काट्न भन्न छाडेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ठूलो छोरालाई कपाल काट्न भन्न छाडेँ, कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि टेर्न छाड्यो ।” यी प्रतिनिधिपात्र मात्रै हुन्, पछिल्लो समय अधिकांश अभिभावकको गुनासो ‘छोराहरुले कपाल छोटो बनाउनै मान्दैनन्’ भन्ने नै हुने…
Read More
भोटेकोशीमा अचानक ठूलो बाढी, चितवनसहित पाँच जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा अचानक ठूलो बाढी, चितवनसहित पाँच जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, भदौ १०– चीनको तिब्बत क्षेत्रबाट नेपाल छिर्ने भोटेकोशी नदीमा अचानक ठुलो बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बुधबार बिहान जिल्ला प्रशासन कार्यालय धादिङ र रसुवाले विशेष सूचना जारी गर्दै नदीमा पानीको बहाव अत्यधिक बढेर बाढी आएसँगै तटीय क्षेत्रमा विपद्को ठुलो जोखिम रहेको जनाएका छन् । चीनतर्फ भारी वर्षा भएको वा हिमताल विष्फोट भएको हुन सक्ने अनुमान गरिए पनि बाढीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीमा आएको यो बाढी त्रिशूली नदी हुँदै मुग्लिनसम्म…
Read More
सांसद ढकालद्वारा चितवन–१ का विकास आयोजनाको स्थलगत अनुगमन

सांसद ढकालद्वारा चितवन–१ का विकास आयोजनाको स्थलगत अनुगमन

नारायणगढ (चितवन), भदौ ८– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले चितवन क्षेत्र नं १ का आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको हो । ढकाल चितवन जिल्ला क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हुन् । सभापति ढकालसहित सङ्घीय कार्यालयअन्तर्गतका प्रतिनिधि तथा प्राविधिक टोलीले रत्ननगर नगरपालिकाका विभिन्न वडामा पुगेर गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाको प्रगति, गुणस्तर र कार्यान्वयन अवस्थाबारे सम्बन्धित अधिकारी, प्राविधिक तथा स्थानीयसँग जानकारी लिनुभएको हो । चालु आर्थिक वर्षमा सञ्चालन हुने नयाँ आयोजना तथा कार्यक्रमका लागि आवश्यक तयारी र सम्भावित…
Read More
चितवन र उदयपुरबाट तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

चितवन र उदयपुरबाट तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

चितवन, भदौ ८- प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले ३६७ केजी अवैध लागुपदार्थ–गाँजासहित सोम मगर, दिल्लीराम थारू र कर्णबहादुर तामाङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना ७ ख ८१७३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरको ढालाभित्र लुकाइछिपाइ राखेको नौ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारेको थियो । उदयपुरको कटारी नगरपालिका–४ मरूवा खोलाबाट १९९ किलो गाँजासहित सोही वडाको कान्छी बजार बस्ने २१ वर्षीय सोम मगरलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले चितवनको राप्ती नगरपालिका–१० चिप्लेटीबाट १६८ किलो गाँजासहित दुई जनालाई आज बिहान…
Read More