द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल

द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल

द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताउनुभएको छ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उहाँले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताउनुभयो । “होस्टालिटीको अवस्था निरन्तर नहोस् । देशको विद्यमान कानुन जे छ त्यो शासन मुताबिक यथावत रूपमा चल्नुपर्छ,” उहाँले भन्नुभयो, “द्वन्द दोहोरिने कुरा धेरै हदसम्म हामीले अहिले काबु भित्र राखेका छौँ ।” उहाँले त्यसका लागि राजनीतिक दल र जेनजी समूहबीच संवाद चलिरहेको जानकारी दिनुभयो । मन्त्री अर्यालले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले लुटिएका हतियार र फरार कैदीबन्दीको…
Read More
एनपीएल- २ : बिनोदको अर्धशतकले सुदूरपश्चिको लुम्बिनी लायन्स विरुद्ध लगातार चौथो जित

एनपीएल- २ : बिनोदको अर्धशतकले सुदूरपश्चिको लुम्बिनी लायन्स विरुद्ध लगातार चौथो जित

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्स विरुद्ध जित निकालेको छ । ओपनर विनोद भण्डारीको उत्कृष्ट ब्याटिङप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध सात विकेटको जित निकालेको छ । प्रतियोगितामा अपराजित सुदूरपश्चिमको यो लगातार चौथो जित हो । जितसँगै सुदूरपश्चिम प्लेअफनजिक पुगेको छ । प्रतियोगितामा चौथो खेल खेल्दा लगातार तेस्रो हार व्यहोरेको लुम्बिनीको भने प्लेअफ सम्भावना कठिन बनेको छ । बिहीबार (मंसिर ११) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले प्रस्तुत गरेको १४४ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।
Read More
चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु

चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु

दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान एउटा रेलले निर्माण कामदारहरूलाई ठक्कर दिँदा ११ जनाको दुःखद मृत्यु भएको स्थानीय रेलवे अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटना कुनमिङको लुयोयाङ टाउन स्टेसन क्षेत्रमा भएको हो । त्यहाँ ‘भूकम्पीय उपकरण परीक्षणका लागि प्रयोग गरिएको’ रेल सामान्य रूपमा वक्र मार्ग हुँदै गुज्रिरहेका बेला ट्र्याक क्षेत्रमा प्रवेश गरेका कामदारहरूसँग ठोक्किएको कुनमिङ रेलवे ब्युरोले विज्ञप्तिमा जनाएको छ । उक्त दुर्घटनामा ११ जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् । दुर्घटनाको यथार्थ कारणबारे अनुसन्धान जारी रहेको र सुरक्षासम्बन्धी प्रक्रियाहरू पूर्णरूपमा मूल्याङ्कन गरिने जनाइएको छ । बिहीबार दिउँसोसम्म…
Read More
रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उनीहरुको मुद्दा बिहिबार न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलाशमा परेको थियो । रविका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गरीपाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका हुन् । बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले जिल्ला अदालतको आदेशमा चित्त नबुझी उच्चमा निवेदन दिएका थिए । यसअघि अघिल्लो बिहीबार पाटन उच्च अदालतमा…
Read More
सुन र नगद लुटपाट गरेको आरोपमा चारजना पक्राउ

सुन र नगद लुटपाट गरेको आरोपमा चारजना पक्राउ

नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बैङ्कमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा स्याङ्जा घर भई तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोट घर भई तारकेश्वर बस्ने २० वर्षीय बिशाल राई, नुवाकोटको १८ वर्षीय साजन तामाङ र नुवाकोटकै १९ वर्षीय समिर तामाङ रहेका छन् । उनीहरुले गत मङ्सिर ८ गते महिलालाई लुटपाट गरी फरार रहेको आरोप छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता…
Read More
परीक्षण सफल भएपछि चिस्यान केन्द्र निरन्तर सञ्चालनमा

परीक्षण सफल भएपछि चिस्यान केन्द्र निरन्तर सञ्चालनमा

जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्रको परीक्षण सफल भएपछि नियमित रूपमा सञ्चालनमा आएको छ । किसानबाट उत्पादित एक सय ६१ बोरा बीउ आलु र खायन आलु परीक्षणका रूपमा भण्डारण गरिएकामा उक्त परीक्षण सफल भएपछि नियमित सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । एक सय तीस मेट्रिकटन क्षमताको चिस्यान केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको हो । किसानद्वारा उत्पादित आलु नगरपालिकाले निःशुल्क रूपमा परीक्षण गरेको कृषि, पशुपन्छी तथा सहकारी विकास उपशाखाकी प्रमुख समीक्षा पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आलु भण्डारण गर्दा क्षति भएमा त्यसको जोखिम नगरपालिकाले व्योहोर्ने जनाएपछि भण्डारण…
Read More
बिएम डब्लु एजुकेशन कन्सलटेन्सीको आयोजनामा मंसिर १३ गते प्यारेन्टस इन्फो सेसन

बिएम डब्लु एजुकेशन कन्सलटेन्सीको आयोजनामा मंसिर १३ गते प्यारेन्टस इन्फो सेसन

चितवनको नारायणगढस्थित बिएम डब्लु एजुकेशन कन्सलटेन्सीको आयोजनामा मंसिर १३ गते प्यारेन्टस इन्फो सेसन आयोजना गरिएको छ । सो कार्यक्रममा विद्यार्थी र अभिभावकले अष्ट्रेलियादेखि आएका कन्सलटेन्सीका सिइओ मणि सिलवालको बिशेष परामर्श रहनेछ । बिएम डब्लु एजुकेशन कन्सलटेन्सीको फाउण्डर समेत रहनुभएका सिलवालले नेपालेदेखि गरिने भिसा प्रकृया लगायत अष्ट्रेलियामा विद्यार्थीका लागि उपलब्ध अवसर र चुनौतीका बिषयमा जानकारी दिनुहुनेछ । होटल रेड कार्पेट भरतपुर ओरालोमा बिहान १२ बजेदेखि कार्यक्रम हुनेछ ।
Read More
सुनको ४ सय रुपैयाँले घट्यो ,कतिमा हुदैँछ कारोबार ?

सुनको ४ सय रुपैयाँले घट्यो ,कतिमा हुदैँछ कारोबार ?

स्थानिय बजारमा बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको सुनको भाउ आज प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो । महासंघले अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ तय गरेकोमा आज ३२८० रुपैयाँ तोकिएको छ ।
Read More
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नपर्छ : प्रधानमन्त्री कार्की

राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नपर्छ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्तिहरू रहने व्यवस्थाले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप बढ्ने धारणा व्यक्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशका सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्थालाई हटाएर अनावश्यक राजनीति गर्ने बाटो बन्द गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “असारमा पारित हुनुपर्ने वार्षिक नीति कार्यक्रमका लागि मङ्सिर पर्खनुपर्ने अवस्था आयो, यो राम्रो होइन, विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्छ ।” विश्वविद्यालयहरु पनि शैक्षिक र प्रशासनिक रूपमा मात्रै नभई आर्थिक रूपमा समेत आत्मनिर्भर हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । “हरेक कुरामा सरकारमाथि भर पर्ने कुराले विश्वविद्यालयलाई स्वायत्त हुन दिँदैन ।”, उहाँले भन्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री…
Read More
चितवन सहितका राष्ट्रिय निकुञ्जमा गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि थालिने

चितवन सहितका राष्ट्रिय निकुञ्जमा गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि थालिने

आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । उहाँका अनुसार सुरुमा चितवन र पर्सालाई एउटा कम्प्लेक्स बनाएर यहाँबाट गणना थालिने छ । यो कम्प्लेक्समा तीन वटा ब्लक रहने छन् । ती ब्लकभित्र दुई वर्गकिलोमिटर क्षेत्रमा एक जोडी क्यामेरा जडान गरीने छ…
Read More