प्रधानमन्त्री कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गरेको राम्रोः हर्क साम्पाङ
काठमाडौं, जेठ ७- श्रम संस्कृति पार्टीका नेता हर्कराज राईले प्रधानमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने हो कि होइन भनि सोधेका छन् । उनले बिहीबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै समय मागेर नियमावलीको नियम १५ (२) अनुसार सांसद्को प्रश्नको उत्तर दिनुपर्ने बताए । “प्रधानमन्त्रीज्यू सदनमा आएर सांसदहरूले उठानुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन । उत्तर दिनुपर्ने हो या होइन ?” उनले भने । उनले आफूले वैशाख २८ र २९ गते गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न राखेको बताए । रक्षा मन्त्रालय पनि प्रधानमन्त्रीसँगै भएकाले उनले नै जवाफ दिनुपर्ने माग राखे । “ती प्रश्नको उत्तर प्रधानमन्त्रीले आएर दिनुपर्छ,” उनले भने । उनले प्रधानमन्त्रीले…