सस्तो फर्निचरको शाखा भरतपुरमा सञ्चालन

सस्तो फर्निचरको शाखा भरतपुरमा सञ्चालन

सस्तो फर्निचरको शाखा भरतपुरमा सञ्चालन

भरतपुर । सस्तो फर्निचर एण्ड फर्निसिङको शाखा भरतपुरमा सञ्चालनमा ल्याइएको छ । विगत १४ बर्ष देखि रत्ननगरको टाँडीमा सेवा प्रदान गर्दै आएको सस्तो फर्निचरले भरतपुरका ग्राहकहरुका लागि बाइवास रोड स्थित आँखा अस्पताल अगाडि शाखा सोरुम सञ्चालनमा ल्याएको हो । आइतबार आयोजित एक औपचारिक कार्यक्रमका बीच उद्योग संघ बागमती प्रदेश समिति तथा चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडीले उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दुवाडीले सस्तो फर्निचरले गुणस्तरीय सामानको खोजी गर्ने स्तरीय ग्राहकको माग पुरा गर्दै आएको भन्दै व्यवसायिक सफलताको शुभकामना दिएका थिए । फर्निचरका गुणस्तरीय सामग्री सस्तोमुल्यमा ग्राहकलाई उपलब्ध गराउदै आएको सस्तो फर्निचरले चितवनमा अर्को नयाँ…
Read More
रत्ननगर-१५ माधवपुरका अपाङ्गता भएका घलानले पाए ‘ईलेक्ट्रिक ह्वील चियर’

रत्ननगर-१५ माधवपुरका अपाङ्गता भएका घलानले पाए ‘ईलेक्ट्रिक ह्वील चियर’

रत्ननगर, भदौ ३० । रत्ननगर नगरपालिका वडा नं. १५ ले आइतवार एकजना अपाङ्गता भएका व्यक्तिलाई ईलेक्ट्रिक ह्वील चियर प्रदान गरेको छ । रत्ननगर वडा नं १५ माधवपुर निवासी ३१ बर्षीया जीवन घलानलाई लक्षित वर्ग कार्यक्रम अन्र्तगत वडाको बजेटबाट रु. १ लाख ६० हजार मुल्यको ईलेक्ट्रिक ह्वील चियर प्रदान गरेको हो । घलानलाई उनकै घरमा पुगेर औपचारिक कार्यक्रममा वडा नं. १५ का वडा अध्यक्ष आसिक तामाङ, वडा सदस्यहरु इम प्रसाद पन्त, लिला देवी पोख्रेल, शिव प्रसाद तिवारी, रुकमाया परियार, वडा सचिव नवराज तिवारी लगाएतले घलानलाई ईलेक्ट्रिक ह्वील चियर हस्तान्तरण गरेका थिए । सो अबसरमा वडा अध्यक्ष तामाङले दैनिकी जीवनमा सहजताको लागि…
Read More
सभामुखलाई एकपक्षीय नबन्न माओवादीको आग्रह

सभामुखलाई एकपक्षीय नबन्न माओवादीको आग्रह

काठमाडौं, ३० भदौ। नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई एकपक्षीय नबन्न आग्रह गरेका छन् । आइतबार नयाँ वानेश्वरमा सभामुख घिमिरेलाई भेटेर माओवादी नेताहरूले यस्तो आग्रह गरेका हुन् । सभामुखले प्रतिनिधि सभामा जारी अवरोध खुलाउने विषयमा आइतबार बिहान राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूको बैठक राखेका थिए । उक्त बैठक बिना निष्कर्ष टुंगिएपछि माओवादी नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । दलहरूको बैठकमा सभामुखले आफूले संसद सचिवालयको अध्ययनको आधारमा ‘माओवादी हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाएको बताएका थिए । तर, यो एकपक्षीय भएको भन्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले असहमति राखेका थिए । त्यसपछि बसेको माओवादी केन्द्रको छुट्टै छलफलले एमालेका सचिव योगश भट्टराईले…
Read More
नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार

नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार

काठमाडौँ,३० भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो । लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज पुनः घटेको छ । आज विभिन्न तीन सय २४ कम्पनीका दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता शेयर एक लाख १९ हजार सात सय ३९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार नौ सय ५७ बराबरको कारोबार भएको छ…
Read More
सामुदायिक विद्यालयकाे गुणस्तर सुधार्न असल अभ्यास

सामुदायिक विद्यालयकाे गुणस्तर सुधार्न असल अभ्यास

खैरहनी । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न असल अभ्यास आदानप्रदान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति चितवनले खैरहनीमा कार्यक्रम आयाेजना गरेकाे हो । संगठनका जिल्ला अध्यक्ष तेजेन्द्रप्रसाद भुसालका अनुसार प्रत्येक पालिकाबाट एक उत्कृष्ट सामुदायिक विद्यालय छनोट गरी असल अभ्यास आदानप्रदान गरिएको हो । चितवनका सात पालिकाका उत्कृष्ट सातवटा विद्यालयका प्रधानाध्यापकहरुले आफ्नो विद्यालयमा सुरू भएका असल अभ्यासलाई प्रस्तुत गरेका थिए । एउटा सामुदायिक विद्यालयको असल अभ्यासलाई अरु विद्यालयले सिको गरुन्, गुणस्तर निकालून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष भुसालले बताए । उनले भने, ‘चितवनको समग्र शैक्षिक गुणस्तर बढाउन यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुन्छ ।’ संगठनका उपाध्यक्ष रामजी भण्डारीका…
Read More
प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौँ,३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरागरी आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिनुभयो । भेटमा दुुईपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ–आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो । भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस  
Read More
उद्योग संघ रत्ननगरको साधारण सभा : तीन सफल व्यवसायी सम्मानित

उद्योग संघ रत्ननगरको साधारण सभा : तीन सफल व्यवसायी सम्मानित

रत्ननगर । चितवन उद्योग संघ रत्ननगर समितिको छैठौं बार्षिक साधारण सभा आइतबार गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरमा मेयर प्रलाद सापकोटले आर्थिक मन्दी र बैँकको व्याजरका कारण व्यवसायी मारमा परेको भन्दै बैकबाट रिणिको धितो लिलामी प्रकियाको लागि स्वयम् व्यक्ति उपस्थित नभए सम्म सिफारिस नदिने बताए । सौराहालाई पर्यटन क्षेत्रघोषणा गर्न उद्योगी व्यवसायी एकजुट हुनपर्ने भन्दै उनले व्यवसायिक विकासको लागि साझा योजना बनाउन आग्रह गरे । बिद्युतको समस्या समाधानको लागि आवश्यक पहल भइरहेको भन्दै मेयर सापकोटाले स्थानीयलाई रोजगारी सृजना गर्न रोजगार मेला गर्न समेत सुझाव दिए । उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीले पूर्वी चितवनमा उद्योग सञ्चालनमा प्रमुख चुनौतीको…
Read More
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ,३० भदौ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१ लाई पारित गरियोस्’ भनी…
Read More
गोरखामा दुर्घटनामा परेर एक सैनिकको मृत्यु, अर्का एक घाइते

गोरखामा दुर्घटनामा परेर एक सैनिकको मृत्यु, अर्का एक घाइते

गोरखा, ३० भदौ । सवारी दुर्घटनामा एक नेपाली सैनिकको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरामा आज टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा रिपुमर्दन गण गोरखामा कार्यरत इलाम जिल्ला देउमाई गाउँपालिका–२ का लेसनायक को २५ वर्षीय सुरेन्द्र राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१क ५६५४ नम्बरको टिपर र विपरीत दिशातर्फबाट आइरहेको बा ७० प २८७१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो…
Read More
जितियालाई राष्ट्रिय पर्व घोषणा गर्न थारु समुदायको माग

जितियालाई राष्ट्रिय पर्व घोषणा गर्न थारु समुदायको माग

चितवन,३० भदौ । आदिवासी थारु समुदायका महिलाहरूले मनाउने जितिया पर्व नजिकिंदै छ । यही पर्वको अवसर पारेर शनिबार थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति र थारु महिला सभा चितवनले पदमपुरमा आयोजना गरेको भेलाले ‘जितिया घोषणापत्र-२०८१’ जारी गरेको छ । जितियालाई राष्ट्रिय पर्व घोषणा गर्न र जितिया लगायत थारु समुदायका पर्वहरू यमोसा र फगुवा पर्वको घुरहेरीका दिन राष्ट्रिय बिदा दिन माग गरिएको छ । जितिया पर्व असोज महिनाको कृष्ण पक्षको सप्तमी, अष्ठमी र नवमी तिथिमा पर्छ । यस पटक असोज ८, ९ र १० मा यो तिथि परेको छ । सुरुको दिन महिलाहरू मिठा खानेकुरा खान्छन् । दोस्रो दिन ब्रत बसेर…
Read More