आज २०८१ साल कात्तिक २ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल कात्तिक २ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल कात्तिक २ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

चितवन, २ कात्तिक। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भय छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे,…
Read More
हलबाट उत्रियो फिल्म ‘बेहुली फ्रम मेघौली’,ओटीटीमा कहिले आउँछ ?

हलबाट उत्रियो फिल्म ‘बेहुली फ्रम मेघौली’,ओटीटीमा कहिले आउँछ ?

काठमाडौं,१ कात्तिक । निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उत्रिएको छ। कम शो पाएको भन्दै बिहीबारबाट निर्माताले नेपालभरका हलबाट फिल्मलाई निकालेका हुन्। आज कुनै पनि हलहरुमा यस फिल्मको शोहरु उपलब्ध छैनन्। घटस्थापनाको अवसरमा असोज १७ गतेबाट रिलिज भएको यस फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया बटुलेको थियो। पहिलो साताभर साढे तीन करोड कमाएको थियो। तर, दोस्रो साता तीन स्वदेशीसहित एक विदेशी फिल्म हुँदा प्रयाप्त शो पाउन सकेन। कम शो पाएपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोखेका थिए। साथै आफूले हलको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका थिए। फिल्मका…
Read More
तीन दल बैठकः शान्तिप्रक्रियाको काम तत्काल अघि बढाउने

तीन दल बैठकः शान्तिप्रक्रियाको काम तत्काल अघि बढाउने

काठमाडौँ,१ कात्तिक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठकमा शान्ति प्रक्रियाको थप कामलाई अघि बढाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको, शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिलाई पदाधिकारी बनाउनुपर्ने विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । “एक-दुई दिनभित्र सिफारिस समितिलाई पूर्णता दिने विषयमा छलफल भएको छ, सिफारिस समितिले पूर्णता पाएपछि आयोगमा पदाधिकारी सिफारिस हुन्छ”, बैठकपछि उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिको आयोग बनोस् भन्ने…
Read More
गाई पाल्ने किसानलाई चुनौतीपूर्ण बन्दै बाच्छा व्यवस्थापन,जङ्गलमा लगेर छाड्नुपर्ने बाध्यता

गाई पाल्ने किसानलाई चुनौतीपूर्ण बन्दै बाच्छा व्यवस्थापन,जङ्गलमा लगेर छाड्नुपर्ने बाध्यता

चितवन,१ कात्तिक ।  उन्नत जातका गाईको बाच्छा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । जन्मेपछि पालनपोषण गरेर पनि उपयोग नहुने भएपछि किसानका लागि बाच्छा व्यवस्थापन झन्झटिलो बनेको हो । खेतबारी जोत्न पनि उपयोगमा नआउने भएकाले कतिपयले बाच्छा जङ्गलमा लगेर छाड्ने गरेका छन् । कालिका नगरपालिकाका राधेश्याम खतिवडा घरमा पालिएको उन्नत जातको गाईको बाच्छो हिँड्डुल गर्नसक्ने भएपछि थोरै रकम दिएर पठाउने गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लगेका मानिसले के गर्छन् थाहा छैन, तर रु पाँच सय–हजार दिएर पठाउने गर्छौँ ।” बाच्छी मात्रै जन्मिने सिमेन (वीर्य) पाइने भएकाले त्यसतर्फ राज्यले ध्यान दिन सके यो समस्या हट्ने उहाँको भनाइ छ । चितवन जिल्ला दुग्ध…
Read More
विपदमा खोज तथा उद्धारका लागि थप हेलिकप्टर किन्न सिफारिस

विपदमा खोज तथा उद्धारका लागि थप हेलिकप्टर किन्न सिफारिस

काठमाडौं,०१ कार्तिक । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको समयमा हुने खोज तथा उद्धारका लागि थप हेलिकप्टर चाहिने निष्कर्ष निकालेको छ । बिहीबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विपदका बेला खोज तथा उद्धारका लागि हेलिकप्टर अपुग भएको निष्कर्ष निकालेको छ । प्राधिकरणका सहसहचिव बसन्त अधिकारीका अनुसार थप हेलिकप्टर किन्न र खोज तथा उद्धारका लागि अत्यावश्यक सामग्री किन्न प्राधिकरणकै राष्ट्रिय परिषदलाई सिफारिस गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहने यो परिषदको बैठक शुक्रबारका लागि बोलाइएको छ ।
Read More
महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न आयोगको निर्देशन

महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न आयोगको निर्देशन

काठमाडौँ,१  कातिक । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दललाई महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको छ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार मनोनयन पत्र पेस गर्दा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताउनुभयो । सो उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐनबमोजिम निर्देशन दिइएको उहाँले स्पष्ट पार्नुभयो । रासस
Read More
नेपाल लाइफ इन्स्योरेन्सको सम्पर्क कार्यालय उद्घाटन

नेपाल लाइफ इन्स्योरेन्सको सम्पर्क कार्यालय उद्घाटन

रत्ननगर । नेपाल लाइफ ईन्स्याेरेन्स कम्पनी लि.काे एजेन्सी मेनेजरकाे कार्यालय आज उद्घाटन गरिएको छ । उक्त कार्यालय समुदघाटन समारोह नवदुर्गा टाेल विकास संस्थाका अध्यक्ष श्याम कुमार प्रधानकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रकमा   नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रदेशमन्त्री जगन्नाथ थपलियाले विमा गर्ने संस्था नाफामुखी नभई सेवामुखी हुनुपर्नेमा जाेड दिए । सोही कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख सपूतचन्द्र खनाल, साैराहा टाँडी शाखा प्रमुख सन्तकृपाल अग्रहरी, नेकपा एमाले जिल्ला कमिटी सदस्य गाेपी नेपाल, रत्ननगर नगर सचिव शिवराज सुवेदी, भिंजःखलः रत्ननगरकत सचिव राजु मालाकार, रेडियो चितवनका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए  । अन्तर्कियात्मक कार्यक्रम सहित सम्पन्न भएको उक्त…
Read More
धवलागिरिमा अस्ताए पाँच रुसी आरोही

धवलागिरिमा अस्ताए पाँच रुसी आरोही

म्याग्दी, १ कात्तिक । “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ”, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप्टेम्बर २३ अर्थात् यही असोज ७ गते सामाजिक सञ्जाल ‘इस्टाग्राम’मा धवलागिरि चढ्दै गरेको तस्बिरसहित आरोहणसम्बन्धी जानकारी गराउनुभएको थियो । संसारको सातौँ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका १४ जना रुसी पर्वतारोहीको नेतृत्वकर्ता डसिकाको यो नै अन्तिम सन्देश बन्न पुग्यो । यही असोज २१ गते अर्थात् अक्टोबर ६ तारिखका दिनदेखि आरोही एकाएक सम्पर्कविहीन भएपछि समाजिक सञ्जालमा बधाई तथा शुभकामना दिइरहेका आफन्त तथा शुभेच्छुकहरू…
Read More
आज २०८१ साल कात्तिक १ गते बिहीवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल कात्तिक १ गते बिहीवार, यस्तो छ तपाईको राशिफल

चितवन,१ कात्तिक । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । रोजगारको अवसर पनि मिल्नेछ । कर्कट…
Read More
दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

काठमाडौँ,३० असोज । बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फुलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले हवाई यात्रा गरेका हुन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दसैँको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३० गते) सम्म आन्तरिकतर्फ दुई हजार एक सय ५९ र अन्तर्राष्ट्रियतर्फ सात सय ८१ गरी कुल दुई हजार नौ सय ४० उडान भएका छन्…
Read More