सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै , ६ जनाको उपचारको क्रममा मृत्यु

सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै , ६ जनाको उपचारको क्रममा मृत्यु

सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै , ६ जनाको उपचारको क्रममा मृत्यु

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा घाइते भएर उपचारका लागि ल्याइएका ४ सय ६१ जना मध्ये ९ जनाको अझै सिभिल अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनमा घाइते भएका ४ सय ६१ जना उपचारका लागि ल्याइएका मध्ये ३ सय ६६ जना डिस्चार्ज भएर घर फर्किएका छन्, भने  ४४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको अस्पतालले जनाएको छ । प्रदर्शनमा घाइते भएकामध्ये ६ जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । भर्ना भएकामध्ये कुल ५० जनाको शल्यक्रिया गरिँदा ११ जनाको पुनः शल्यक्रिया गर्नुपरेको अस्पतालको जारी सूचनामा उल्लेख छ । सिभिल अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो ।
Read More
कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ

कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी यहाँ पक्राउ परेका छन् । यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठले बताउनुभयो । नियन्त्रणमा लिइएकामध्ये सुन्धारा कारागारबाट भागेका गौरादह नगरपालिका–५ की २८ वर्षीया रुकसार खातुन र वर्ष २८ कै एकसरा खातुन रहेका छन् । सरकारले भागेका कैदीलाई फर्किन सूचना जारी गरेपछि दुवै जना जिल्ला प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आएका थिए । कास्की कारागारवाट भागेका कर्तव्य ज्यान मुद्दाका कनकाई नगरपालिका–६ का ३३ वर्षीय दिनेश सोरेनलाई घरबाटै पक्राउ…
Read More
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम ,तोलामा २ लाख १७ हजार नाघ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम ,तोलामा २ लाख १७ हजार नाघ्यो

नेपाली बजारमा सुनको चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । मंगलबार सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च हो । मंगलबार चाँदीको मूल्य पनि बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको थियो। चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ ।
Read More
लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैनः हर्क

लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैनः हर्क

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गेमर भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै हर्कले लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिने बताएका हुन्। ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ१ लिडर भनिँदैन !’ हर्कले लेखेका छन्।  
Read More
खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएपनि नमानेको हर्कको दाबी

खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएपनि नमानेको हर्कको दाबी

धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव आएको बताएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव आएको बताएका छन् । तर, आफू नमानेको दाबी गरेका हुन्। हेर्नुहोस्, स्टाटसः प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली गरेका साम्पाङ यसबीच बालुवाटार पुगेर गृहमन्त्री बनाउन माग गरेको खबर पनि बाहिएको थियो तर उनले त्यसलाई झुट भनेका थिए।  
Read More
आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री डा रामेश्वर खनालले राजनीतिक दबाबमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब रु एक खर्ब स्रोत जुटाउन सकिने बताउनुभएको छ । आज मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले छ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेटमा परेका आयोजना फिल्टर तथा कार्यक्रम कटौती गरी स्रोत जुटाइने बताउनुभयो । उहाँले आजै बजेटमा भएका कार्यक्रम कटौतीका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गर्नुभएको छ । उक्त कार्यदलले बजेटका आयोजनालाई फिल्टर गरी प्राथमिकिकरण गर्नेछ । उहाँले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने बताउनुभयो…
Read More
जितिया पर्वको व्रत समापन

जितिया पर्वको व्रत समापन

महिलाहरुले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ । यो पर्वमा महिलाहरुले तीन दिन विधिपूर्वक अनुष्ठान सम्पन्न गर्छन् । यस वर्षको जितिया पर्वअन्तर्गत शनिबार राति ‘ओगटन’ (दर) खाएर महिलाहरुले व्रत सुरु गरेका थिए । त्यसपछि आइतबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाहरुले आज बिहान नुहाइधुवाइ गरी व्रत समापन गर्नुभएको हो । व्रतको दोस्रो दिन महिलाहरुले जितमाहा अर्थात् धर्मवीर पुत्र जितुवाहनको कथावाचन तथा पूजा–अर्चना गरी सन्तानको दीर्घायुको कामना गर्नुभएको थियो । पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्नग्रहण गरी व्रत समापन गरिन्छ । विशेषगरी मिथिला क्षेत्र, तराई मधेसका जिल्ला, काठमाडौँलगायत सहरमा रहेका…
Read More
गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकलाई परिवारलाई जनही एक लाख किरिया खर्च

गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकलाई परिवारलाई जनही एक लाख किरिया खर्च

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदबहाली गरेका छन् । शीतल निवासमा शपथ लिएपछि सिंहदरबार छिरेका उनले जेन-जी आन्दोलनसँग सम्बन्धित निर्णय गरेका हुन् । यही भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएका ७२ जनाका परिवारलाई काजकिरियाका लागि एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय उनल े गरे । उनले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णयसहित त्यसबेला राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको पनि बताएका छन् ।  
Read More
खनाल, घिसिङ र अर्यालले लिए मन्त्रीको शपथ

खनाल, घिसिङ र अर्यालले लिए मन्त्रीको शपथ

अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार (भदौ ३०) पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार (भदौ २९) राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत अधिकारी सहभागी थिए ।  
Read More
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११ः०० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो । वर्षाको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुदाँ सावधानीपूर्वक रोकेर हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।
Read More