विदेश होइन, चितवनमै भविष्य: खुर्सानी खेतीले बदल्यो नवीन श्रेष्ठको जीवन
नारायणगढ (चितवन), असार १८ – स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धिको एउटा अब्बल उदाहरण प्रस्तुत गर्नुभएको छ । खैरहनी नगरपालिका–१०, समानपुरका किसान नवीनकुमार श्रेष्ठले शिक्षा संकायमा स्नातक (बीएड) उत्तीर्ण गरेपछि सुरु गरेको शिक्षण पेसा त्यागेर व्यावसायिक रूपमा गरेको पिरो खुर्सानीखेतीबाट अहिले वार्षिक लाखौँ रुपैयाँ आम्दानी मात्र गरिरहनुभएको छैन, गाउँका धेरै युवा तथा स्थानीयलाई रोजगारीसमेत दिनुभएको छ । दुई दशकभन्दा लामो समयदेखि पुख्र्यौली पेसालाई आधुनिक र व्यवसायीकरण गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्नुभएका श्रेष्ठ यतिबेला जिल्लाकै एक सफल र आदर्श कृषकका रूपमा स्थापित हुनुहुन्छ । केही समय…