विद्यार्थीलाई पुरस्कर र विद्यालयलाई सम्मान
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले एसईइ परीक्षा २०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत र विद्यालयलाई सम्मान गरेको छ । राष्ट्रिय शिक्षा दिवसको अबसरमा सो नगरपालिकाले सामुदायिक विद्यालय तर्फ पाँच जना विद्यार्थी र दुई विद्यालय तथा संस्थागत तर्फ ६ विद्यार्थी र दुई विद्यालयलाई पुरस्कृत तथा सम्मान गरिएको शिक्षा अधिकृत सुमन सिलवालले जानकारी दिइन् । सामुदायिक विद्यालय तर्फ नेपाल माविका प्रसन्न पौडेलल, सन्देश पौडेल, रोशन क्षेत्री, बैरिया माविका सदिक्षा फुजेल, जनजागृती माविकी प्रमिसा रानामगरलाई पुरस्कृत तथा बैरिया मावि र जनजागृती माविलाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो । संस्थागत विद्यालय तर्फ पञ्चकन्या विद्या मन्दिरका कुशल पाण्डे, स्काइराइडर आवासीय माविका संयोग…