काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज (माघ ४) पदबाट राजीनामा नदिने भएका छन् । शाहका एक सल्लाहकारका अनुसार मेयरले आज पदबाट राजीनामा नदिने भएका हुन् । उमेदवारी दर्ता गरेपछि स्वतः मेयर पद खारेज हुनेछ । बालेनले राजीनामा नदिएरै घण्टीघर जाने तयारी गरेको पनि ती सल्लाहकारले बताए ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेको हो । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन् । उनका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ । उनका अनुसार विशेष महाधिवेशन पक्षधरले विधि विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।
नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत गएको छ । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । कानुनी पाटोको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो । त्यसपछि देउवा समूहले आधिकारिकता दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दिन लागेको हो । अहिले नेताहरू सर्वोच्चमा जम्मा हुने क्रम जारी छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् । गौर–गङ्गापिपरा सडकखण्डअन्तर्गत पर्ने कछुअवा पुलबाट बिआर३०एई ५१३८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा भारत विहार राज्यको जिल्ला पिपराढी थानाअन्तर्गतको महनपुर–६का मिन्टु पासवानको मृत्यु भएको हो । उक्त र्दुघटनामा अर्का गम्भीर घाइते सोही गाउँका रमेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभएको छ । दुवै जना मदिरा सेवन गरेर अत्यधिक तीव्रगतिमा मोटरसाइकल चलाउँदा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक बस्यालले जानकारी दिनुभयो । गम्भीर…
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो । छलफल आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र माननीय आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित राजनीतिक दलले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न|गराउन प्रतिबद्ध रहेको बताएका थिए । उनीहरूले नेपालको संविधान निर्वाचन आयोग ऐन, २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय)…
प्रतिनिधिभा सदस्य निर्वाचन २०८२ का लागि आज यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बाँकेको नेपालगञ्जस्थित पशु सेवा तालिम केन्द्रमा सो मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले आजै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ को राप्तीसोनारी गाउँपालिका, अगैयामा र निर्वाचन क्षेत्र नं २ को कपास विकास समिति, खजुरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जानकारी दिनुभयो । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले निर्वाचन कार्यालय स्थापनापछि निर्वाचनसम्बन्धी प्रक्रियाका सबै काम निर्वाचन अधिकृतको कार्यालयबाट हुने बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनामा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ,…
नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गगन थापाको नेतृत्वमा जानेहरु पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गर्नुभएको छ । निर्वाचन आयोगमा आधिकारितका दाबीका लागि पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले बहुमत केन्द्रिय सदस्यहरु अहिले पनि आफूहरुसँग रहेको भन्दै उहाँले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरुले बाध्य बनाएको बताउनु भयो । निर्वाचन आयोगले पार्टीको आधिकारिकताको कुरा लोकतान्त्रिक पद्धतिअनुसार गर्ने बताउनु भयो । उहाँले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन बोलाउने अधिकार रहेको भएपनि विशेष महाधिवेशनको कार्यसूचि, कार्यतालिका,कार्यविधिहरु केन्द्रिय समितिले नै बनाउनुपर्ने स्पष्ट व्यवस्था रहेको जिकिर गर्नुभयो । कुनै पदाधिकारीले विशेष अधिवेशन बोलाउने अधिकार नरहेको भन्दै व्यक्ति नभइ संस्थाले गरेको…
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७७ हजार २०० त्यति नै चाँदीको मोल रु पाँच हजार ६४५ कायम भएको छ । बिहीबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४८५ मा कारोबार भएको थियो । बुधबार एक तोला सुन रु दुई ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच हजार ६५५ मा कारोबार भएको थियो । मङ्गलबार एक…
जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् । निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार ८५२ जना आवेदन माग गरेको थियो । यहाँ नेपाल प्रहरीतर्फ मात्रै पाँच हजार ३९९ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीतर्फ ३८५ निर्वाचन प्रहरीको आवेदन माग गरिएकामा माघ १ गतेसम्म ५२१ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा उल्लेखनीय आवेदन परेको जानकारी दिनुभयो । यहाँ पहिलो पटक आवेदन दिने पुरुषको सङ्ख्या तीन हजार १४७…
नेपाली काँग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू शुक्रवार निर्वाचन आयोग पुगेका छन् । शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् । निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरु डा. शशांक कोईराला, मिन विश्वकर्मा,नैनसिंह महर लगायतका नेताहरुको उपस्थिति छ । यसअघि बिहीवार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रिय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । गगन थापा सभापतिसहितका नवनिर्वाचित पदाधिकारीहरूले विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको जिकिर गर्दै आधिकारिकता दाबी गरेका थिए । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ…