सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा

सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा

सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा

पोखरा,२५ भदौ । पोखरा सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् । रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन आएका लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् ।
Read More
आईसीसी लिग २ खेल्न क्यानडा जाने नेपाली टिमको बिदाइ

आईसीसी लिग २ खेल्न क्यानडा जाने नेपाली टिमको बिदाइ

काठमाडौं,२५ भदौ । नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडामा हुने आईसीसी विश्व लिग २ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ । आगामी १६ देखि २४ सेप्टेम्बरसम्म क्यानडा र ओमानविरुद्ध हुने त्रिकोणात्मक सिरिज खेल्ने टोलीलाई क्यानले मंगलबार बिदाइ गरेको हो । नेपालले १६ र २२ सेप्टेम्बरमा क्यानडासँग खेल्नेछ । त्यस्तै १८ र २४ सेप्टेम्बरमा ओमानसँग खेल्नेछ ।लिग अन्तर्गत पहिलो नेपालमै भएको पहिलो सिरिजमा ४ मध्ये नेपालले एउटा मात्रै खेल जितेको थियो । ८ टिम रहेको यो लिगमा नेदरल्याण्ड्स ८ खेलबाट १२ अंकसहित तालिकाका अग्रस्थानमा छ । स्कटल्याण्ड ९ अंकसहित दोस्रो, क्यानडा ८ अंकसहित तेस्रो, नामिबिया ८ अंकसहित चौथो, अमरिका ४…
Read More
व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छः ऊर्जामन्त्री खड्का

व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छः ऊर्जामन्त्री खड्का

खाँदबारी (सङ्खुवासभा),२५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा आज खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिनुभयो । “गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल गरिरहेको छु”, उहाँले भन्नुभयो । सङ्खुवासभाका प्रत्येक घरले रु पाँच लाखको शेयरको सुनिश्चितता हुनुपर्छ भनेर आफू लागिरेहको उहाँको भनाइ छ । उहाँले गरिब तथा विपन्न जनतालाई शेयर दिने उक्त ढाँचा देशभर स्थापित गर्नेगरी लागिने स्पष्ट पार्नुभयो । मन्त्री खड्काले समृद्ध सङ्खुवासभा…
Read More
घारमा नै मौरी धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा

घारमा नै मौरी धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा

जुम्ला, २५ भदौ । यहाँका किसानले पालेका मौरी घारमा नै धमाधम मर्न थालेपछि यसको अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको विज्ञटोली जुम्ला आइपुगेको छ । मौरीविज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अनुसन्धानका लागि जिल्ला आइपुगेको हो । टोलीमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्म जैसीसमेत सहभागी छन् । यहाँ आएको टोलीले मौरीपालक किसान र जिल्ला कृषि विकास कार्यालयसँग मौरीको अवस्थाबारे जानकारी लिन समेत थालेको छ । मौरीपालकका घार हेर्न र टोली गाउँगाउँसम्म पुग्ने जनाइएको छ । यहाँमा सेराना जातको मौरी यहाँका किसानले पाल्दै आएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । व्यावसायिक रूपमा मौरीपालन गरेका किसानको घार…
Read More
सडकका बीचमा लगाइएका बिरुवालाई जोगाउन तारजाली

सडकका बीचमा लगाइएका बिरुवालाई जोगाउन तारजाली

जानकी (बाँके), २५ भदौ। नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न तारजाली लगाउने काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन रायले फूलका बोटलाई छाडा पशुचौपायाबाट जोगाउन तथा मानिसले जथाभावी रूपमा भाँचिदिने र बिरुवा उखेलेर लगिदिने भएको हुनाले तारजाली लगाउन सुरु गरिएको हो । “सडकको सौन्दर्य बढाउन हामीले यहाँ विभिन्न प्रजातिका बिरुवा र फूलका बोट रोपेका छौँ”, उहाँले भन्नुभयो, “छाडा पशुचौपायाले बोट भाँचिदिने र मानिसले फूल टिप्ने क्रममा हाँगा नै भाँचिदिएर सडकको सौन्दर्यतालाई अझै…
Read More
चितवनको सेन्ट्रल मोडल कलेजले दुई करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने

चितवनको सेन्ट्रल मोडल कलेजले दुई करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने

चितवन, २५ भदौ । सेन्ट्रल मोडल कलेजले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्द्धन गर्न दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । यस छात्रवृत्तिले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उत्कृष्ट उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने कलेजका अध्यक्ष यज्ञ बिलास(वाईबी) पौडेलले जानकारी दिनुभयो । सेन्ट्रल मोडल कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । कलेजले व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गर्दै छ । कलेजले सञ्चालन गरेको शैक्षिक कार्यक्रमले सूचना प्रविधि र होटल व्यवस्थापनको क्षेत्रमा विद्यार्थीहरूलाई विशेषज्ञ बनाउने उहाँले बताउनुभयो । यी कार्यक्रमहरूलाई सफलतापूर्वक सञ्चालन गर्न कलेजले आधुनिक प्रविधिमा आधारित…
Read More
बाढीले बगाएर बेपत्ता माझीको शव ४ दिनपछि फेला

बाढीले बगाएर बेपत्ता माझीको शव ४ दिनपछि फेला

बागमती, २५ भदौ। बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आउनुभएका माझी बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा…
Read More
सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन हुने

सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन हुने

काठमाडौं, २५ भदौ  । सरकारले चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा आउँदो असोजको पहिलो सातादेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी भएको हो । सरकारले वाणिज्य मन्त्रालयमार्फत खर्च गर्ने गरी सहुलियत पसल सञ्चालनका लागि तीन करोड रुपियाँ बजेट विनियोजन गरेको छ । चाडपर्वका बेलामा बजारमा बढी खपत हुने वस्तुको मूल्य नियन्त्रणका लागि सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । चाडपर्वको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानमार्फत सहुलयित पसल सञ्चालन हुँदै आएको छ । चाडपर्वका बेलामा बजारमा बढी…
Read More
मेलम्ची खानेपानीमा भ्रष्टाचारः चार जना दोषी ठहर, पूर्वसचिव भीम उपाध्यायसहित ११ जनालाई सफाई

मेलम्ची खानेपानीमा भ्रष्टाचारः चार जना दोषी ठहर, पूर्वसचिव भीम उपाध्यायसहित ११ जनालाई सफाई

काठमाडौं, २५ भदौ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ भने ११ जनालाई सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मेलम्ची आयोजनासम्बन्धीे भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर गरेको हो। अदालतले उक्त प्रकरणमा जोडिएका पूर्वसचिव भीम उपाध्यायसहित ११ जनालाई सफाइ दिएको छ।
Read More
कालीगण्डकी करिडोर : पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’

कालीगण्डकी करिडोर : पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’

म्याग्दी, २५  भदौ । चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा पहिरो खस्न नदिनका लागि ‘रक एङ्करिङ’ र ‘नेलिङ’ गरिएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाई पर्खाल निर्माणका साथै जमिन बग्न नदिन जाली राख्ने र वृक्षारोपण गरिएको जानकारी दिनुभयो । “पहिरो रोकथामका लागि हामीले नयाँ प्रविधिको प्रयोग गरिएको छ”, उहाँले भन्नुभयो, “गत साउनको…
Read More