चितवनमा ६४ शव भेटिए, अस्पतालहरुको क्षमता ५० मात्रै
काठमाडौँ, भदौ ११ – बाढीबाट मृत्यु भएकाहरुमा हालसम्म चितवनमा ६४ वटा शव भेटिएका छन् । चितवन प्रहरी कार्यालयले ६४ शव भेटिएको जानकारी गराएको छ । शवको खोजी कार्य जारी रहेको हुँदा शवहरु थप फेला पर्नसक्ने प्रारम्भिक आकलन गरिएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी गराए । चितवनमा रहेका स्वास्थ्य संस्थाहरुको अधिकतम ५० वटा शव राख्न सक्ने क्षमता रहेको प्रहरी कार्यालयलाई जानकारी गराएका छन् । ‘शव खोजी कार्य जारी रहेको र शव राख्ने स्थानको अभावका कारण आपतकालीन व्यवस्थापनको रणनीति बमोजिम शवको सुरक्षा गर्नुपर्ने अवस्थ रहेको छ,’ चितवन प्रहरीले अनुरोध गरेको छ,‘यस्तो विषम परिस्थितिमा कहीँ कतै फेला परेमा नजिकको सुरक्षा…