चितवनमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु, चालक घाइते
चितवन, भदौ २५- पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। रत्ननगर नगरपालिका-३ स्थित पुरानो यमाहा सोरुम अगाडि बिहीबार बिहान करिब ९:४५ बजे दुर्घटना भएको हो। टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ३ ख ५१८७ नम्बरको ट्रकले विपरीत दिशा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ३९ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट स्कुटरमा पछाडि सवार मकवानपुरको मनहरी गाउँपालिका-७ का ३८ वर्षीय प्रितम मोक्तानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानलाई उपचारका लागि बकुलहर अस्पताल टाँडी लगिएकोमा उपचारकै क्रममा बिहान ९:५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।…